Tuesday, October 22सत्यम खबर
Shadow

कडा कार्वाहीको मांग गर्दै ज्ञापन पत्र बुझाईयो

नेपालगन्ज, ११ असोज – हाल सार्वजनिक सञ्जालको दुरुपयोग भईरहेको तर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नहुँदा यसबाट समाजमा द्वन्द उत्पन्न हुन सक्ने एक घटना क्रमले देखाएको पाईन्छ ।

घटना केही दिन अगाडी मात्र नरैनापुर गाउँपालिकाको रहेको छ । जहाँ एक जना मुस्लिम केटाले हिन्दु धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो सार्वजनिक सञ्जालमा अपडेट गरेको थियो । सोहीको जवाफमा हिन्दु केटाले समेत मुस्लिम धर्मावलम्बीहरुलाई गाली गर्दै भिडियो अपटेड गरेको देखियो तथा यो दुबै भिडियो एकै ठाउँमा राखी नरैनापुरको केटाले आफ्नो फोटो लगाई अपटेड गरेपछि त्यसको विवाद बढ्दै नरैनापुर पालिकाका मुस्लिम धर्मावलम्बीहरुले आपत्ति जनाउँदै भिडियो अपटेड गर्ने नाबालक बच्चालाई नानाथरी गाली गर्दै भगवानपुर थानामा झिकाई माफी मगाएका थिए ।

माफी मगाएर समेत सन्तुष्टि नभएपछि नाबालक केटालाई कान समात्न लगाई उठबस, मुर्गा बनाउनेसम्म कार्य गर्न लगाएर विवाद समाधान हुन्छ भनी सामसुम पारेको दाबी स्रोतको रहेको छ ।

तर सोही घटनाको भिडियो मुस्लिम पक्षका केटाले बनाई आफ्नो सार्वजनिक सञ्जालमा अपडेट गरेपछि हिन्दु पक्षले त्यसको विरोध गर्दै आज शुक्रबार ज्ञापन पत्र बुझाएका छन् । विश्व हिन्दु परिषद नेपालको अगुवाईमा आज प्रमुख जिल्ला अधिकार खगेन्द्र रिजाललाई ज्ञापन पत्र बुझाउँदै कडाभन्दा कडा कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले आफूलाई यस घटना बारे जानकारी हुने वित्तिकै सम्बन्धित व्यक्तिहरुलाई निर्देशन दिई कार्वाही प्रक्रिया अगाडी बढाएको बताएका छन् ।

ज्ञापनपत्र बुझाउँदै कानून व्यवसायी अधिवक्ता तथा हिन्दू स्वयं सेवक संघ भेरी विभाग संघ चालक रामकुमार दीक्षितले ४ बुँदे मांगहरु राखेका छन् ।

उक्त मांगहरुमा इलाका प्रहरी कार्यालय नरैनापुरका प्रमुख लगायत सम्पूर्ण प्रहरीलाई २४ घण्टा भित्र नरैनापुरबाट फिर्ता बोलाइयोस् ।, छानबीन गरी दोषी प्रहरी माथि कानून बमोजिम कारवाही गरियोस ।, नाबालकको भिडियो बनाई पोष्ट गरी सार्वजनिक गर्ने दुबै व्यक्तिलाई पक्राउ गरी कानून बमोजिम साईबर अपराध अन्तरगत मुद्दा दर्ता गरी कारवाही गरी सजाय गरियोस् । तथा मोहम्मद डे को अवसरमा सार्वजनिक स्थलमा बनाईएका गेट र लगाईएका झण्डा हालसम्म नहटाईएकोले तत्काल व्यवस्थापन गरियोस भनी मांग गरेका छन् ।

यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थिति न्यूरोडमा रहेको चिल्डे«न पार्कमा लगाईएको मिनि महोत्सवमा अश्लिल गानाहरु तथा जुवा खेलाई रहेको बारे ज्ञापन पत्र बुझाउँदै शिक्षक कृष्णादेवी पाण्डेले तत्काल सो कार्य बन्द गराई उचित व्यवस्थापन गराउनु हुन मांग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *