
नेपालगन्ज, २१ भाद्र – अवधी पत्रकार संघ बाँके शाखा जिल्ला कार्य समिति बाँकेको आयोजनामा तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अवधी पत्रकार संघ केन्द्रिय कार्य समितिका कोषाध्यक्ष सन्ध्या शर्माद्वारा सञ्चालित कार्यक्रम नेपालगन्ज उद्योग बाणिज्य संघको सभा हलमा सञ्चालित कार्यक्रममा, अवधी पत्रकार संघ बाँके शाखाका अध्यक्ष प्रहलाद विश्वकर्माको अध्यक्षतामा, लुम्बनी प्रदेश सभासद् माननीय अम्बिका काफ्लेको प्रमुख अतिथ्यितामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काफ्लेले अवधी पत्रकार संघलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरीफ अन्सारी, अवधी अगुवा तथा नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका प्रमुख बिजय वर्मा, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत बिनिता यादव, अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाल, अवधी पत्रकार संघका संस्थापक सूर्यलाल यादव, संघका पूर्व अध्यक्ष चन्दे्रश्वरराज त्रिपाठी, शतक रक्तदाता पवन जायसवाल लगायतले काजरी तीजको अवसरमा आ–आफ्नो शुभकामना व्यक्त गरेका थिए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, बाँके र बर्दिया जिल्लाका अवधी पत्रकार संघमा आवद्ध रहेका अवधी पत्रकारहरुको सहभागितामा काजरी तीजको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।