
नेपालगन्ज, २८ भाद्र – श्रीहरि सत्संग समिति नेपालगन्ज बाँकेले आज मंगलबार धार्मिक सनातनीहरुको जमटघ गरी प्रभावफेरी निकालेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न चोकहरुको नगर परिक्रममा गर्दै प्रभात फेरी निकालिएको सहभागी भक्तद्वारा जनाईएको छ ।

उपमहानगरको परिक्रमा गर्ने क्रममा नेपालगन्जको किन्नुराम काशीराम धर्मशालाबाट शुरु हु“दै त्रिवेणी मोड, न्यूरोड, भानुभक्त चोक हु“दै धम्बोझी चोक, बिपि चोक, गणेशमान चौक परिक्रमा गर्दै भेरी अस्पताल हु“दै पुनः किन्नुराम काशीराम धर्मशाखा पुगेको भक्तद्वारा जनाईएको छ ।
