Tuesday, April 21सत्यम खबर
Shadow

अदालतकाे आदेश अवज्ञा: मेयर बिष्टकाे माैखिक निर्देशनमा टहरा निर्माण, नागरिक समाजद्वारा अपत्ति

नेपालगन्ज, २९ भाद्र – पुर्वमेयर डा. धवल शम्शेर राणाकाे पालादेखि नै विवादित बन्दै आईरहेकाे चिल्ड्रेन पार्क पुनः विवादमा तानिएकाे छ । विगत एक महिना अघि मात्र शिलान्यास गरि रेष्टुरेण्ट, पार्किङ्ग तथा बाल उधान बनाउने भनी मेयर प्रशान्त बिष्टद्वारा शिलान्यास गरिएकाे थियाे ।

तर नागरिक अगुवाहरूले उक्त जग्गा नगर विकास समितिले आफ्नै याेजना साथ उपमहानगरलाई बुझाएकाे तथा खाली राखी बागेश्वरी मन्दिर शाैन्दर्यकरण गर्ने गरि निर्माण कार्य गर्ने अदालतमा मुद्दा दर्ता गरेकाे तथा साेही बमाेजिम निर्माण गर्ने भनी अदालतले आदेश समेत दिएकाे थियाे ।

तर उक्त आदेशलाई पुर्वमेयर डा. राणाले नजरअन्दाज गरि आफू खुशी निर्माण कार्य गर्न लागेकाे अवस्थामा राेक्का भई साेही अनुसार नै वर्तमान मेयर प्रशान्त बिष्टले समेत गरिरहेकाे नागरिक समाजका अगुवाहरूकाे आराेप रहेकाे छ ।

केही दिन अघि नै त्यस सम्बन्धमा अदालतकाे आदेशलाई दरकिनार राखी पुनः व्यवसायिक टहराहरू निर्माण गर्न माैखिक आदेश मेयर बिष्टले दिई निर्माण कार्य भईरहेकाे आराेप आज पत्रकार सम्मेलन गरि नागरिक समाजका अगुवाहरूले लगाएका छन् ।

बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बन्दै गरेको निर्माण कार्यप्रति नागरिक समाजको बिपत्ति रहेकाे तथा उक्त निर्माण कार्य तत्काल नराेके त्यसकाे परिणाम सम्बन्धित पक्षले नै भाेग्नु पर्ने चेतावनी समेत दिएका छन् ।

उपमहानगरका मेयर विष्टले शिलान्यास गरिएकै दिनदेखि लगातार रुपमा त्यसको विरोध चाैतर्फी हुँदै आईरहेको छ । नागरिक समाजका अगुवा, कानुन विदहरु, नेपाल शिवसेनाका प्रतिनिधि, विश्व हिन्दु परिषदका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागितामा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर सँग बैठक बसी तत्काल निर्माण कार्य रोकि नागरिक समाजले जिल्ला अदालतमा मुद्दा दायर गरि कुनैपनि पक्की भोैतिक संरचना बनाउन नपाउने गरि अदालतकाे आदेशले रोकिएको थियो ।

तर २४ घण्टा भित्र उक्त जग्गामा पुन: मेयर बिष्टको आदेश भन्दै ब्यापारीहरुले धमाधम आ-आफ्नाे व्यवसायिक संरचना निर्माण गरिरहेको अवस्थामा नेपाल शिवसेनाले अदालत आदेशलाई मान्दै कुनै पनि संरचना निर्माण गर्न नदिने भन्दै टहरा निर्माण कार्य रोक्का गरेको थियोे ।

उता ब्यापारीले मेयर बिष्ठको आदेशले संरचना निर्माण गर्न लागेको बताएका थिए भने नेपाल शिवसेनाका टिमले आधिकारिक पत्र कहाँ छ ? देखाउनुस अनि मात्र टहरा निर्माण गर्नुस भन्दा दुवै पक्ष बीच केही समय विवाद भएको थियोे ।

पुनः संरचना निर्माण र दुई पक्ष बिच विवाद बढेपछि नागरिक समाजका अगुवाइले पत्रकार सम्मेलन गरी अदालतको आदेश विपरीत व्यवसायिक टहरा निर्माण भएको भन्दै उपमहानगरलाई गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *