Friday, July 17सत्यम खबर
Shadow

आस्था

मिश्र र डा. राणालाई मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको: पूर्वअध्यक्ष राणा

मिश्र र डा. राणालाई मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको: पूर्वअध्यक्ष राणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, २९ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणालाई प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताएका छन् । ‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो । प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले शुक्रबार भने । हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नु पर्दछ, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने । चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पा...
प्राथमिक शिक्षा वर्गको ७ दिने प्रशिक्षण कार्यक्रम समापन

प्राथमिक शिक्षा वर्गको ७ दिने प्रशिक्षण कार्यक्रम समापन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ चैत – हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेद्वारा आयोजना गरिएको ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रम आज समापन गरिएको छ । ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रममा बाँके र बर्दिया गरी जम्मा ६३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई देशमा रहेको ऐतिहासिक धरोहर, धर्म सांस्कृतिका साथै मौलिक जीवनमा अनुशासित भई आफूलाई कसरी समाज र देश विकासमा लगाउन सकिन्छ भन्ने ज्ञान दिईएको आयोजकद्वारा जनाईएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, विशिष्ट अतिथि पूर्व मन्त्री सर्वदेव ओझा, प्रदेश संघ प्राभारी अधिवक्ता रामकुमार दिक्षीतलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संघ प्रचारक बिपुल दाहाल, ध्रुबराज शर्मा, जिल्ला संघ चालक अध्यक्ष फुलचन्द्र तिवारीको सहभागितामा कार्यक्रम समापन गरिएको थियो । ...
साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २९ चैत – नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वलीले गत चैत २७ र २८ गते आएको हावाहुरी तथा पानीले बाँके जिल्लामा रहेका ६० बढी ईट्टा उद्योगहरु मध्ये आधा भन्दा धेरै ईट्टा उद्योगहरुमा नोक्सानी भएको बताउनु भयो । अध्यक्ष वलीले विभिन्न ठाउँमा रहेका ईट्टा उद्योगीहरुबाट संकलन गरिएको तथ्यांक अनुसार करीब–करीब १ करोड ५० लाख काँचो ईट्टा नोक्सानी भएको बताउँदै सोको अनुमानित मूल्य जोड्दा करीब ५ करोड ५० लाख बराबर नोक्सानी भएको बताउनुभयो । अध्यक्ष वलीका अनुसार श्रद्धा ईट्टा उद्योग, चाचा ईट्टा उद्योग, चाँद ईट्टा उद्योग, देउती ईट्टा उद्योगलगायत ३० बढी ईट्टा उद्योगहरुद्वारा तयार गरिएको कच्चा पदार्थमा हावाहुरी तथा पानीले नोक्सानी भएको बताए । एउटा काँचो ईट्टा तयार गर्दा करीब–करीब ५ रुपैयाभन्दा बढी खर्च लाग्ने गरेको बताईएको छ । सोमा प्रयोग हुने माटो, पानी, मजदुरीलगायत...
लुम्बिनी कपमा विभागीय टिम सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

लुम्बिनी कपमा विभागीय टिम सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ चैत – लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो । बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने छन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्...
शतक रक्तदाता कर्माचारीले गरे १८२ औं पटक रक्तदान

शतक रक्तदाता कर्माचारीले गरे १८२ औं पटक रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ चैत – नेपाल स्वयंसेवी रक्तदाता समाज के केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्m्नो नियमित रक्तदान कार्यलाई चैत्र २६ गते मंगलवार स्याङ्जा जिल्ला अस्पताल, पुतलीबजारमा १८२ औं पटकको रक्तदान गर्नु भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव बिशाल अर्यालद्वारा सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा रक्त सञ्चार सेवाका प्रमुख साजन सापकोटाको आतिथ्यता एवं प्राबिधिक सहयोगमा रक्तदान गर्नु भएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाको विशेष संयोजनमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष राईले छैटौं पटक रक्तदान गर्नु भएको थियोे ।...
कविता

कविता

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
जि शाह कोशिश गर अवश्य हल निस्किन्छ आज नभएं पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ मेहनत गर फूललाई पानी देऊं सुक्खामा पनि फेरि फल निस्किन्छ तागत जुटाउं हिम्मतलाई आगो देऊं कमजोरको पनि फेरि बल निस्किन्छ शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर समुन्दरबाट पनि त गंगाजल निस्किन्छ कोशिश गर्दै जाऊं केहि गर्दै जाऊं जे रोकेको छ अहिले भइ निस्किन्छ कोशिश गर अवश्य हल निस्किन्छ आज नभएं पनि भोलि निस्किन्छ (पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जि शाह हो ।)...
निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ३२ जना नरैनापुरवासी लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ३२ जना नरैनापुरवासी लाभान्वित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ चैत – गोपाल नीना फाउण्डेशनले नरैनापुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ३२ जना लाभान्वित भएका छन् । नरैनापुर गाउँपालिका वडा नं.३ मा सम्पन्न उक्त शिविरमा सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् । फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरबाट ५ सय ३२ जनाको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सहित निःशुल्क आषधि वितरण गरिएको थियो । शिविरमा ५९ प्रकारका ओैषधी सहित स्वास्थ्य सेवा लिएको फाउण्डेसनका प्रबन्धक निर्देशक दिलिप गिरिले बताउनु भयो । निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव, डा. हिमाँशु कर्म...
ब्रिटिश स्कुलमा कक्षा १० का विद्यार्थीलाई बिदाई

ब्रिटिश स्कुलमा कक्षा १० का विद्यार्थीलाई बिदाई

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ चैत – ब्रिटिश इङ्लिस बोर्डिङ स्कुल नेपालगन्जले कक्षा १० का विद्यार्थीहरूलाई एक भव्य समारोहका साथ बिदाई गरेको छ । नेपालगन्ज बाइपासस्थित माउरी होटलमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो अग्रज दाजु दिदीहरूलाई स्नेहपूर्वक बिदाई गरे । कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थी जयन्द्र शाहीले विद्यालयले आफूहरूलाई जीवनको वास्तविक बाटो देखाएको बताउँदै भने प्रत्येक शुक्रबारका अतिरिक्त क्रियाकलापहरू अत्यन्त उपयोगी थिए । ती कार्यक्रमहरूले हाम्रो नेतृत्व, आत्मविश्वास र व्यवहारिक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । त्यस्तै दक्षिणा शाहीले विद्यालयले आफूलाई धेरै कुरा सिकाएको बताउँदै भनिन्, यहाँ सिकेका सिकाईहरू मैले जीवनभर लागू गर्नेछु । ब्रिटिश स्कुलले मलाई धेरै कुरा सिकायको वताईन् । विद्यालयका प्रधानाध्यापक हेमन...
राजनैतिक परिवर्तन त भयो तर ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन !

राजनैतिक परिवर्तन त भयो तर ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन !

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता
मितिः २०८१ चैत २४ गते, आईतबार सागर रावल हाम्रो देशमा छोटो समयमा धेरै राजनैतिक परिवर्तनहरु भए । राजनैतिक परिवर्तनसँगै देशमा सामाजिक, आर्थिक, शैक्षिक स्तरमा पनि उल्लेख्य सुधार हुनेछ । देशमा ठूला उद्योग तथा कलकारखानाहरु खुल्नेछन् । जनताको जिबनस्तरमा सुधार हुनेछ भन्ने धेरै नेपालीहरुको चाहना थियो । बिडम्बना देशमा राजनैतिक परिवर्तन त भयो तर राज्य संचालन गर्ने जिम्मेवार ब्यक्तिहरुको आचरणमा परिवर्तन हुन सकेन । राज्य संचालनको जिम्मा लिएर बसेकाहरुको राज्य संचालनका लागि चाहिने स्पष्ट नीति, दुरदर्शिता, शिप, क्षमता र कौशलताको सिमितता हो वा निहित स्वार्थका कारण नेपालमा बिगतमा भएका साना, मझौला तथा ठुला उद्योग तथा कलकारखानाहरु बन्द भए । राजनैतिक कर्मीहरुको सत्ता प्राप्तिका लागि सधैको खिचातानी, राजनैतिक कलह, राजनैतिक अस्थिरता र निहित स्वार्थका कारण नेपालका अधिकांश उद्योग, कलकारखाना, संघ संस्थाहर...
गौरव स्मृतिद्वारा मनाईयो ईद, होली तथा नव वर्षको शुभकामना आदान–प्रदान

गौरव स्मृतिद्वारा मनाईयो ईद, होली तथा नव वर्षको शुभकामना आदान–प्रदान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत – गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन नेपाल बाँकेद्वारा शनिबार भब्य रुपले ईदुल फित्र (ईद), होली तथा आउन लागेको नव वर्ष २०८२ को शुभ–कामना आदान–प्रदान कार्यक्रम मनाईएको छ । गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनद्वारा प्रत्येक वर्ष केही नयाँ गर्ने उद्देश्यका साथ यस वर्ष सद्भाव झल्कीने तथा हिन्दु, मुस्लीम, शिख, ईशाई सबै भाई भाई भन्ने उद्देश्य लिई ईद, होली तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम मनाईएको संरक्षक प्रदीप शाहले बताउनुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै निरंजन सिंह सिजापतिले आम नागरिक होस व राजनीतिक दलका नेता, कार्यकर्ता सद्भावको आलाप रटान गरेर मात्र सद्भाव कायम हुँदैन, त्यसको लागि मञ्चमा बोलिएको भनाईलाई आत्मसाथ गरिनु पर्ने आवश्यक रहेको बताउँदै म आफै पनि मोहर्रमको बेला ढोल बजाउने गरेको बताउनुभयो । कार्यक्रममा सत्यमखबर डटकमका सञ्चालक ...