Wednesday, July 15सत्यम खबर
Shadow

आस्था

सिद्धबाबाको वार्षिकोत्सवमा १९ जनाले रक्तदान गरे

सिद्धबाबाको वार्षिकोत्सवमा १९ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर – सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजना, बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको सहकार्य तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रममा २ महिला सहित १९ जनाले रक्तदान गरेका छन् । आज शुक्रवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो । नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, सिद्धबाबा हार्डवेयर÷स्टार पोेलिपाइप प्रालिका सञ्चालक कमलकुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, केन्द्रका प्राविधिकद्वय होमराज गिरी र सोम प्रकाश सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिए...
प्रत्येक महिनाको १ तारिखमा रुपईडिहा बजार बन्द हुने

प्रत्येक महिनाको १ तारिखमा रुपईडिहा बजार बन्द हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – सीमान्त नगर पञ्चायत रुपईडिहाको बजार प्रत्येक महिनाको एक तारिखमा बन्द रहनेछ । उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डल रुपईडिहा इकाईले आयोजना गरेको बैठकमा व्यवसायीले हात उठाएर महिनाको पहिलो दिन बन्दको समर्थन गरेका छन् । रुपैडिहा नगर पञ्चायतका पार्षद तथा प्रख्यात व्यापारी रजा इमाम रिजवीले बन्द आफैमा एकताको प्रतीक भएको बताए । तपाईं आफ्नो लागि यो गर्नुहोस् । यसका धेरै दूरगामी परिणामहरू छन्, जुन तपाईं सबैको लागि लाभदायक छ । ट्रेड युनियनका पूर्व महासचिव जनाब रजा इमाम रिजवीले भने ‘यो नवगठित व्यापार सर्कल बिस्तारै अगाडि बढिरहेको छ, म विश्वस्त छु कि यो आफैमा सफल हुनेछ ।’ बैठकमा वरिष्ठ उपाध्यक्ष विजय जैसवाल, उपाध्यक्षद्वय खेसल फारुकी, श्याम अग्रवाल, संगठन मन्त्री मोहम्मद आलम, संरक्षक सन्दीप गुप्ता, अब्दुल मजिद र व्यापारी सइद अहमद र शाहिद हाश्मीले पनि सम्बोधन गर्दै व...
ब्याग सकुशल फिर्ता गरेपछि……

ब्याग सकुशल फिर्ता गरेपछि……

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ मंसिर – एक जना समाजसेवी तथा ईन्मादार ब्यक्तिले भारतीय ब्यापारीको हजारोंको कपडा सहित ब्याग सकुशल फिर्ता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१९ आलानगरका निवासी भोजराज शर्माले औषधी उपचारका लागी भारतको लखनऊ गएका थिए यही मंसीर ३ गते रातीको समयमा लखनउबाट फर्कने क्रममा भोजराज शर्माका साथमा भारत नानपाराका निवासी मारिया शूट कलेकसनका मालिक गुड्डू मारियासंगै बसमा आईरहेका थिए । नानपारा गुड्डू मारियाले आफ्नो घर नानपारामा झर्ने क्रममा भूलबस भोजराज शर्माको ब्याग आफू लगेर गएका थिए । घरमा पुगेपछि ब्यागमा शर्माको सम्पर्क नम्बर रहेको छ गुड्रडू मारियाले भोजराज शर्मालाई सम्पर्क गरी जिल्ला अदालत बाँके नेपालगन्जको गेटमा रहेका सुरक्षकर्मीको समक्ष सकुशल ब्याग र ब्यागमा रहेको २० हजार रुपैया बराबरको कपडा सहित मारियाले शर्माको ब्याग दिएर गुड्डू मारियाले आफ्नो ब्याग सकुशल फिर्ता मंसीर ...
स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पोखरा, ४ मंसिर - स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान गरिएको छ। गैह्रपाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा स्टेप बाई स्टेप मा.वि. का आश्रय भुषाल मिस्टर पोखरा चाईल्ड स्टार हुन सफल भएका छन् । ऋषभ रानाले इन्टेलेक्चुअल अवार्ड तथा प्राप्त गरे भने फस्र्ट रनर अप हुन सफल भए । कृष्मा जि.सी. मिस पोखरा चाईल्ड स्टार हुन सफल भएकी छन् । मञ्जिता खत्री सेकेण्ड रनर अप भईन् । यस्तै आर्या वराल एक्सप्रेसन क्वीन अवार्ड र थर्ड रनर अप भईन् । दिप्तिका गुरुङले मल्टि ट्यालेन्ट अवार्ड प्राप्त गरिन् भने उनी फस्र्ट रनर अप भईन् । रबिना विश्वकर्माले वेष्ट क्याट वाक अवार्ड प्राप्त गरिन् । एरीका आचार्यले मिस पपुलर अवार्ड प्राप्त गरिन् । जोत्सना वरालले फोटोजेनिक अवार्ड, ऋतुजा वरालले स्वीट स्माईल अवार्ड र गौरवी विकले मिस पं...
बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ मंसिर – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने बताएका छन् । रेडियो बागेश्वरी एफएमले शनिबार आयोजना गरेको “बागेश्वरी रन (मिनी म्याराथन) प्रतियोगिताको उदघाटन गर्दै मन्त्री अग्रवालले समय समयमा म्याराथन आयोजना गरिरहनु पर्नेमा जोड दिए । उनले रेडियो बागेश्वरी एफएमलाई सफलताको शुभकामना समेत दिएका थिए । रेडियो बागेश्वरी ९४.६ मेगाहर्जले आफ्नो २१ औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नाराका साथ म्याराथन सम्पन्न गरेको हो । म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थी सहभागी भएका थिए । म्यारथनमा छात्र तर्फ श्री महेन्द्र मावि नरैनापुरका अरविन्द यादव प्रथम भएका छन् । उनले १८ः३९ः७५ मिनटमा दौड पुरा गरेका थिए । यस्तै जनता ...
तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कीर्तिपुर, १ मंसिर – मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्। मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए। उनको चाहना पुरा गर्न मायाको पहिचान नेपालले जसपा नेपालको कार्यालयमा पुर्‍याएर उम्मेदवार बनाउन आग्रह गर्‍यो। हामी हनि र मौनीलाई लिए...
ब्रिनोजको प्रविधिक सहयोगमा ३४४ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

ब्रिनोजको प्रविधिक सहयोगमा ३४४ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – त्रिवेणी गाउँपालिका सल्यानको आर्थिक सहयोग तथा आयोजनामा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी ३४४ जनाको निःशुल्क कान जाँच गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क शिविरमा १७२ जना पुरुष तथा १७४ जना महिला गरी जम्मा ३४४ जनाको कान जाँच निःशुल्क विहिबार त्रिवेणी स्वास्थ्य चौकी, त्रिवेणी–६, लुहाम, सल्यानमा सम्पन्न गरिएको कान चेकजाँच वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो । आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा ३४४ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित ५१ जना, काने गुजि भएको ३८ जना तथा अप्रेसन रिफर १३ जना रहेको बताए । आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार निःशुल्क प्राथमिक कान उपचार शिविर २ दिनसम्म सञ्चालन गर...
नेपाल र भारतबीच धार्मिक– विकासमा कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका

नेपाल र भारतबीच धार्मिक– विकासमा कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, ३० कार्तिक – नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ । यी दुई देशका जनता बीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राख्छन् । यसै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारत बीचको धार्मिक–सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ । यसै अवसरमा नेपाल भारत खुला सिमा सम्बादले नेपाल भारतबाट आएका साधु सन्तहरुको लागी संस्थाको मधेस प्रदेश सहसंयोजक दिपक यादवको संयोजकत्वमा साधु सम्मान र भण्डाराको आयोजना गरिएको छ । करीब २५० को संख्यामा रहेको साधु सन्तहरुलाई च्युरा, दही, चिनी, तरकारी अंचारको भण्डारा (खाना) गरिएको थियो । कार्तिक पूर्णिमा र कमला नदी स्नानको महत्वको बारेमा बोल्दै संस्थाको केन्द्रिय अध्यक्ष राजीव झाले कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजा...
नेपाली कांग्रेसका भातृ संगठन नेपाल किसान महासंघको संगठन विस्तार

नेपाली कांग्रेसका भातृ संगठन नेपाल किसान महासंघको संगठन विस्तार

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – नेपाली कांग्रेस भातृ संगठन नेपाल किसान महासंघले विहिबार बिधिवत बृहत कार्यक्रम बिच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा र वडा नम्बर ४ मा महासंघले आफ्नो संगठन बिस्तार गरेको छ । कार्यसमिति गठन घोषणा कार्यक्रम उपस्थित नेपाली कांग्रेस जिल्लाका प्रभावशाली बक्ता नेताहरुमा महासमिति सदस्य निरञ्जनसिंह सिजापति, पुर्व प्रदेश माननीय मो. याकुब अन्सारी, संबिधान सभा सदस्य अब्दुल हमिद सिद्दीकी, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, महासमित सदस्य राजकुमार वर्मा, किसान महासंघ जिल्ला अध्यक्ष लाहुरम थारु, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, प्रदेश माननीय मिना सिद्धिकी बोहरा, प्रदेश माननीय माया पुन, नगर कावा. सभापति धनराज बर्मा लगायतले किसानका हकहित लगायतका सवाल र देशको जल्दोबल्दो आर्थिक अवस्था र कसरी किसान र कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कृषी र ...