नेपालगन्ज, ३० कार्तिक – नेपाली कांग्रेस भातृ संगठन नेपाल किसान महासंघले विहिबार बिधिवत बृहत कार्यक्रम बिच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा र वडा नम्बर ४ मा महासंघले आफ्नो संगठन बिस्तार गरेको छ ।
कार्यसमिति गठन घोषणा कार्यक्रम उपस्थित नेपाली कांग्रेस जिल्लाका प्रभावशाली बक्ता नेताहरुमा महासमिति सदस्य निरञ्जनसिंह सिजापति, पुर्व प्रदेश माननीय मो. याकुब अन्सारी, संबिधान सभा सदस्य अब्दुल हमिद सिद्दीकी, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, महासमित सदस्य राजकुमार वर्मा, किसान महासंघ जिल्ला अध्यक्ष लाहुरम थारु, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, प्रदेश माननीय मिना सिद्धिकी बोहरा, प्रदेश माननीय माया पुन, नगर कावा. सभापति धनराज बर्मा लगायतले किसानका हकहित लगायतका सवाल र देशको जल्दोबल्दो आर्थिक अवस्था र कसरी किसान र कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कृषी र किसानसंग जोडिएका समग्र क्षेत्र र व्यवसाय सुधारमुखी बनाउन कुनै किन्तु परन्तु नलागि पार्टी नेता कार्यकर्ता महासंघको छातामा आएर लागेर किसान र समग्र कृषिसंग सम्बन्धित क्षेत्रका बिषयमा सहयोगी भुमिकामा आउन आशयका साथ बक्ता नेताहरुले आह्वान गरेका छन ।
कार्यक्रममा किसान महासंघ जिल्ला सचिव महेन्द्र मल्ल, प्रदेश २ ख का उपसभापति सुभाष गुप्ता आर्य, किसान महासंघ जि. सदस्य राधा खडका नेप्रेयु. केन्द्रीय पार्षद कुन्तलराज शर्मा, क्षेत्र २ क्षेत्रीय सचिव प्रदीप साह, पुर्व जि. सह–सचिव कपिल पाठक, पुर्व जि.सदस्य पुरन सिंह ठकुरी, वडा ४ का जन प्रतिनिधि सलिम मुसलमान, वडा नम्बर ६ का महिला जनप्रतिनिधि संगिता रेग्मी, भूमि दमेनी, नगर सह–सचिव शरदराज अधिकरी, नगर सदस्य मञ्जु शाह, वडा ६ का सचिव दिलिप रेग्मी, वडा ४ कोषाध्यक्ष अस्मिता शाह महतरा, लगायत नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।
नेपाली कांग्रेस वडा कार्यसमिति सभापति क्रमशः ४/६ ठाकुरप्रसाद शर्मा, उपसभापति राम भारतीको सभापतित्वमा सम्पन्न भएकोछ ।
नेपाल किसान महासंघको वडा नम्बर ६ मा सगुन श्रेष्ठ को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र वडा नम्बर ४ मा महेन्द्र बिष्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति वडाका नेता कार्यकर्ताको सकृयतामा चयन प्रकृया बिधिवत सम्पन्न भएको छ भने युवराज शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।