नेपालगन्जमा भब्यता साथ मनाईयो विवाह पञ्चमी (फोटो फिचरसहित)
नेपालगन्ज, २ मंसिर – विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष झैं यस वर्ष पनि नेपालगन्जमा भब्य र सभ्य तवरले परम्परागत रुपले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको विवाह धार्मिक परम्परागत रुपमा सम्पन्न गरिएको छ ।नेपालगन्ज त्रिभुवन चोक स्थित मन्दिरबाट बाजागाजासाथ निकालिएको भगवान श्रीरामको बारात (जन्ती) नगर परिक्रमा गर्दै गंगनगञ्ज स्थित जानकी मन्दिर प्राग·ण पुगि भब्य स्वागत गरिएको थियो । स्वागत पश्चात जन्तीमा सहभागीहरुलाई भोजन आदि समेत खुवाईएको थियो ।
सो अवसरमा नेपालगन्जका विभिन्न संघसंस्थाहरुको सहकार्यमा गरिब विपन्न परिवारका दुई जना चेली (छोरी) हरुको विवाह समेत सम्पन्न गरिएको थियो भने धार्मिक परम्परा अनुसार छोरीलाई उपहार स्वरुप प्रदान गर्नुपर्ने बेड, विस्तर, स्टील अलमारी, कुर्ची लगायतका उपहारहरु समेत उपलब्ध गराईएको थियो ।कशौधन वैश्य समाज, कशौधन वैश्य महिला मञ्च, मिथलिस महिला मञ्च लगायत संस्थाह...









