शिवसेना बाँकेद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
नेपालगन्ज, ९ भाद्र - हिन्दु नारीहरूकाे महान पर्व तीज मिलन तथा दर खाने कायर्क्रम भब्य रूपले नेपाल शिवसेना बाँकेले आज सम्पन्न गरेको छ ।
नेपालगन्ज धम्बोजि स्थित खनाल होटलमा आज विहिबार तिजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिवसेनाले आउँदै गरेको तिजको अवसर पारेर तिजको शुभकामना आदान-प्रदान गर्न तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा नेपाल शिवसेना बाँके महिला अध्यक्ष खुमा वलीले जानकारी गराउनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि देवाकर खनाल, अतिथि नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार, शिवसेना उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेरबहादुर शाही, केन्द्रीय सदस्य राजेश यादव, जिल्ला सदस्यहरु र नगर सदस्य लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवाकर खनालले नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर महिलाहरु...









