Monday, May 4सत्यम खबर
Shadow

धार्मिक

पूर्वप्रधानमन्त्रीले सनातन धर्मप्रति व्यंग्य गर्नु ठिक होइन : कमल थापा

पूर्वप्रधानमन्त्रीले सनातन धर्मप्रति व्यंग्य गर्नु ठिक होइन : कमल थापा

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ असोज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री भइसकेका व्यक्तिले सनातन धर्म संस्कृति र तेत्तीसकोटी देवताप्रति वितृष्णा र व्यंग्य गर्नु उपयुक्त नभएको बताएका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिँदै उनले सनातन धर्म संस्कृति र तेत्तिसकोटी देवताप्रति वितृष्णा र व्यंग्य गर्नु उपयुक्त नभएको बताएका हुन्। ‘मान्छेको पुजा गर्न, जनताको हितमा काम गर्न कसैले रोकेको छैन। भगवान प्रतिको आस्था र विश्वासले जनहितमा काम गर्न, राष्ट्र निर्माण गर्न वाधा खडा गरेको छैन,’ अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री भैसकेका प्रचण्डले सनातन धर्म संस्कृति र तेत्तिसकोटी देवताप्रति वितृष्णा र व्यंग्य गर्नु सर्वथा उपयुक्त होइन।’ यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिँदै धर्मका नाममा ढुंगा पुज्दै ...
हिन्दूधर्म माथि टिप्पणी गर्ने प्रचण्ड विरुद्ध चौतर्फी विरोध

हिन्दूधर्म माथि टिप्पणी गर्ने प्रचण्ड विरुद्ध चौतर्फी विरोध

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ असोज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले हिन्दू धर्ममा दिएको अभिव्यक्तिले उनको चौतर्फी विरोध भएको छ । शनिबार प्रचण्डले बराहक्षेत्रमा भैंसीको पूजा गर्दै ३३ कोटी हिन्दू देवी देवताको अपमान जनक शब्द प्रयोग गरेको भन्दै उनको चौतर्फी विरोध शुरु भएको छ । आईतबार बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकमा नेकपा माओवादी अध्यक्ष प्रचण्डको पुतला समेत दहन गरिएको छ । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान नेपालगन्जका संयोजक कृष्णादेवी पाण्डेयको नेतृत्वमा उक्त पुतला दहन कार्यक्रम सम्पन्न गरिएको छ । पुतला दहन कार्यक्रममा अगावै विभिन्न नारा लगाईएको छ । “हिन्दु धार्मिक आस्थामाथि चोट पु¥याउ पाईन्दैन, हत्यारा प्रचण्ड मुर्दाबाद,” लगायत नारा लगाईएको थियो । आईतबार राती ७ बजे त्रिभुवन चोकमा पुतला दहन हुने क्रममा बाक्लो सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो । ...
नेपालगन्जमा माओवादी अध्यक्ष प्रचण्डकाे पुतला दहन

नेपालगन्जमा माओवादी अध्यक्ष प्रचण्डकाे पुतला दहन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असाेज - हिजाे शनिबारका दिन एक कार्यक्रमकाे बिच आफ्नाे मन्तब्य दिने क्रममा नेकपा माओवादी अध्यक्ष पुष्यकमल दहाल "प्रचण्ड" ले हिन्दु धर्मावलम्बीहरूकाे आस्थामाथि चाेट पुग्ने गरि दिएकाे अभिव्यक्तिप्रति सनातनी हिन्दुहरूद्वारा विराेध गरिकाे छ । नेपालगन्ज उपमहानगरपालिकाकाे मुटु भनी चिनिने त्रिभुवन चाेकमा नेकपा माओवादी अध्यक्ष प्रचण्ड मुर्दावाद, हिन्दुहरूकाे आस्थामा माथि चाेट गर्न पाईन्दैन, यस्ताे हत्यारा चाहिँदै भन्दै नारा जुलुसका साथ चाेकमा पुगी प्रचण्डकाे पुतला दहन गरि लातले हिर्काउँदै आगाे निभाएका छन् । त्रिभुवन चाेकमा पुतला दहन अगावै सुरओा निकायलाई जानकारी भएकाे हुँदा नारा जुलुस पहिले देखि नै बाक्लाे सुरक्षाकर्मीहरूकाे उपस्तिथि रहेकाे थियाे भने पुतला दहन भएकाे केही समयमा नै पानीसहित तयारीमा बसेका सुरक्षाकर्मीहरूले आगाे निभाएका थिए । प्रचण्डकाे पुतला दहन पश्चान आफ्नाे भनाई...
“रामायण सर्किट”मा नेपाल-भारत सहमत

“रामायण सर्किट”मा नेपाल-भारत सहमत

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० भाद्र –नेपाल र भारत मंगलबार रामायण सर्किटमा छिटो प्रगति गर्न सहमत भएकाे परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ।रामायण सर्किटमा भारत र नेपालका प्रमुख तीर्थस्थलहरू समावेश छन् जुन रामायणसँग सम्बन्धित छन्, जस्तै अयोध्या जहाँ भगवान रामको लागि मन्दिर निर्माण भइरहेको छ र जनकपुर (नेपालमा) जुन सीताको जन्मस्थान मानिन्छ। नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय अधिकारीबीच भएको भेटमा रामायण सर्किटलाई छिटाे समपन्न गराउने निर्णय भएको हो । दुई दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव पौडेलले भारतीय समकक्षी विनय मोहन क्वात्रासँग छलफल गरेका छन् ।...
अदालतकाे आदेश अवज्ञा: मेयर बिष्टकाे माैखिक निर्देशनमा टहरा निर्माण, नागरिक समाजद्वारा अपत्ति

अदालतकाे आदेश अवज्ञा: मेयर बिष्टकाे माैखिक निर्देशनमा टहरा निर्माण, नागरिक समाजद्वारा अपत्ति

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र - पुर्वमेयर डा. धवल शम्शेर राणाकाे पालादेखि नै विवादित बन्दै आईरहेकाे चिल्ड्रेन पार्क पुनः विवादमा तानिएकाे छ । विगत एक महिना अघि मात्र शिलान्यास गरि रेष्टुरेण्ट, पार्किङ्ग तथा बाल उधान बनाउने भनी मेयर प्रशान्त बिष्टद्वारा शिलान्यास गरिएकाे थियाे । तर नागरिक अगुवाहरूले उक्त जग्गा नगर विकास समितिले आफ्नै याेजना साथ उपमहानगरलाई बुझाएकाे तथा खाली राखी बागेश्वरी मन्दिर शाैन्दर्यकरण गर्ने गरि निर्माण कार्य गर्ने अदालतमा मुद्दा दर्ता गरेकाे तथा साेही बमाेजिम निर्माण गर्ने भनी अदालतले आदेश समेत दिएकाे थियाे । तर उक्त आदेशलाई पुर्वमेयर डा. राणाले नजरअन्दाज गरि आफू खुशी निर्माण कार्य गर्न लागेकाे अवस्थामा राेक्का भई साेही अनुसार नै वर्तमान मेयर प्रशान्त बिष्टले समेत गरिरहेकाे नागरिक समाजका अगुवाहरूकाे आराेप रहेकाे छ । केही दिन अघि नै त्यस सम्बन्धमा अदालतकाे आदेशलाई दरकि...
श्रीहरि सत्संगको प्रभात फेरी सम्पन्न

श्रीहरि सत्संगको प्रभात फेरी सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – श्रीहरि सत्संग समिति नेपालगन्ज बाँकेले आज मंगलबार धार्मिक सनातनीहरुको जमटघ गरी प्रभावफेरी निकालेको छ । नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न चोकहरुको नगर परिक्रममा गर्दै प्रभात फेरी निकालिएको सहभागी भक्तद्वारा जनाईएको छ । उपमहानगरको परिक्रमा गर्ने क्रममा नेपालगन्जको किन्नुराम काशीराम धर्मशालाबाट शुरु हु“दै त्रिवेणी मोड, न्यूरोड, भानुभक्त चोक हु“दै धम्बोझी चोक, बिपि चोक, गणेशमान चौक परिक्रमा गर्दै भेरी अस्पताल हु“दै पुनः किन्नुराम काशीराम धर्मशाखा पुगेको भक्तद्वारा जनाईएको छ ।...
हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि चोट पर्ने गरी विज्ञापन नगर्न ज्ञापनपत्र

हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि चोट पर्ने गरी विज्ञापन नगर्न ज्ञापनपत्र

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ भाद्र – हिन्दु धर्मावलम्बीहरुले हिन्दू आस्थामाथि नै चोट पु¥याउने खेल खेलिरहेको प्रति नेपालगन्जका हिन्दु धार्मिक संघसंस्थाहरुले आपत्ति जनाउँदै ज्ञापन पत्र बुझाएका छन् ।विगत वर्ष झै यस वर्ष पनि दशैं तिहारको बेला मदिराको विज्ञापनका लागि हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थामाथि चोट पुग्ने गरी विभिन्न शब्द तथा फोटो राखी विज्ञापन नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा ‘उल्लेखित सम्बन्धमा नेपाल एउटा बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक हिन्दु राष्ट्र हो । यस तथ्यलाई नेपालको संविधानले पनि प्रत्याभुत गरेको छ । नेपाल हिन्दु समाज नेपालमा जाँड, रक्सी सेवन तथा पेय पदार्थ कम्पनीहरुलाई कम्पनीको विज्ञापन गर्दा हाम्रो हिन्दु समाजलाई नकारात्मक असर परेको र ठेस पुगेको हुँदा हामीले यस पत्र मार्फत उहाँहरुलाई कुनै पनि प्रकारको विज्ञापन गर्दा हिन्दु समाजल...
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ भाद्र –प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने ...
शिवसेना उम्मेद्वार जिताउन सचिवालय उद्घाटन

शिवसेना उम्मेद्वार जिताउन सचिवालय उद्घाटन

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
डुडुवा, २३ भाद्र - डुडुवा गाउँपालिका वडा नम्बर २ मा नेपाल शिवसेना समर्थित स्वतन्त्र उम्मेदवारको सचिवालय उद्घाटन गरिएको छ । बाँके क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाल शिवसेना समर्थित स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले चुनावी अभियानको सचिवालय उद्घाटन गरिएको हो । बाँके क्षेत्र नम्बर २ (क) मा शिवसेनाको तर्फबाट राजकुमार रौनियारले उम्मेदवारी घोषणा गरेका छन् । सचिवालयको उद्घाटन उम्मेदवार राजकुमार रोैनियाले गरेका थिए भने नेपाल शिवसेनाका केन्द्रीय सचिव शेरबशादुर शाही, केन्द्रीय सदस्य राजेश के यादव, जिल्ला अध्यक्ष शुभम गुप्ता, जिल्ला सदस्य दिपेन्द्र जैसवाल, चिन्तामणि पोख्रेल, विनोद लोध, हेमराज बर्मा, राजकुमार लुनिया, नगर अध्यक्ष सुनिल केसी लगायतको उपस्थिति रहेको थियोे । उता बाँके क्षेत्र नम्बर २ (क) का स्थानीयले शिव सेनाको उम्मेदवार रौनियारलाई विजय गराउने प्रतिबद्धता समेत जाहेर गरेका छन्...
भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र –जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो । वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्ने हेतुले भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको छ । रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको यात्रुहरु बताउँछन् । दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र...