Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

चीनमा उइगरमाथिको नरस‌ंहार जारी, नरसंहार यात्राको विरोध

चीनमा उइगरमाथिको नरस‌ंहार जारी, नरसंहार यात्राको विरोध

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ फागुन – उइगर अल्पसंख्यकहरुका लागि वकालत गर्दै आएकी रुशन अब्बासले अमेरिकी र युरोपेली ट्राभल कम्पनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नरसंहारको शासनलाई समर्थन गर्नु नहुने बताएकी छन्। उइगरमाथि भइरहेको नरसंहारको विरोधमा अधिकारकर्मीहरुले निरन्तर आन्दोलन र वकालत गर्दै आएका छन्। अधिकारवादीहरुले सिनजियाङमा भएका घटनाक्रमहरू (जसलाई यसका गैर-हान-चिनियाँ बासिन्दाहरूले पूर्वी तुर्किस्तान भन्न रुचाउँछन्) र त्यहाँ भइरहेको नरसंहारलाई अस्वीकार गर्न चिनियाँ प्रचार कसरी काम गरिरहेको छ भनेर छलफल गरेका छन्। विभिन्न प्रकारका संयन्त्रमार्फत विदेशमा रहेका उइगरहरुलाई पनि उत्पीडनमा पार्ने गरी चीनले अन्तर्राष्ट्रिय रूपमा परिचालन गरिएको पाइएको छ। चीनले कमाएको पैसामा उइगरहरुको रगत लतपतिएको भन्दै चीनले गरेको प्रगतिमा कुनै गर्व गर्न आवश्यक नभएको बताइरहेका छन्। अब्बासले विशेष गरी अमेरिका, युरो...
ढाकामा उइगर मुस्लिममाथि हुने अत्याचारको विरोधमा प्रदर्शन

ढाकामा उइगर मुस्लिममाथि हुने अत्याचारको विरोधमा प्रदर्शन

आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ फागुन – ढाकामा उइघुर मुस्लिमहरूमाथि हुने अत्याचारको विरुद्धमा ढाकामा विद्यार्थी, बुद्धिजीवी र इस्लामिक विद्वानहरूले उइघुर अल्पसंख्यकहरूलाई यातना दिएकोमा चीनको निन्दा गरेका छन्। सचेतन नागरिक समाजले उइघुर मुस्लिमहरूप्रति ऐक्यबद्धता जनाउन र सन् १९९७ मा यस दिन ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार ढाकाको बैतुल मुकर्रम राष्ट्रिय मस्जिदमा मानव साङ्लो र विरोध प्रदर्शन गरेको थियो। २५०-३०० प्रदर्शनकारीले ब्यानर, पोस्टर र प्लेकार्ड बोकेका थिए। उक्त प्रदर्शनमा उइगर मुस्लिममाथि चीनले गरेको अत्याचारको विरोध गरिएको थियो। प्रदर्शनकारीहरूले चीनमा अल्पसंख्यकहरू, विशेष गरी उइगुर मुस्लिमहरूमाथि हुने डरलाग्दो यातनाबारे मानिसहरूलाई शिक्षा दिए। घुल्जा हत्याकाण्ड दिवसको २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा मुक्तिजोध मञ्चले राष्ट्रिय संग्रहालय शाहबाग, ढाका अगाडि मानव साङ्लो तथा विरोध सभा गरेको हो। ...
हिन्दु, बौद्ध, किराँतको बृहत् विश्वशान्ति महायज्ञ एकै ठाउँमा

हिन्दु, बौद्ध, किराँतको बृहत् विश्वशान्ति महायज्ञ एकै ठाउँमा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ७ फागुन – हिन्दु, बौद्ध, किराँतविधिअनुसार काठमाडौंको पशुपतिमा विश्व शान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देशसहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लमआदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधि अनुसार पितृहरुको उद्धारको कामनासहित पाठ पूजा गरिने कार्डमा उल्लेख छ । साथै प्रवचन, दैनिक हवन, रासलिला, भजन कीर्तन, ताण्डव नृत्य, धामी झाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किराँत ३ वटै धर्मका धेरै गुरुहरु एक साता सम्मै उपस्थित रहने छन् । हिन्दु, बौद्ध, किराँत एकताको सन्द...
रौतहटको ईशनाथमा कर्फ्युको दायरा थप फराकिलो

रौतहटको ईशनाथमा कर्फ्युको दायरा थप फराकिलो

अपराध, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ फागुन – रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्छृङ्खल गतिविधि हुँदा जिल्ला प्रशासनले कर्फ्यूको दायरा बढाएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रजिअ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उच्छृङ्खला गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ । कर्फ्यू जारी भएसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७ सय जनशक्ती परिचालन गरिएको छ । कर्फ्...
रूपईडीहादेखि आयाेध्य बस सेवा सञ्चालन हुने

रूपईडीहादेखि आयाेध्य बस सेवा सञ्चालन हुने

आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ फागुन - मित्र राष्ट्र भारत उत्तरप्रदेशकाे आयाेध्यामा श्रीराम मन्दिरकाे उद्घाटन पश्चात् नेपालगन्ज-जनकपुर हवाई यात्राकाे चर्चासँगै शनिबारदेखि परिक्षण शुरू हुँदै गर्दा बाँकेबासीहरूले खुशी व्यक्त गरेका छन् । यसैसित अब उप्रान्त रूपैडिहादेखि आयाेध्यासम्म सिधै बस तथा टेक्सी सेवा शुरू गर्न आज सम्बन्धित पक्षहरूसित छलफल गरिएकाे छ ।नेकपा एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्र, नेपालगन्ज उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायतका व्यक्तिहरूले उक्त धार्मिक बस सेवा शुरू गर्न नगर पंचायत रूपईडीहाका चेयरमैन डा. उमाशंकर वैश्यसँग छलफल गरेका छन् ।उक्त छलफल पछि चेयरमैन डा. वैश्यले आजकाे छलफल सकारात्मक भएकाे तथा १-२ दिन भित्र मैले सम्बन्धित पक्षकाे माग अनुसार माननीय मुख्यमन्त्री, क्षेत्र सांसद, परिवाहन विभाग लगायत पक्षसँग यश बारे लिखित रूपमा चर्चा गरि रूपईडीहादेखि आयाेध्या तथा आय...
अबुधाबीको पहिलो हिन्दु मन्दिर श्रद्धालुका लागि खुल्यो

अबुधाबीको पहिलो हिन्दु मन्दिर श्रद्धालुका लागि खुल्यो

आस्था, धार्मिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ फागुन – संयुक्त अरब एमिरेट्स (युएई) को राजधानी अबुधाबीमा बनाइएको पहिलो हिन्दु मन्दिर श्रद्धालुका लागि खुलाइएको छ।यो मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच बुधबार गरेका छन्। यस मन्दिरको निर्माण बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले गरेको हो।मन्दिरको लागि जमीन संयुक्त अरब एमिरेट्स सरकारले दिएको हो।यो मन्दिर करिब २७ एकड जमीनमा ७०० करोड भारतीय रुपैयाँमा तयार पारिएको हो।...
चीनमा सरकार समर्थक बौद्ध भिक्षु यौन काण्डपछि हटाइए

चीनमा सरकार समर्थक बौद्ध भिक्षु यौन काण्डपछि हटाइए

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चीनमा सरकार समर्थक धार्मिक व्यक्तित्वहरूको बारेमा यौन काण्डहरूलाई लुकाउने गरिएको छ। सन् २०१८ मा, बेइजिङको लङकुवान मन्दिरका मठाधीश र सरकार नियन्त्रित चाइना बुद्ध एसोसिएसनका अध्यक्ष पूज्य सुएचेङले वर्षौंदेखि बौद्ध ननहरूलाई यौन दुर्व्यवहार गरेको रिपोर्ट आएपछि राजीनामा दिनुपरेको थियो। उनले आफू निर्दोष रहेको र घटनाको पूर्ण सत्यता अझै खुल्न नसकेको दाबी गरेका छनु। अहिले चाइना बुद्ध एसोसिएसन र सीसीपीलाई नै नयाँ काण्डलाई लुकाउने प्रयास गरिरहेको छ। सिचुआनको मठाधीश शि झाओजी (उनको परिवारको नामबाट 'एबोट झाङ' पनि भनिन्छ) लाई चीन बौद्ध संघको एक अग्रणी र पार्टीप्रति वफादार देशभक्तको राजीनामा आएको कुरा सार्वजनिक गरिएको छ। उनलाई डिसेम्बर २६, २०२३ मा, राष्ट्रिय चाइना बौद्ध संघद्वारा हटाइएको खुलेको छ। जनवरी १९, २०२४ मा उनलाई चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको सिचुआन प्रान्तीय समितिबाट पनि निष्का...
मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भोलि हुने

मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भोलि हुने

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशन तथा वनभोज कार्यक्रम भोलि मंगलबारका दिन हुने भएको छ ।मिसन नेपालका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले दिएको जानकारी अनुसार पर्यटनलाई बढावा दिने उद्देश्यका साथै डुडुवा गाउँपालिका वडा नं. ५ स्थिति रहेको श्री सत्यराम तप्सी बाबा मन्दिर प्रा·णमा जिल्ला अधिवेशन तथा वनभोज कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।जिल्ला अधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरी रहने जानकारी गराउँदै पर्यटनलाई कसरी बढावा दिन सकिन्छ, त्यसतर्फ सहभागी सञ्चारकर्मीहरुले आ–आफ्नो स्तरबाट कलम चलाउने विश्वास रहेको बताउनुभयो ।...
राजगुरु श्री सुबुथी मन्दिरमा अशोक स्तम्भ निर्माणको शिलान्यास

राजगुरु श्री सुबुथी मन्दिरमा अशोक स्तम्भ निर्माणको शिलान्यास

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ माघ – श्रीलंकाका लागि भारतीय उच्चायुक्त सन्तोष झाले आइतबार वड्डुवास्थित राजागुरु श्री सुबुथी मन्दिरमा राजा अशोकको धर्म स्तम्भ निर्माणको शिलान्यास गरेका छन्। आइतबार मन्दिरमा आध्यात्मिक रूपमा उन्नत समारोह भएको थियो, जहाँ देशको उद्घाटन अशोक स्तम्भको शिलान्यास गरिएको आधिकारिक विज्ञप्तिमार्फत जनाइएको छ। यो कार्यक्रम भारत र श्रीलंका बीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धमा एक महत्वपूर्ण अवसर हो। कार्यक्रममा विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो। झाका अलावा अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आइबीसी) का महासचिव शर्तसे खेन्सुर जङ्चुप चोदेन रिन्पोछे पनि सहभागी थिए। मन्दिरका प्रमुख आचार्य वेन। वास्काडुवे महिन्दावंशा महानायक थेराले कार्यक्रममा मन्तव्य दिए, पवित्र घटनाको लागि टोन सेट गरे। ढुंगा लगाउने कार्यक्रम पछि, अतिथिहरूले पवित्र कपिलवस्तु अवशेषहरू रहेको मन्दिरको भ्रमण ग...
१ दर्जन बढी घाईते, के पीडितले न्याय पाउने छन् ? कहाँ छन् सद्भावका ठेकेदारहरु ?

१ दर्जन बढी घाईते, के पीडितले न्याय पाउने छन् ? कहाँ छन् सद्भावका ठेकेदारहरु ?

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ माघ – सोमबार २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्रीराम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगन्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाउ“का १६ जना घाइते भएका छन् ।सोमबार हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको श्रीराम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही समुहले सदभाव माथि आँच आउने किसिमले गतिविधिमा सक्रिय रहेको देखिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ मा भएको झडपमा आठ जना घाइते भएका छन् । साझ भएको झडपमा घाइते भएकाहरुलाई भेरी अस्पताल ल्याइएको थियो । भेरी अस्पतालमा छ जनालाई ल्याइएको र अन्य दुई जना नेपालगन्ज २१ को वडा कार्यालय नजिकै रहेको मेडिकलमा उपचार पश्चात घर फर्किएका थिए । जसमा एक ७ वर्षका बालक पनि थिए । राति १० बजेको समयसम्म ६ जना भेरी मै उपचाररत थिए । घाइते हुनेमा नेपा...