Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

विश्व उइगर कांग्रेसद्वारा सिन्जियाङमा ‘नरसंहार’ भएको विषय स्वीकार गर्न अष्ट्रेलियासँग माग

विश्व उइगर कांग्रेसद्वारा सिन्जियाङमा ‘नरसंहार’ भएको विषय स्वीकार गर्न अष्ट्रेलियासँग माग

अपराध, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – जर्मनीमा आधारित उइगर अधिकार संगठन, विश्व उइगर कांग्रेस (डब्लूयूसी) ले अष्ट्रेलियाले सिनजियाङमा उइगर समुदायमाथि चीनको अत्याचारलाई नरसंहारको रुपमा मान्यता दिन माग गरेको छ। डब्लूयूसीद्वारा उठाएको माग चीन र अष्ट्रेलियाका विदेश मन्त्रीहरूको मार्च २० मा निर्धारित बैठक अघि आएको डब्लूयूसीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। डब्लूयूसीको प्रेस विज्ञप्तिमा भनिएको छ, 'चीनका विदेशमन्त्री वाङ यीले अष्ट्रेलियाको विदेश मन्त्री पेनी वोङसँग भेट गरेका छन्, जुन लगभग सात वर्षमा बेइजिङबाट पहिलो उच्चस्तरीय भ्रमण हो। मन्त्रीहरू सातौं अष्ट्रेलिया-चीन विदेश र रणनीतिक संवादमा सहभागी हुनेछन्, जसमा मानवअधिकार र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुनेछ।' विश्व उइगर कांग्रेसका अध्यक्ष डोल्कुन इसाले भनेका छन्, 'अष्ट्रेलिया सरकारले ऐतिहासिक रूपमा चीनसँगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक अग...
रंगमा भङ्ग: ५१ जना प्रहरीद्वारा पक्राउ

रंगमा भङ्ग: ५१ जना प्रहरीद्वारा पक्राउ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ चैत - नेपालगन्ज आसपासका बिभिन्न क्षेत्रमा होली खेलिरहेकहरूलाई प्रहरीद्वारा पक्राउ गरिएको छ ।कोही मादक पदार्थ सेवन गरि होहल्ला गरेको आरोपमा पक्राउ परे भने केहि युवाहरूलाई बिना कसूर आनहक मैं प्रहरीद्वारा पक्राउ गरेको जन गुनासो आएको छ । जसमा प्रहरी स्राेतद्वारा दिएकाे जानकारी अनुसार ५१ जना रहेका छन् । यसरी बिना कारण वेस्ट मात्र लगाएको निहुमा नेपालगन्ज १९ भैयापुरबाट  प्रहरीद्वारा पक्राउ गरिएको बादल जायसवालका आफन्तजनहरुले सत्यमख़बरलाई जानकारी गराएका थिए भने कोहलपुर सहारा TV का  पत्रकार  टार्जन ओली विडियो खिचेको निहुँमा पक्राउ प्रहरीले पक्राउ गरेको छ । यस बारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्दा उहाँको फ़ोन उठेन । तर यसरी चाड पर्वको दिन अनाधिकृत रुपमा पक्राउ गर्नु कत्तिको उचित छ ?पत्रकार परिचय पत्र देखाउँदा समेत हतकडी लगाई पत्रकारलाई पक्राउ गर्नु प्रेस...
मधेश मिडिया मिसनले भब्य रुपमा मनायो होली शुभकामना कार्यक्रम

मधेश मिडिया मिसनले भब्य रुपमा मनायो होली शुभकामना कार्यक्रम

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० चैत – प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश मिडिया मिसन नेपाल बाँके शाखाले भब्य रुपमा हर्षोउल्लासका साथ होलीको शुभकामना आदान–प्रदान कार्यक्रम मनाएको छ ।स्थानीय धार्मिक पर्यटकीय स्थल १००८ हडिया बाबा आश्रममा सम्पन्न होली शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथि बाँकेका सांसद लक्ष्मी तिवारीले सबैमा होलीको शुभकामना दिनुका साथै धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा देखिएका केही समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी अवधी भाषा जानकार तथा अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुलाल कुमालले होली पर्व किन मनाईन्छ । होली पर्वमा खास गरी अवधी प्रदेश तिर गाली, हाँसो किन गरिन्छ त्यसबारे पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार राजा हिराण्य कश्यपुका छोरा प्रहलादको चर्चा गर्दै सोही कालदेखी होली पर्व मनाउने परम्परा चलि आएको बताएका थिए । त्यसैग...
महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, ६ चैत – हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप लगाएका छन् । हिन्दु धर्मशास्त्रमा डिभोर्सको बारेमा कतै चर्चा नभएको भन्दै धर्मगुरुले नै डिभोर्सको लागि श्रीमतीलाई बाध्य पार्नु अपराध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आचार्यले धार्मिक गुरु महाराजले आफ्नी श्रीमतीलाई पनि महारानी बनाउन अपिल गरेका छन् । उनले भनेका छन् – शितलकृष्णलाई पटक–पटक सम्झाएको हो । प्रभु हामी धर्मगुरुहरूले हिंसा गरेको कुराहरू बाहिर आयो भने हाम्रो अस्तित्व रहँदैन । तपाइले श्रीमती के कारणले छोड्दै हुनुहुन्छ ? के कारणले डिभोर्स दिँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले श्रीमतिसँग उपासना पद्धति मिलेन बुबाआमासँग राम्रो व्यवहार भएन । मलाई इच्छा लागेन म डिभोर्स चाहन्छु । डिभोर्स भन्ने शब्द हाम्रो धर्मशास्त्रमा छ ? यो क्रिश्चियन पश्चिमाको नीति हो । आज गुरुहरूले डिभोर्स गर्...
थाई प्रधानमन्त्री भगवान बुद्धको पवित्र अवशेष लिन बैंकक

थाई प्रधानमन्त्री भगवान बुद्धको पवित्र अवशेष लिन बैंकक

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ चैत – भगवान बुद्धका अवशेष थाइल्याण्डकी प्रधानमन्त्री श्रेथा थाभिसिनले ग्रहण गर्ने कार्यक्रम छ। समारोहअघि, थाभिसिन शुक्रबार बैंककको रोयल ग्राउन्ड सनम लुआङ पुगेकी हुन्। अवशेषहरू औपचारिक मैदानमा लगिनेछ। थाइल्यान्डको बैंककस्थित सनम लुआङको रोयल मैदानमा राष्ट्रिय सङ्ग्रहालयबाट बुद्धका पवित्र अवशेषहरू लैजाने क्रममा शोभायात्रा जारी छ। भगवान बुद्धका अवशेषहरू उनका दुई शिष्यहरू, अरहता सारिपुत्र र अरहता मौद्गलयाना, माख बुचा दिवसदेखि मानिसहरूलाई श्रद्धा अर्पण गर्नको लागि शाही मैदानमा तयार गरिएको भव्य मण्डपमा राखिनेछ। भव्य शोभायात्रामा लालटेन र कमल जुलुसको साक्षी हुनेछ, साथै भारतीय र थाई दुवै पक्षका जातीय प्रदर्शनहरू हुनेछन्। समारोह फेब्रुअरी २४ देखि मार्च ३ सम्म, बिहान ९ बजे र ८ बजेसम्म जनतालाई श्रद्धाञ्‍जलि अर्पण गर्न खुला छ। यस क्षेत्रका मानिसहरूलाई श्रद्धाञ्जली दिनको लागि म...
गुप्ताको नेतृत्वमा सनातन हिन्दू सेना नेपाल गठन

गुप्ताको नेतृत्वमा सनातन हिन्दू सेना नेपाल गठन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २९ फागुन – सनातन हिन्दू सेना नेपाल बाँके नरैनापुर वडा स्तरीय कार्यसमिति राजु गुप्ताको नेतृत्वमा ११ सदस्यीय टीम गठन गरिएको छ ।गुप्ताको अध्यक्षमा गठन गरिएको वडा स्तरीय कार्य समितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महिला उपाध्यक्षमा माया यादव, महासचिवमा रामराज यादव, सचिवमा खेमराज यादव, कोषाध्यक्षमा रमेशकुमार गौतम, सहसचिवमा पृथ्वीराज गिरीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा क्रमशः दीपक कार्की, राकेश गुप्ता, मुन्ना भण्डारी, पवन यादवलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा प्रमोद यादव, पवन यादव, सन्तोष यादव, प्रसुराम मौर्य तथा विजय यादवलाई चयन गरिएको सनातन हिन्दू सेना नेपाल नरैनापुर गाउँपालिककाका अध्यक्ष अरबिन्दकुमार यादवले जानकारी गराउनुभयो ।नव गठित वडा स्तरीय कार्य समितिलाई बधाई तथा शुभकामना सहभागीहरुले दिएका छन् ।...
गायत्री प्रज्ञा शक्तिपीठमा शिव प्राण प्रतिष्ठा सम्पन्न

गायत्री प्रज्ञा शक्तिपीठमा शिव प्राण प्रतिष्ठा सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – आज महाशिवरात्रीको पावन अवसरमा ११ कुण्डीय गायत्री महायज्ञ, श्री शिव महापुराण कथा तथा श्री शिव प्राण प्रतिष्ठा कार्यक्रमको भोलि शनिबार समापन हुने भएको छ ।गायत्री प्रज्ञा अभियान अमिला कुट्टी स्थित ६ दिवसीय कार्यक्रमको भब्य आयोजना गरी फागुन २१ गतेदेखि निरन्तर हवन कार्यक्रम सञ्चालन रहँदै आईरहेको अवस्थामा आज महाशिवरात्रीको अवसरमा गायत्री मन्दिरमा स्थापना गरिएको भगवान शिव परिवारको मुर्ति स्थापना गरी प्राण प्रतिष्ठा भब्य रुपमा सम्पन्न गरिएको छ । गायत्री प्रज्ञा अभियानद्वारा गराईएको जानकारी अनुसार फागुन २१ गते बिहान ९ बजे भब्य शोभा यात्रा निकाली सायं ४ बजेदेखि विशिष्ठ आवाहन पूजनको साथ श्री शिवमहापुराण कथा आरम्भ गरिएको थियो ।सोही अनुसार दैनिक यज्ञीय कार्यक्रम सञ्चालन गरिनुका साथै आज महाशिवरात्रीमा भगवान श्री शिव परिवार प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको थियो । शिव ...
प्रधानमन्त्री ज्यू, डिजाईन एउटा सामाग्री अर्को हुँदा घर कसरी बलियो हुन्छ ?

प्रधानमन्त्री ज्यू, डिजाईन एउटा सामाग्री अर्को हुँदा घर कसरी बलियो हुन्छ ?

आस्था, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८० फागुन २५ गतेअशोकनाथ योगी प्रधानमन्त्री ज्यू डिजाईन एउटाकाे ( उत्तरकाे )ईन्जिनियर र सामाग्री अन्तकाे प्रयाेग गरेर घर बलियाे र दिगाे कतिकाे हुन्छ त ?झिमेकीाई बार बार सदाबहार झुक्याउन सकिँदैन ?नेपाली कांग्रेस र एमाले लाई झुक्याए जस्तै र धाेका दिए जस्तै गरिचिन र भारत लाई बारम्बार झुक्याउन सक्नु हुन्छ ?सक्नु भयाे भने त तपाईं जस्ताे भएंकर काेही हुँदैन ?कि त नेपालमा उथलपुथल ल्याई रहन लात्तीले हान्न उत्तर दक्षिण कुदि रहने हाे ? सम्मानित संसदमा प्रधानमन्त्रीकाे सम्बाेधनले उब्जाएका तरंग नेपाली कांग्रेसका सचेतक रमेश लेखकले उठाएका राेचक प्रसंग :- संसदमा नेपालकाे अभिभाबक प्रधानमन्त्री जस्ताे गरिमामय पदमाआसिन पुष्पकमल दाहाल (प्रचण्ड)ले सनातन हिन्दू धर्म लाई जाेडेर गठबन्धन टुटाउनुकाे प्रमूख कारण भनेका छन :-कांग्रेस नेपालकाे संबिधानकाे खिलापमा जान खाेजेकाे हाे कि पनि भनेका छन ?...
बागेश्वरी तालमा देखिएको फोहोर बारे छानबिनसहित कडा कार्वाहीको मांग, ज्ञापन पत्र बुझाउने तयारी

बागेश्वरी तालमा देखिएको फोहोर बारे छानबिनसहित कडा कार्वाहीको मांग, ज्ञापन पत्र बुझाउने तयारी

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ फागुन – ५० औं वर्षदेखि हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि षडयन्त्रकारीहरुद्वारा धावा गरिएको केही समय अगाडी मात्र शक्तिपिठ बागेश्वरी मन्दिरमा अवस्थित तालको पानी सुखेपछि सबैमाझ सार्वजनिक भएको छ ।हिन्दू धर्मावलम्बीहरुले घरमा पुजा गर्दा, विजयादशमीको अवसरमा मुर्ति स्थापना गर्दा, छठ पर्वको पूजा गर्दा, भगवान जूँगे महादेवको पूजा गर्दा, बागेश्वरी माताको पूजा गर्दा, आफूलाई स्वच्छ गर्न नुहाउँदा ५० औं वर्षदेखि प्रयोग गर्दै आईरहेको तालको पानी दुषित देखिएको छ । बागेश्वरी मन्दिरमा रहेको ताल छेउछाउमा भएका घरहरुमा प्रयोग हुने शौचालयको पाईप लाईन उक्त तालमा देखिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले बताउनुभयो । उपमहानगर मेयर बिष्टका अनुसार केही समय अगाडी मात्र जुँगे महादेवको मन्दिर निर्माण गर्न तालको पानी फालिएको तथा उक्त पानी फलिएपछि फोहोरजन्य फाईप लाईनहरु देखिएको जानकारी ग...
पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीनधर्मकागुरुहरु एकै ठाउँमा

पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीनधर्मकागुरुहरु एकै ठाउँमा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, २० फागुन – हिन्दु, बौद्ध, किराँतएकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्व शान्ति महायज्ञ सुरु भएको छ ।हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामी झाँक्री, कलश यात्रा, झाँकी प्रदर्शन र बाजा गाजा सहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिलकुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावावाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामालगायतको उपस्थिति रहेको थियो ।त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थ...