Thursday, April 30सत्यम खबर
Shadow

गुप्ताको नेतृत्वमा सनातन हिन्दू सेना नेपाल गठन

नरैनापुर, २९ फागुन – सनातन हिन्दू सेना नेपाल बाँके नरैनापुर वडा स्तरीय कार्यसमिति राजु गुप्ताको नेतृत्वमा ११ सदस्यीय टीम गठन गरिएको छ ।
गुप्ताको अध्यक्षमा गठन गरिएको वडा स्तरीय कार्य समितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महिला उपाध्यक्षमा माया यादव, महासचिवमा रामराज यादव, सचिवमा खेमराज यादव, कोषाध्यक्षमा रमेशकुमार गौतम, सहसचिवमा पृथ्वीराज गिरीलाई चयन गरिएको छ ।


यसैगरी सदस्यहरुमा क्रमशः दीपक कार्की, राकेश गुप्ता, मुन्ना भण्डारी, पवन यादवलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा प्रमोद यादव, पवन यादव, सन्तोष यादव, प्रसुराम मौर्य तथा विजय यादवलाई चयन गरिएको सनातन हिन्दू सेना नेपाल नरैनापुर गाउँपालिककाका अध्यक्ष अरबिन्दकुमार यादवले जानकारी गराउनुभयो ।
नव गठित वडा स्तरीय कार्य समितिलाई बधाई तथा शुभकामना सहभागीहरुले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *