Wednesday, November 20सत्यम खबर
Shadow

ब्याग सकुशल फिर्ता गरेपछि……

नेपालगन्ज, ५ मंसिर – एक जना समाजसेवी तथा ईन्मादार ब्यक्तिले भारतीय ब्यापारीको हजारोंको कपडा सहित ब्याग सकुशल फिर्ता गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१९ आलानगरका निवासी भोजराज शर्माले औषधी उपचारका लागी भारतको लखनऊ गएका थिए यही मंसीर ३ गते रातीको समयमा लखनउबाट फर्कने क्रममा भोजराज शर्माका साथमा भारत नानपाराका निवासी मारिया शूट कलेकसनका मालिक गुड्डू मारियासंगै बसमा आईरहेका थिए ।

नानपारा गुड्डू मारियाले आफ्नो घर नानपारामा झर्ने क्रममा भूलबस भोजराज शर्माको ब्याग आफू लगेर गएका थिए । घरमा पुगेपछि ब्यागमा शर्माको सम्पर्क नम्बर रहेको छ गुड्रडू मारियाले भोजराज शर्मालाई सम्पर्क गरी जिल्ला अदालत बाँके नेपालगन्जको गेटमा रहेका सुरक्षकर्मीको समक्ष सकुशल ब्याग र ब्यागमा रहेको २० हजार रुपैया बराबरको कपडा सहित मारियाले शर्माको ब्याग दिएर गुड्डू मारियाले आफ्नो ब्याग सकुशल फिर्ता मंसीर ४ गते पाएपछि भोजराज शर्मालाई हृदय सहित धन्यावाद दिदैं यस्तो ब्यक्ति कम मात्रामा हुन्छ भनी बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *