Friday, February 7सत्यम खबर
Shadow

मधेश मिडिया मिसनले भब्य रुपमा मनायो होली शुभकामना कार्यक्रम

नेपालगन्ज, १० चैत – प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश मिडिया मिसन नेपाल बाँके शाखाले भब्य रुपमा हर्षोउल्लासका साथ होलीको शुभकामना आदान–प्रदान कार्यक्रम मनाएको छ ।
स्थानीय धार्मिक पर्यटकीय स्थल १००८ हडिया बाबा आश्रममा सम्पन्न होली शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथि बाँकेका सांसद लक्ष्मी तिवारीले सबैमा होलीको शुभकामना दिनुका साथै धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा देखिएका केही समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


त्यसैगरी अवधी भाषा जानकार तथा अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुलाल कुमालले होली पर्व किन मनाईन्छ । होली पर्वमा खास गरी अवधी प्रदेश तिर गाली, हाँसो किन गरिन्छ त्यसबारे पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार राजा हिराण्य कश्यपुका छोरा प्रहलादको चर्चा गर्दै सोही कालदेखी होली पर्व मनाउने परम्परा चलि आएको बताएका थिए ।


त्यसैगरी अवधी जानकार पण्डित शिवप्रसाद पाठकले होली पर्व सद्भावको पर्व भएको हुँदा सबै सामुदाय मिलेर होली मनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी माधवराम बर्मा, अधिवक्ता तथा सामाजिक अभियन्ता विश्वजीव तिवारी, भेरी अस्पतालका अध्यक्ष विरेन्द्र शाह, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकाय, हडिया बाबा आश्रम व्यवस्थापन समिति अध्यक्ष नन्दलाल वैश्य, हनुमान चालिसा समितिका सदस्य दिलीप रेग्मी लगायतले आ–आफ्नो भनाई राख्दै होली पर्वको शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रमको अध्यक्षता मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले गरेका थिए भने विशिष्ट अतिथि एव अतिथिहरुमा खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य नरेन्द्र थापा, प्रेस युनियनका पूर्व अध्यक्ष अर्जुन ओली, जिएचडी नेपालका अध्यक्ष आशिष गुप्ता, राप्रपाका नेता मदनराज शर्मा, एचसीआरसीका रबिन्द्र ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य मधेश मिडिया मिसन नेपाल बाँके शाखा उपाध्यक्ष मनोज कौशलले गरेका थिए भने कार्यक्रमको सञ्चालन शाखा सचिव सन्ध्या शर्माले गर्नुका साथै अतिथि स्वागत कोषाध्यक्ष चन्दा सिंह तथा सदस्य शुभम शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *