कडा कार्वाहीको मांग गर्दै ज्ञापन पत्र बुझाईयो
नेपालगन्ज, ११ असोज – हाल सार्वजनिक सञ्जालको दुरुपयोग भईरहेको तर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नहुँदा यसबाट समाजमा द्वन्द उत्पन्न हुन सक्ने एक घटना क्रमले देखाएको पाईन्छ ।
घटना केही दिन अगाडी मात्र नरैनापुर गाउँपालिकाको रहेको छ । जहाँ एक जना मुस्लिम केटाले हिन्दु धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो सार्वजनिक सञ्जालमा अपडेट गरेको थियो । सोहीको जवाफमा हिन्दु केटाले समेत मुस्लिम धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो अपटेड गरेको देखियो तथा यो दुबै भिडियो एकै ठाउँमा राखी नरैनापुरको केटाले आफ्नो फोटो लगाई अपटेड गरेपछि त्यसको विवाद बढ्दै नरैनापुर पालिकाका मुस्लिम धर्मावलम्बीहरुले आपत्ति जनाउँदै भिडियो अपटेड गर्ने नाबालक बच्चालाई नानाथरी गाली गर्दै भगवानपुर थानामा झिकाई माफी मगाएका थिए ।
माफी मगाएर समेत सन्तुष्टि नभएपछि नाबालक केटालाई कान समात्न लगाई उठबस, मुर्गा बनाउनेसम्म कार्य गर्न ...









