Wednesday, July 15सत्यम खबर
Shadow

आस्था

आइएचआरसीद्वारा निःशुल्क कानूनी परामर्श सेवा शुरु

आइएचआरसीद्वारा निःशुल्क कानूनी परामर्श सेवा शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १० मसिंर – सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा शुरु गरेको छ । आज सोमबार २५ डिसेम्बरका दिन महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श सेवा शुरु गरेको हो । आज निशुल्क सेवा लिनेमा पहिलो सेवाग्राही बाँके जानकी गाउँपालिका वार्ड नं. ३ इन्द्रगाउँका ५० बर्षिया रसिदावानो बेहना हुनुहुन्छ । विपन्न महिला समेत रहनु भएका उहाँलाई जिल्ला अदालतमा मुद्दा दर्ताका लागि मिसिल तयार गरि सहयोग गरिएको छ । आज दिन भरी तीन जनालाई निशुल्क कानूनी सेवा प्रदान गरिएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनु भयो । उहाँका अनुसार समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गरिने छ । १६ दिने अभियानमा वि...
कलाकार कल्पना पौडेलको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया सम्पन्न

कलाकार कल्पना पौडेलको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – बाँकेको खजरामा रहेको कल्पना फाउन्डेसन नेपाल साहित्य विभागले पठन संकृतिको विकासको लागि कथाकार कल्पना पौडेल जिज्ञासुको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको पाँचौं कृति कचहरी कथासङ्ग्रहको पाठक प्रतिक्रिया ज्ञानोदय माध्यमिक विद्यालय खजुरामा सम्पन्न गरेको छ । फाउन्डेसनको साहित्य विभाग संयोजक लेकप्रसाद प्याकुरेलको अध्यक्षता र प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशिराम कार्की, खजुरा वडा नं ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारी, फाउन्डेसनकी संस्थापक अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा प्रज्ञा प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य माधव शर्मा, ज्ञानोदय नमूना माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मानबहादुर भण्डारी, ...
गौरव स्मृतिद्वारा निःशुल्क आँखा तथा कानको शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

गौरव स्मृतिद्वारा निःशुल्क आँखा तथा कानको शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – श्री १००८ हडिया बाबा आश्रममा आयोजना गरिएको साधुसन्त, भक्तजन तथा सर्वसाधारणहरूका लागी गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जना बिरामीहरु लभान्वित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–४ मा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ मा रहेको श्री १००८ हडिया बाबा आश्रममा निःशुल्क आँखा तथा कानको परीक्षणका गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ । नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज फुल्टेक्राको संयुक्त सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो । गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा आयोजना गरिएका निःशुल्क आँख...
चिनियाँ राजदूत सोङ र अध्यक्ष लिङ्देनबीच भेट

चिनियाँ राजदूत सोङ र अध्यक्ष लिङ्देनबीच भेट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका राजदूत चेन सङबीच भेटवार्ता भएको छ। शनिबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। यस्तै निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमण बीआआई परियोजना र पोखरा विमानस्थल लगायत विविध पक्षमा कुराकानी भएको थियो । खबरहब...
महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ मंसिर – महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत गणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महा विकास अघाडीबीच छ । महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) छन् । महाविकास अघाडी (एमभिए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसिपी) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्। प्रारम्भिक मतगणना अनुसार माहायुती गठबन्धन अन्तर्गत बिजेपीको १२४, शिवसेनाको ५५ र अजित पवार नेतृत्वको एनसीपी ३७ सीट गरी २१६ स्थानमा अग्रता कायम गरेका छन् । त्यसैगरी एनभिए गठबन्धन अनतर्गत काङ्ग्रेसको १९, शरदचन्द्र पवार नेतृत्वको एनसिपी १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना ९यूबीटी०ले २० सीट गरी ५२ स्थानमा अग्रत...
भारत रुसको वास्तविक साझेदारः राष्ट्रपति पुटिन

भारत रुसको वास्तविक साझेदारः राष्ट्रपति पुटिन

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ मंसिर – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई वास्तविक साझेदारको संज्ञा दिएका छन् । रुसको सोचीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले दशकौँदेखि भारत आफ्नो मुलुकको वास्तविक साझेदारका रुपमा रहेको टिप्पणी गरे । उनले भारतलाई बेलायती उपनिवेशबाट स्वतन्त्र बनाउन तत्कालीन सोभियत संघले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै हाल आएर दुई मुलुकबीच सबै क्षेत्रमा सहकार्य अभिवृद्धि भइरहेको बताए । रुसी समाचार संस्था तासका अनुसार राष्ट्रपति पुटिनले दुई मुलुकबीचको सम्बन्ध वर्तमानको यथार्थमा आधारित रहेको टिप्पणीसमेत गरे । उनले दुई मुलुकबीचको व्यापार ६० अर्ब डलर पुगेको उल्लेख गरे । डेढ अर्ब जनसङ्ख्या रहेको मुलुक भारत विश्वका शक्तिशाली मुलुकको सूचीमा आउने उनको भनाइ छ । नेपाल पाना...
चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ मंसिर – चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्य...
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ मंसिर – नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको छ । विहिबार बिहान नेपाली सेनाले जङ्गी अड्डामा द्विवेदीलाई 'गार्ड अफ अनर' ले सम्मान गरेको हो । बुधबार काठमाडौँ आएका सेनाध्यक्ष द्विवेदीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतल निवासमा आयोजित कार्यक्रममा सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरिदै छ । नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ । द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणको क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ क...
बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं

बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ मंसिर – नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने स्पष्ट गरेको छ । शुक्रबार कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलमा चीनको बीआरआई अन्तर्गतका परियोजना लिने तर ऋणमा भने लिन नसकिने स्पष्ट गरेको हो । छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैंले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगको कुराहरु उल्लेख भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताए । डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् । उनले भने- ‘हामीले बीआरआई हुँदैन भनेको छैनौं । मैले नै त्यसबेला समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र ...
भाजपा नेता विजय जालीको सम्बोधनसहित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्धबारे विशेष कार्यक्रम सम्पन्न

भाजपा नेता विजय जालीको सम्बोधनसहित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्धबारे विशेष कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ मंसिर – राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयद्वारा काठमाडौंमा आयोजित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । प्रमुख वक्ता भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जालीले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न सबै तहमा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाललाई हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको चर्चा गर्नुभयो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नुभएको थियो । संविधान सभा सदस्य भूपेन्द्र चौधरी राष्ट्रिय एकता अभियानमा प्रवेश गर्नुभएको कार्यक्रममा विशेष आकर्षण बनेको थियो । चौधरीलाई विजय जॉली र अभियानका अध्यक्ष विनय यादवले खादा ओ...