
नेपालगन्ज, १२ चैत – नेपालगन्ज आसपासका बिभिन्न क्षेत्रमा होली खेलिरहेकहरूलाई प्रहरीद्वारा पक्राउ गरिएको छ ।
कोही मादक पदार्थ सेवन गरि होहल्ला गरेको आरोपमा पक्राउ परे भने केहि युवाहरूलाई बिना कसूर आनहक मैं प्रहरीद्वारा पक्राउ गरेको जन गुनासो आएको छ । जसमा प्रहरी स्राेतद्वारा दिएकाे जानकारी अनुसार ५१ जना रहेका छन् ।
यसरी बिना कारण वेस्ट मात्र लगाएको निहुमा नेपालगन्ज १९ भैयापुरबाट प्रहरीद्वारा पक्राउ गरिएको बादल जायसवालका आफन्तजनहरुले सत्यमख़बरलाई जानकारी गराएका थिए भने कोहलपुर सहारा TV का पत्रकार टार्जन ओली विडियो खिचेको निहुँमा पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
यस बारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्दा उहाँको फ़ोन उठेन । तर यसरी चाड पर्वको दिन अनाधिकृत रुपमा पक्राउ गर्नु कत्तिको उचित छ ?
पत्रकार परिचय पत्र देखाउँदा समेत हतकडी लगाई पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता माथि बाँके प्रहरीको ठाडो हस्तक्षेप भएको छ ।