Tuesday, October 22सत्यम खबर
Shadow

आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नेपालगन्ज, १८ असोज – नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै छ ।

दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो ।

घटस्थापना कै पहिलो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

नवरात्रीका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीकाजमराका रूपमा लगाइन्छ ।

नवरात्रीका अवसरमा विभिन्न शक्ति पीठहरूमा दर्शनार्थीको घुइँचो लाग्छ । नेपालगन्जको शक्ति पिठ बागेश्वरी मन्दिर लगायत उपमहानगरपालिका भित्र रहेका विभिन्न धार्मिक पण्डालहरुमा घुइ“चो लागेको पाईन्छ । पण्डालहरुमा सजिसजाऊ गरि रहेको देवी माताको प्रतिमाको दैनिक पुजाआजादेखि लिएर प्रसाद वितरण लगायतको कार्यहरु विजयादशमी सम्म चलिरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *