पाकिस्तानी नियन्त्रीत कश्मीरमा अहमदीहरूको पूजास्थलमा आक्रमण, मिनार ध्वस्त
काठमाण्डौ, १० मंसिर – कट्टरपन्थी इस्लामवादी पार्टीका दर्जनौं भन्दा बढी व्यक्तिले अहमदी समुदायको पूजास्थलमा आक्रमण गरेका छन् ।अहमदी समुदाययको पुजा स्थलमा गरिएको आक्रमणबाट मीनारहरू ध्वस्त भएको छ र पाकिस्तान नियन्त्रीत कश्मीरमा आतंक मच्चाएरको, अल्पसंख्यक समुदायका एक अधिकारी शनिबार भनेका हुन् ।जनवरी देखि अक्टोबरको बीचमा कम्तीमा ४० वटा घटना भएको छ– जमात–ए–अहमदिया पाकिस्तानले जनाएका छन् ।
“तेहरिक–ए–लब्बैक पाकिस्तान (टीएलपी) का सदस्यहरू मानिने तीन दर्जन भन्दा बढी अपराधीहरूले शुक्रबार कोटली जिल्लाको डोलियान जाटनमा अहमदीहरुको पूजास्थलमा आक्रमण गरेका थिए ।पूजा स्थलहरूमा उपस्थित अहमदीहरू आफ्नो ज्यान जोगाउन यत्रतत्र भागेका थिए जबकि अपराधीहरुले त्यसको मीनार र स्थानलाई ध्वस्त पारे, ”जमात–ए–अहमदिया पाकिस्तानका अधिकारी अमिर महमूदले शनिबार भारतीय समाचार एजेन्सी पीटीआई संग भनेका छन ।श्रोतः पीटीआई...









