दार्चुला, ३० कार्तिक – दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ मा भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ भने ६ जना घाइते छन् ।
डिलासैनी गाउँपालिका ५ नगराउका अन्दाजी १६ वर्षीय सुजित बोहरा, शैल्यशिखर–९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए । प्रहरीका अनुसार रावलद्वय श्रीमान–श्रीमती हुन् ।
ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन् । भारत विजनोर मोभारपुरका ४५ वर्षिय मोहम्मद सकिर र १८ वर्षिय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए । एक जनाको भने सनाखत हुन बाँकी रहेको छ । घाइते ६ जनाको उपचारगोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।