Wednesday, November 20सत्यम खबर
Shadow

नेपाल र भारतबीच धार्मिक– विकासमा कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका

जनकपुर, ३० कार्तिक – नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ । यी दुई देशका जनता बीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राख्छन् । यसै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारत बीचको धार्मिक–सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ ।

यसै अवसरमा नेपाल भारत खुला सिमा सम्बादले नेपाल भारतबाट आएका साधु सन्तहरुको लागी संस्थाको मधेस प्रदेश सहसंयोजक दिपक यादवको संयोजकत्वमा साधु सम्मान र भण्डाराको आयोजना गरिएको छ । करीब २५० को संख्यामा रहेको साधु सन्तहरुलाई च्युरा, दही, चिनी, तरकारी अंचारको भण्डारा (खाना) गरिएको थियो ।

कार्तिक पूर्णिमा र कमला नदी स्नानको महत्वको बारेमा बोल्दै संस्थाको केन्द्रिय अध्यक्ष राजीव झाले कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजापाठ गर्ने गरिन्छ । यस दिनलाई “देव दिवाली” पनि भनिन्छ । यो दिन गंगा, सरयू, यमुना, र नेपालका नदीहरूमा स्नान गर्ने परम्परा छ । जनकपुर क्षेत्रका श्रद्धालुहरूको लागि विशेषगरी कमला नदीमा स्नान गरेर पुण्य प्राप्त गर्ने मान्यता रहेको छ बताउनु यो अवसरमा कमला नदीको किनारमा मेला लाग्ने गर्छ, जहाँ नेपाल र भारतका बिभिन्न स्थानबाट आएका श्रद्धालुहरूले सामूहिक रूपमा स्नान गर्छन् ।

प्रदेश सह संयोजक दिपक यादवले नेपाल–भारत सम्बन्धमा कमला नदी स्नानको भूमिकाको बारेमा बोल्दै कमला नदी नेपाल र भारतको सीमामा पर्ने नदी हो । यसरी नेपाल र भारतका बासिन्दाले एकै स्थानमा स्नान गर्ने परम्पराले सांस्कृतिक आदान–प्रदानको अवसर सिर्जना गर्दछ । कार्तिक पूर्णिमाको यस विशेष स्नानमा दुवै देशका जनताबीचको आपसी मेलमिलाप, सद्भाव, र सहकार्यलाई प्रवर्द्धन गर्न योगदान गर्दछ भन्नू भयो ।

संस्थाका कार्यालय सचिब कृष्णकुमार साह नेपाल र भारतबीच धार्मिक– विकासमा पनि कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका रहेको छ । हरेक वर्ष मेला भर्न आउने हजारौं तीर्थयात्रीहरूले पर्यटन क्षेत्रलाई चलायमान राख्छन्, जसले स्थानीय व्यवसायलाई पनि मद्दत पु¥याउँछ । साथै, दुई देशका स्थानीय प्रशासनले यस पर्वलाई व्यवस्थित बनाउन सहकार्य गर्दै आएका छन्, जसले दुई देश बीचको प्रशासनिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छ बताउनु भयो ।

सतोखर घाट मंन्दिरको महन्त श्री शिव दयाल दास बाबाले कार्तिक पूर्णिमामा हुने कमला नदी स्नान केवल धार्मिक परम्परामा मात्र सीमित नभएर नेपाल–भारत सम्बन्धलाई अझ गहिरो बनाउन महत्त्वपूर्ण साधन बनेको छ । धार्मिक र सांस्कृतिक सहकार्यको प्रतीक यस पर्वले नेपाल र भारतका जनता बीचको ऐक्यतालाई प्रगाढ बनाउँदै लैजाने विश्वास गर्न सकिन्छ बताउनु भयो । उक्त कार्यक्रममा सबैला नपाको मेयर, वार्ड अध्यक्ष क्लोथ बैक नेपालको धनेश्वर ठाकुर लगायत स्थानीय भरभला आदमीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *