Wednesday, July 15सत्यम खबर
Shadow

आस्था

जीप दुर्घटना: दुई भारतिय नागरिक सहित ७ जनाको मृत्यु, ६ जान घाइते

जीप दुर्घटना: दुई भारतिय नागरिक सहित ७ जनाको मृत्यु, ६ जान घाइते

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
दार्चुला, ३० कार्तिक – दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ मा भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ भने ६ जना घाइते छन् । डिलासैनी गाउँपालिका ५ नगराउका अन्दाजी १६ वर्षीय सुजित बोहरा, शैल्यशिखर–९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए । प्रहरीका अनुसार रावलद्वय श्रीमान–श्रीमती हुन् । ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन् । भारत विजनोर मोभारपुरका ४५ वर्षिय मोहम्मद सकिर र १८ वर्षिय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए । एक जनाको भने सनाखत हुन बाँकी रहेको छ । घाइते ६ जनाको उपचारगोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका–६ मा दु...
मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ । आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराउनु भयो । अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो । ...
पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
सालीग्राम पाण्डे मितिः २०८१ कार्तिक २७ गते, मंगलबार नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान र हाकाहाकी पत्रकारहरूमाथि भौतिक आक्रमणका घटनाहरू हुने गरेका छन् । पत्रकारहरूलाई सुरक्षाको प्रत्याभूति दिने काम सरकार तथा सुरक्षानिकायको हो । लोकतान्त्रिक शासन व्यवस्थामा हतियार प्रयोग गरी तानाशाहीतन्त्र चलाउने छुट कसैलाई छैन । पत्रकारविरुद्ध सुरक्षानिकायबाट एकपछि अर्को भौतिक आक्रमणको घटना हुनुले पत्रकारजगत मर्माहत भएको छ । देशैभरी पत्रकारहरू भौतिक आक्रमणको त्रासदीपूर्ण अवस्था ब्यहोर्न बाध्य बनाइएका छन् । सार्वजनिक ठाउँमा डराएर समाचार सङ्कलन कार्य गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । संविधानप्रदत्त सार्वजनिक अभिव्यक्ति स्वत...
आइएचआरसीले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्दै

आइएचआरसीले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्दै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २७ कार्तिक – सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा दिने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्न लागेको हो । समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गर्ने आइएचआरसी संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनु भयो । उहाँका अनुसार १६ दिने अभियानमा विशेष गरि महिलाको कानूनी अधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गरिने छ । संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसंख्यक समुदायका नागरिकहरुको कानूनी प्रक्रिया अन्तर्गत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दा लगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी...
हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै

हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ कार्तिक – चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग ...
नेपालगन्जमा मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

नेपालगन्जमा मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २५ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले आज आईतबार नोभेम्बर १० अन्तर्राष्ट्रिय लेखा दिवसका दिन अन्तरक्रिया कार्यक्रम सन्चालन गरि मनाएको छ । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी लगायत अन्य सरोकारवालाहरु सहित करिब ४० जनाको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व पार्षद अबदुल करीम खान, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, लगायत वक्ताले लेखा पेशाको महत्व र यसको योगदानलाई स्मरण गर्दै लेखा व्यवसायीहरूले आफ्नो कार्यद्वारा अर्थतन्त्रको पारदर्शिता, विश्वसनियता र वित्तीय व्यवस्थापनमा ठुलो भूमिका खेलेका, लेखा भनेको केवल संख्याको गणना मात्र नभएर आर्थिक निर्णयको आधार पनि हो, जसले संस्थाहरूलाई आफ्नो वित्तीय अवस्थाको सही अवलोकन गर्न ...
तृप्ती खड्काको मन को मान्छे सार्वजनिक

तृप्ती खड्काको मन को मान्छे सार्वजनिक

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक - मन को मान्छे आजभोली बोल्न छोडेको छ भन्ने बोलको गित सार्वजनिक भएको छ । चर्चित गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नु भएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो ।...
नारायणगढ़ मुगलिन सडकखण्डमा दुर्घटना, ५ जनाको मृत्यु

नारायणगढ़ मुगलिन सडकखण्डमा दुर्घटना, ५ जनाको मृत्यु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, २३ कार्तिक - चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । मृत्यु हुने मध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। अन्य तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। दुर्घटनापछि उपचारका लागि लगिएका उनीहरू सबैको मृत्यु भरतपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ। ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा सवार यात्रुहरुको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ...
बाइक दुर्घटनामा एकको मृत्यू, एक गम्भिर घाइते

बाइक दुर्घटनामा एकको मृत्यू, एक गम्भिर घाइते

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक - नेपालगन्ज ४ बसपार्क बाईपास रोड मानसरोवर दोहोरी साँझ नजिक दूईवटा बाइक एक आपसमा ठोकिन्दा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा नेपालगन्ज ६ डेरा गरि बस्ने बर्ष २६ का अमनकुमार कसौंधन (गुप्ता) रहेका छन् भने नेपालगन्ज ११ बस्ने बर्ष १८ का एहसान शेख  गम्भिर घाइते भएका छन । घाइतेको उपचार नेपालगन्ज स्थित रहेको भेरी अञ्चल अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागी लखनऊ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले दिएकाे जानकारी अनुसार नेपालगन्ज उ.म.न.पा. ४ बसपार्क बाईपास स्थित बाईपासबाट गणेशपुर तर्फ जाँदै गएको चालक ऐ.ऐ. ११ सरदरलाईन बस्ने बर्ष २६ को अमनकुमार कसौधनले चलाएको भे ६ प ८०२ नं. को मो.सा. र बिपरित दिशाबाट आएको चालक ऐ.ऐ. ४ बस्ने बर्ष १८ को रोसन शेषले चलाएको ज ३ प ७१७१ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा दुबै मो.सा. चालक घाईते भई उपचारको लागी ...
दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

अवधी, आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १६ कार्तिक - शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नरैनापुर गा.पा. वडा नं. ५ मटेहिया बाँकेको आर्थिक सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको आयोजनामा "शुभकामना आदान प्रदान तथा पुरुष तर्फको खुल्ला कबड्डी प्रतियोगिता" सम्पन्न भएको छ । प्रतियोगितामा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया, श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी, श्री प्रगति युवा क्लब नरैनापुर-५ मटेहिया, श्री आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षणपुर, श्री सन्तानेश्वर युवा क्लब नरैनापुर -६ कोहला, श्री सागरमाथा युवा क्लब नरैनापुर-५ नयाँबस्ती गरी ६ वटा टीम प्रतिस्पर्धामा भाग लिएका थिए । खेल संचालन गर्न बाँकेका सुजनकुमार चौधरी मुख्य रेफ्री (प्राविधिक) मुकिम खाँ रेफ्रीको भुमिका निर्वाह गर्नु भएको थियो । नरैनापुर वडा नं. ५ मटेहियाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कबड्डी खेल परम्परादेखि खेल्दै आएको...