नेपालगन्ज, १८ कार्तिक – नेपालगन्ज ४ बसपार्क बाईपास रोड मानसरोवर दोहोरी साँझ नजिक दूईवटा बाइक एक आपसमा ठोकिन्दा एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा नेपालगन्ज ६ डेरा गरि बस्ने बर्ष २६ का अमनकुमार कसौंधन (गुप्ता) रहेका छन् भने नेपालगन्ज ११ बस्ने बर्ष १८ का एहसान शेख गम्भिर घाइते भएका छन ।
घाइतेको उपचार नेपालगन्ज स्थित रहेको भेरी अञ्चल अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागी लखनऊ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार नेपालगन्ज उ.म.न.पा. ४ बसपार्क बाईपास स्थित बाईपासबाट गणेशपुर तर्फ जाँदै गएको चालक ऐ.ऐ. ११ सरदरलाईन बस्ने बर्ष २६ को अमनकुमार कसौधनले चलाएको भे ६ प ८०२ नं. को मो.सा. र बिपरित दिशाबाट आएको चालक ऐ.ऐ. ४ बस्ने बर्ष १८ को रोसन शेषले चलाएको ज ३ प ७१७१ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा दुबै मो.सा. चालक घाईते भई उपचारको लागी नर्सिङहोम नेपालगंज बाँकेमा ल्याई डाक्टरले चेकजाँच गर्दा निज अमन कुमार कसौधनको २०;१० बजेको समयमा मृत घोषणा गरेको लास सोहि अस्पतालमा रहेको र रोसन शेषको मुख, आँखा र शरिरमा भित्री चोट अबस्था मध्यम, सामान्य उपचार पश्चात निजको आफन्तले थप उपचारको लागी भारतको लखनउ लिई गएको बताएका छन् ।