Tuesday, May 5सत्यम खबर
Shadow

धार्मिक

भारतबाट सयपत्रीका दुई लाख तयारी माला भित्र्याइयो

भारतबाट सयपत्रीका दुई लाख तयारी माला भित्र्याइयो

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
धरान, ३ कार्तिक – धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला असारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा भण्डारण गरेका छन् । हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपज बजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए । यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन् । विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम...
हिन्दु धर्मालम्बीहरुलाई एकीकृत गर्दै हिन्दुवादी नेता खनाल

हिन्दु धर्मालम्बीहरुलाई एकीकृत गर्दै हिन्दुवादी नेता खनाल

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – विगत तीन दशक बढिबाट हिन्दुहरुको मसिहाका रुपमा आफुलाई स्थापित गराएका हिन्दुवादी नेता दिवाकर शर्मा खनाल बाँकेका क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमिएका छन ।अर्ना चुनावी चिन्ह लिएर निर्वाचनमा होमिएका नेता खनाल यती बेला आफ्ना क्षेत्रमा भएका हिन्दुहरुको समस्यालाई बुझ्दै र आफुलाई मतको आवश्यकता परेको भन्ने सन्देश दिदँै हिडेका छन् । हिन्दु धर्मलाई राजनितिसंग जोड्न नहुन भन्दै आएका कतिपय व्यक्तिहरुले समेत खनालको अभियानलाई खुला रुपमा सहयोग गर्ने वचन समेत दिएका छन् । जित भन्दा पनि हिन्दुहरुको एकतालाई मुख्य मुद्दाको रुपमा लिने भन्दै उम्मेदवार खनालले अन्य धर्महरुको समेत संरक्षणाको बाटोमा हिन्दू धर्म भएको हुँदा यसको संरक्षण गर्नुपर्ने आफ्ना मतदाता माझ भन्ने गरेको बुझिएको छ ।हिन्दुहरुको अवस्थालाई विगत लामो समयदेखि विश्लेषण गर्दै आएको बताउने प्रतिनिधि सभा सद...
औँसीका दिन सूर्यग्रहण लाग्दै, के गर्न हुँदैन ?

औँसीका दिन सूर्यग्रहण लाग्दै, के गर्न हुँदैन ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काडमाण्डौ, ३ कार्तिक – कात्तिक ८ गते मङ्गलवार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्य ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४:५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेट मात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ । शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेक...
रामराज्य रथयात्रा भोलि नेपालगन्ज आईपुग्ने

रामराज्य रथयात्रा भोलि नेपालगन्ज आईपुग्ने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ असोज – भगवान रामको जन्मभूमि अयोध्याबाट सुरु गरिएको रामराज्य रथयात्रा भोली विहिबारका दिन नेपालगन्ज आईपुग्ने भएको छ । भारतको अयोध्याबाट शुरू गरिएको सो यात्रा पन्द्र हजार किलोमीटर भारतको २७ राज्य हुँदै, नेपालको जनकपुर हँुदै आएको हो । भारतको बैंगलोरका जगतगुरु स्वामी सत्यनन्द सरस्वतीको नेतृत्वमा बिभिन्न ठाउँको परिक्रमा गर्दै नेपालगन्ज हँुदै महाकाली गद्राचौकीबाट अयोध्या पुगी समापन हुने जनाइयेको छ । भोली बिहीबार सो यात्राको आगमनको स्वागत मानिकपुरको कोठारपुरमा रहेको शनिदेव मन्दिरमा गर्ने पूर्बमन्त्री सर्वदेव ओझाले जानकारी दिनुभयो । सो रथयात्रा नेपालगन्ज सहरको परिक्रमा गरि बागेश्वरी मन्दिरमा बिशेष कार्यक्रम गरि हनुमन्त गौशाला प्रांगणमा राती विश्रामपछि शुक्रवारका दिन नेपालगन्जबाट टीकापुर अतरिया हुँदै महेन्द्रनगरबाट गद्राचौकी टनकपुर हुँदै भारतको उत्तराखण्ड प्रवेश गर्ने आयोजकले जनाएका ...
‘खनाल र रौनियार’को स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

‘खनाल र रौनियार’को स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २४ असोज – बाँकेबाट धार्मिक आस्थामाथि विश्वास राख्ने व्यक्ति जो कट्टर हिन्दुवादी हुन्छ उसको भोट मलाई हिन्दु राष्ट्रको मुद्दासहित स्वतन्त्र उम्मेदवारी मनोनयन २ जनाले गरेका छन् । शिवसेना नेपालले बाँकेको क्षेत्र नं. २ बाट प्रत्यक्ष स्वतन्त्र उम्मेदवार खडा गरेको छ । बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा हिन्दूत्वको नारा बोकेका दिवाकर शर्मा खनालले जिल्ला निर्वाचन आयोगमा आईतबार मनोनयन दर्ता गराएर आधिकारीक रुपमा उम्मेदवारी दिएका छन् । यस्तै शिवसेना नेपालको तर्फबाट बाँकेको क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य (प्रत्यक्ष) मा स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले मनोनयन दर्ता गराएका छन् । शिवसेना नेपाल बाँकेबाट उनीहरु दुवै जना स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । आईतबार बागेश्वरी मन्दिरको पार्कबाट ¥याली सहित उनीहरु मनोनयन दर्ता गराउन निर्वाचन आयोगमा पुगेका...
जय श्री राम शक्ति दल लाठी समितिको ३१औं वार्षिकाेत्सव एवम् खेलाडी सम्मान

जय श्री राम शक्ति दल लाठी समितिको ३१औं वार्षिकाेत्सव एवम् खेलाडी सम्मान

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
आकाश वैश्य, नेपालगन्ज, २२ असोज - जय श्री राम शक्ति दल लाठी समितिले दिन शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहालमा आफ्नो ३१औं वार्षिक उत्सव एवम् खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार वैश्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज श्रेष्ठले प्रभु श्रीरामको तस्बिर अगाडि दीप जलाई कार्यक्रमको समुद्घाटन गरेका थिए ।नेपाल शिव सेनाका नेता एवम् बाँके क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार दिवाकर शर्मा खनाल, नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष एवम् बाँके क्षेत्र नं. २ प्रदेश सभा (ख)का स्वतन्त्र उमेद्वार राजकुमार रौनियार, कसौधन वैश्य समाजका अध्यक्ष एवम् राप्रपाका केन्द्रीय सदस्य नन्दलाल वैश्य लगायतका नेता समाजसेवीहरुको उपस्थिति रहेको थियो । णप्रथम दिव्यांश वैश्य, ...
बाढीग्रस्त क्षेत्रमा क्षति रोक्न तदारूकताका साथ सुरक्षा अधिकारीहरूलाई लाग्न मन्त्रीराईकाे निर्देशन

बाढीग्रस्त क्षेत्रमा क्षति रोक्न तदारूकताका साथ सुरक्षा अधिकारीहरूलाई लाग्न मन्त्रीराईकाे निर्देशन

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २० असाेज - भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज विहिबार बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ। डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुग्नुभएको हो। मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिनुभएको छ। उहाँले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। आ...
स्वतन्त्र उम्मेदवार खनाल र रौनियारद्वारा राप्ती नदीको बढ्दो बहावबाट प्रभावित क्षेत्रको अवलोकन

स्वतन्त्र उम्मेदवार खनाल र रौनियारद्वारा राप्ती नदीको बढ्दो बहावबाट प्रभावित क्षेत्रको अवलोकन

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २० असोज - मंगलबारदेखि लगातार भइरहेको अविरल वर्षाका कारण राप्ती नदीको निरन्तर बहाव बढदै गइरहेको छ । राप्तीले हिजो राती नै खतराको सतह पार गरिसकेको थियो । त्यस पश्चात पनि वर्षा कायमै छ । यसै क्रममा बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य राजकुमार रौनियारले दुई दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन् । स्वतन्त्र उम्मेदवार खनालले राप्ती नदीको सतह बढ्दै गर्दा यस क्षेत्रका स्थानीय बासीहरूको घरघरमा पुगेर बाढीले पुर्याएको असरका बारेमा जानकारी लिने तथा यस विषयमा गम्भीर हुन स्थानीय प्रशासनलाई आग्रह समेत गरेका हुन । स्वतन्त्र उम्मेदवार खनालले राप्ती नदीको बहावको प्रभावले छेउछाउका गाँउमा, पुल, कम्दी, जब्धवा, जमुनाहा लगायतका क्षेत्रमा अनुगमन गरेका हुन । खनालले बाढीग्रस्त क्ष...
“चरमपन्थी संगठनलाई बहिस्कार गरौं”

“चरमपन्थी संगठनलाई बहिस्कार गरौं”

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० असोज – आपसी सौहार्द काउन्सिल बरेलीको ती उल्मा र मुफ्तिहरुको संगठन हो जसले आला हजरत र मुफ्ती ए आजमको संदेशलाई जनजन सम्म पुर्‍याउने गरेको छ । सुन्नी हन्फी खानकाही विचारधाराको केन्द्र दरगाह ए आला हजरतको मध्यम द्वारा हिंसा अपराध कट्टरपन्थिताको अन्त्य गर्ने जमातको रूपमा काउन्सिलले काम गर्दै आएको छ । विश्वभरीका आलीम मुफ्ती सामाजिक संघसंस्थाहरु सँग समन्वय गरि समाजमा शान्ति स्थापना गर्ने काउन्सिलले लामो समय देखि काम गर्दै आएको छ । सेमिनार , सभा, घोष्ठी, पुस्तक , लेख, कार्यक्रमको मध्यमबाट सूफी खानकाही हन्फी विचारधाराको अनुयायीहरुलाई एकजुट बनाउने र मानवता प्रेम भाव सिकाइ गराउने काउन्सिलको लक्ष्य रहेको दरगाह ए आला हजरतका सचिव मुफ्ती सलीम नूरीले बताए ।उनले भने समाजमा त्यस्ता संगठनहरु सक्रिय छन् जसले मानवता विपरीत काम गर्ने हिंसा अपराधलाई बढावा दिई समाजबाट शान्ति सौहार्द र मानवताको वाता...
चहेल्लम पर्व पचपोखरा स्थित कर्बलामा ताजिया बिर्सजन गरि सम्पन्न

चहेल्लम पर्व पचपोखरा स्थित कर्बलामा ताजिया बिर्सजन गरि सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
सकिल अहमद राईजानकी, ७ असोज - बाँकेको जानकी गाउँपालिका वडा नं १ पचपोखरा गाउँमा हजरते इमाम हुसैन (अ.स.) तथा कर्बलाका शहीदहरूको सम्झनामा मनाइने मोहरर्म पर्वको ४० औं दिनपश्चात् मनाइने चहल्लम पर्व बिहीबार धुमधामका साथ सम्पन्न भएको छ । बिहीबार साँझ करीब ६ बजेतिर निस्केको हुसैनी जुलुस, दुलदुल,, ताजिया, आलम, बाजागाजा, कर्बलाको झ्याँकी, लठ्ठी कला प्रदर्शन र आगोको कला प्रदर्शन सहितको जुलुस निकालिएको पचपोखरा स्थित कर्बलामा परम्परा अनुसार ताजिया विसर्जन गरि चहेल्लम पर्व विधिपूर्वक समापन भएको मोहरर्म पर्व तथा समाजसेवी रसीद अहमद राईले बताए । बुधबार गएराती गाउँको केही स्थानमा ताजिया स्थापना गरिएको थियो । सोही राती हुसैनी जुलुस, बाजागाजा, आलम, ताजिया र कर्बलाको झ्याँकी सहित गाउँ परिक्रमा गरि पचपोखरा गाउँको चोकमा भेला भई हुसैनी जुलुसको मिलान गरि चहल्लम पर्व मनाइएको थियो । स्मरणीय रहोस इस्लाम धर्मक...