Thursday, June 12सत्यम खबर
Shadow

ब्रिनोजको प्रविधिक सहयोगमा ३४४ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

नेपालगन्ज, ३० कार्तिक – त्रिवेणी गाउँपालिका सल्यानको आर्थिक सहयोग तथा आयोजनामा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी ३४४ जनाको निःशुल्क कान जाँच गरिएको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क शिविरमा १७२ जना पुरुष तथा १७४ जना महिला गरी जम्मा ३४४ जनाको कान जाँच निःशुल्क विहिबार त्रिवेणी स्वास्थ्य चौकी, त्रिवेणी–६, लुहाम, सल्यानमा सम्पन्न गरिएको कान चेकजाँच वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो ।

आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा ३४४ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित ५१ जना, काने गुजि भएको ३८ जना तथा अप्रेसन रिफर १३ जना रहेको बताए ।

आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार निःशुल्क प्राथमिक कान उपचार शिविर २ दिनसम्म सञ्चालन गरिएको थियो । पहिलो दिन कार्तिक २८ गते बुधबार काभ्रा स्वास्थ्य चौकी त्रिवेणी–१ मा सञ्चालन गरिएको थियो भने कार्तिक २९ गते विहिबार त्रिवेणी स्वास्थ्य चौकी त्रिवेणी–६, लुहाममा सञ्चालन गरि समापन गरिनुका साथै बरिष्ठ कान सहायक चिकित्सक तिर्थमान थारुले र आफूले कान चेकजाँच गरेको बताए ।

आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न सदैव तत्पर रहेको तथा हामीसित सहकार्य गर्न कोही इच्छुक भए सम्पर्क गर्न समेत बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *