नरैनापुरबासीले प्राण प्रतिष्ठाको पूर्व सन्ध्यामा निकाले भब्य झाँकीसहित ¥याली
नेपालगन्ज, ७ माघ – मित्र राष्ट्र भारतको उत्तर प्रदेश आयोध्यामा सम्पन्न हुन गईरहेको मर्यादा पुरुषोत्तम भगवान श्रीरामको बाल्य अवस्थाको मुर्ति प्राण प्रतिष्ठालाई हर्षोउल्लासका साथ बाँकेको नरैनापुर गाउँपालिकामा समेत मनाईएको छ ।माघ ६ गतेदेखि नै विभिन्न धार्मिक कार्यक्रमको आयोजना पालिका भित्र रहेका मठमन्दिरहरुमा सञ्चालन गर्दै आईरहेको विश्व हिन्दु परिषद नरैनापुरले आज भगवान श्रीरामको झाँकीसहित बृहत ¥यालीको आयोजना गरेको थियो ।
आज आयोजित ¥यालीमा नरैनापुर गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ तथा राप्तीसोनारी गाउँपालिकाका करीब ७ हजार बढी सनातनीहरुले आ–आफ्नो स्थानबाट सहभागिता जनाई नरैनापुर गाउँपालिका परिक्रमा गरेका छन् ।विश्व हिन्दु परिषद नरैनापुरका अध्यक्ष सुधिर शर्माले भगवान श्रीराम कुनै देशको नभई सम्पूर्ण सनातनीहरुको भएको हुँदा ५ सय वर्षदेखि घर बाहिर रहेको अवस्थामा घर भित्र प्रवेश गर्दा यस एति...









