Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

जय श्रीराम लाठी केन्द्रको प्रेस सल्लाहकारमा आकाश नियुक्त

जय श्रीराम लाठी केन्द्रको प्रेस सल्लाहकारमा आकाश नियुक्त

आस्था, कला/साहित्य, धार्मिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – जय श्रीराम शक्ति दल केन्द्र लाठी समितिको पदअधिकारीहरुको बैठकले सर्वसहमति प्रेस सल्लाहकारमा आकाश कसौधनलाई नियुक्त गरेका छन् । विगत लामो समयदेखि यसै क्लबको खेलाडी समेत रहेका कसौधनले क्लब विकासका लागि आफ्नो तहबाट साथ र सहयोग गर्दै आएको भन्दै समितिले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको जानकारी समितिका अध्यक्ष सुजीतकुमार गुप्ताले दिए ।...
प्रेस युनियनद्धारा तीज लेखनबृति प्रतियोगिता : सुवेदी प्रथम

प्रेस युनियनद्धारा तीज लेखनबृति प्रतियोगिता : सुवेदी प्रथम

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनबृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम हुनु भएको छ । प्रतियोगितामा सहभागि भएका सात जना महिला पत्रकार मध्ये सुवेदीको लेख प्रथम भएको हो । प्रतियोगितामा साबित्री बिश्वकर्मा द्धितिय र आरती कट्टेल तृतिय हुनु भएको छ । उत्कृष्ट भएसँगै उहाँहरु क्रमशः पाँच, तीन र दुई हजार रुपैयाले पुरस्कृत हुनुभएको छ । युनियन बाँकेले लेखनबृति प्रतियोगितामा सहभागिताका लागि महिला पत्रकारहरुलाई आह्वान गरेको थियो भने प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानोलेसमेत सहभागिता जनाउनुभएको थियो । लेखनमा उत्प्रेरित गर्नका लागि उहाँहरुलाई नगद एक÷एक हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागि सबैलाई लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी...
अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र - अखिल नेपाल महिला संघ बाँके जिल्ला कमिटि र अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका कमिटिको आयोजनामा महिला हिंसा विरुद्ध चेतनामुलक तिजगित प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नेपालगन्ज वडा नं.९ प्रथम गीता अर्यालको टिम दुतिय, निर्मला विसीको टिम तृतीय, कमला गौतमको टिमले शान्तवना पुरस्कार पाएको छ । अनेमसंघ अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न महिला हिंसा विरुद्धको तीजगीत प्रतियोगितामा अनेमसंघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्र्चाज विना ज्ञवालीले महिलाहरुलाई चेतना जगाउने र परम्परा र संस्कृतिलाई जोगाइ राख्न मौलिक गितको ठुलो महत्व हुने कुरामा जोड दिदै महिला एकजुट भएर अगाडि बढ्न सुझाव दिनुभयो । नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालले माइति टाढा हुनेहरुलाइ यसरी जम्मा गरेर तिज मनाउन पाउँदा टाढा माइति भएका महिलाहरुलाई माइतिको याद मेटाउने बता...
नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर

नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – बाँके जिल्लाको विभिन्न भागमा एक सातादेखि हरितालिका तिजको रौनक छाएको छ । नेपाली नारीहरुको साँस्कृतिक पर्व तिजको अवसरमा जिल्ला स्थित विभिन्न राजनीतिक दल, वर्गीय संगठन, सामाजिक संघ संस्थाहरुद्वारा शुभकामना आदान प्रदान तथा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमहरुको आयोजना गरिएको हो । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका १२ नम्बर वडा कमिटीको आयोजनामा वडाका चेलीबेटीहरुलाई सहभागी गराई तिजको शुभकामना आदान प्रदान, चेतनामूलक गीत नृत्य प्रदर्शन तथा दर खुवाउने कार्यक्रम सम्पन्न भयो ! वडा नं. १२ कमिटीका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं बाँके जिल्ला इञ्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेश सदस्य मिना ढकाल, हिरा खराल, जिल्ला कमिटी सदस्यद्वय कृष्णकुमार थ...
कृष्णनगरमा तिज बिशेष शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

कृष्णनगरमा तिज बिशेष शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र कृष्णनगर, १४ भाद्र - नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकी थिइन्। प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्णकुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, सुमन खरेल, महेन्द्र पोखरेल, वृजेशकुमार गुप्ता, आशिष कौशल, धिरेन्द्र सिंह, केशर विश्वकर्मा, भूमि भट्टराई, संजयकुमार गुप्तालगायत वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगा...
बंगलादेशमा कट्टरपन्थी इस्लामको पुनरुत्थान: चिन्ताको एक प्रमुख कारण

बंगलादेशमा कट्टरपन्थी इस्लामको पुनरुत्थान: चिन्ताको एक प्रमुख कारण

अपराध, आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ भाद्र – कट्टरपन्थी इस्लामिक प्रभावहरूको पुनरुत्थानसँग जुधिरहेको बंगलादेशले आफ्नो सामाजिक र राजनीतिक परिदृश्यलाई पुन: आकार दिन कट्टरपन्थीहरुले धम्की दिएको छ। एक विवादास्पद इस्लामिक टेलिभिजन च्यानलको सम्भावित फिर्ता सहित हालका घटनाक्रमहरूले आफ्नो धर्मनिरपेक्ष परम्पराहरूको लागि लामो समयदेखि मनाइँदै आएको देशमा अतिवादको वृद्धिको बारेमा चिन्ताहरू पुन: जगाएको छ। भारतीय इस्लामिक विद्वान डा. जाकिर नाइकले बंगलादेशमा छिट्टै पिस टिभी बंगलाको प्रसारण पुनः सुरु गर्ने घोषणा गरेपछि देशका राजनीतिक र सुरक्षा निकायहरूमा तरंग आएको छ। सात वर्षभन्दा बढी समयदेखि मलेशियामा निर्वासनमा बस्दै आएका डा. नाइकले युट्युबको प्रश्नोत्तर सत्रमा उक्त च्यानललाई बंगलादेशी एयरवेभमा फिर्ता ल्याउने प्रयास भइरहेको बताउँदै यो खुलासा गरेका हुन्। बंगलादेशमा पीस टिभीको इतिहास विवादले भरिएको छ। सन् २०१६ को जुलाईमा ढाका...
तालिवानको नयॅा नियमः अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

तालिवानको नयॅा नियमः अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ । तालिवानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले नयाँ कानुनलाई अनुमोदन गरेका छन् । यी कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ। तालिवानको यो निर्णयको संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ । यसका साथै धेरै मानवअधिकार संगठनहरूले पनि यस विषयमा आपत्ति जनाएका छन्। अङ्ग्रेजी पत्रिका द गार्डियनका अनुसार तालिबानले यी कानुनको कारण दिँदै महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने बताएको छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ । तालिबानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ। नयाँ कानुन उल्लङ्...
सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ भव्यताका साथ सम्पन्न

सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ भव्यताका साथ सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा महिलालाई सम्मान तथा दर खुवाउने उद्देश्यले आयोजित यात्रा भव्यरुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई भेला पारी कम्पनीले तीज यात्रा आयोजना गरेको कम्पनीका बिजनेश डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए । उनका अनुसार यात्रा भदौ ४ गते बुटवलको सिद्धार्थ कटेजबाट सुरु भएको थियो । यात्रा भदौ ५ गते भैरहवाको सिद्धार्थ भिलासा, भदौ ६ गते सिद्धार्थ होटल, टीकापुर र भदौ ८ गते सिद्धार्थ कटेज नेपालगन्जमा आयोजना भएको थियो । तीज यात्राभर गायिका मञ्जु पौडेलसहित स्थानीय कलाकारहरुले विशेष प्रस्तुति दिएका थिए । चार स्थानमा गरिएको कार्यक्रममा गरी एक हजारभन्दा बढी महिला उपस्थित थिए । “विभिन्न क्षेत...
श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
दाङ, १० भाद्र – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्र विन्दुमा राखेर समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका हुन । प्रदेश सरकारका कामकारवाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययीबनाई सुशासन प्रवद्र्धन गर्न सरकारले अभियान थालिसकेको जानकारी दिएका छन् । सुशासनकायम गर्ने विषयलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीतिहरु अबलम्वन गरेको छ । नागरिक तहमा आशा, भरोसा र विश्वासको वातावरण निर्माण गर्न सरकार दृढ रहेको भनाई मुख्यमन्त्री आचार्यको छ । समृद्ध प्रदेशको माध्यमबाट मुलुकको समग्र विकासको म...
श्री कृष्णा जन्माष्टमीमा विविध कार्यक्रम हुने, त्रिभुवन चोकमा प्रसिद्ध कलाकारसहित जबाबी कीर्तन

श्री कृष्णा जन्माष्टमीमा विविध कार्यक्रम हुने, त्रिभुवन चोकमा प्रसिद्ध कलाकारसहित जबाबी कीर्तन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान श्री कृष्णको श्री कृष्ण जन्माष्टमी महोत्सव–२०८१ विभिन्न स्थानहरुमा भब्ययता साथ मनाउने तयारी गरिएको छ । मोहललाल वैश्य स्मृतिमा नेपालगन्जको मुटु त्रिभुवन चौकमा वर्षौदेखि सम्पन्न हुँदै आईरहेको श्री कृष्णा जन्माष्टी यसपटक भाद्र १० गते अर्थात भोलि सोमबारका दिनदेखि शुभारम्भ गरिने आयोजक संस्थाका अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराएका छन् । अध्यक्ष वैश्यले दिएको जानकारी अनुसार ओम शान्तिको सहकार्यमा भगवान श्रीकृष्णको मनोरम, सुन्दर झाँकीसहित कार्यक्रमको शुभारम्भ गरिनुका साथै प्रसाद वितरण गरिने तथा भाद्र ११ गते भगवान श्रीकृष्णको झाँकीसहित सुन्दर लिला लगायत धार्मिक कार्यक्रम सम्पन्न गरिने बताउनुभयो । यसैगरी भाद्र १२ गते भारतका प्रसिद्ध जबाबी कीर्तनका कलाकार सचदेवा सराती कानपुर तथा प्रसिद्ध कलाकार रोशनी अन्जानाको प्रस्तृति हुने जानकारी गर...