Saturday, April 26सत्यम खबर
Shadow

गौरव स्मृतिद्वारा मनाईयो ईद, होली तथा नव वर्षको शुभकामना आदान–प्रदान

नेपालगन्ज, २४ चैत – गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन नेपाल बाँकेद्वारा शनिबार भब्य रुपले ईदुल फित्र (ईद), होली तथा आउन लागेको नव वर्ष २०८२ को शुभ–कामना आदान–प्रदान कार्यक्रम मनाईएको छ ।

गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनद्वारा प्रत्येक वर्ष केही नयाँ गर्ने उद्देश्यका साथ यस वर्ष सद्भाव झल्कीने तथा हिन्दु, मुस्लीम, शिख, ईशाई सबै भाई भाई भन्ने उद्देश्य लिई ईद, होली तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम मनाईएको संरक्षक प्रदीप शाहले बताउनुभयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै निरंजन सिंह सिजापतिले आम नागरिक होस व राजनीतिक दलका नेता, कार्यकर्ता सद्भावको आलाप रटान गरेर मात्र सद्भाव कायम हुँदैन, त्यसको लागि मञ्चमा बोलिएको भनाईलाई आत्मसाथ गरिनु पर्ने आवश्यक रहेको बताउँदै म आफै पनि मोहर्रमको बेला ढोल बजाउने गरेको बताउनुभयो ।

कार्यक्रममा सत्यमखबर डटकमका सञ्चालक चन्द्रेश्वरराज त्रिपाठीले शुभ–कामना मन्तब्य व्यक्त गर्दै गौरव स्मृतिले गर्दै आएको कार्यहरु, निःशुल्क स्वास्थ्य सेवा, गरीबहरुको आर्थिक सुधारका कार्यक्रम लगायत कार्यहरु सराहनीय रहेको बताउनुभयो ।

 

गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीप शाहले गौरव स्मृतिले विगत वर्षदेखि नै जिल्लाका विभिन्न पालिकाहरु, वडाहरुमा निःशुल्क स्वास्थ्य शिविर, आँखा जाँच शिविर, कान जाँच शिविर, गरिब असहायकहरुको आर्थिक स्तर बृद्धि लगायतको कार्य गर्दै आईरहेको बताउँदै ईद, होली तथा नव वर्ष २०८२ को शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा गौरव स्मृतिका शुभकामना हरिश गुप्ताले गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले विगतदेखि गर्दै आईरहेको कार्यहरुको सराहना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथिहरु सद्भाव समितिका दिपक राजपुत, राजनीतिकर्मी अक्बर खाँ, बाबु हल्वाई, साहित्यकार मेराज हिमालय, कलाकार जिनु हल्वाई, जनप्रतिनिधि मो. सलिम मुसलमान, उत्तमसिंह सिजापति, मिथिला सेवा समाजका अध्यक्ष राम लोचन शाह, गैर सरकारी संस्था बाँके सदस्य ताराप्रसाद खत्री, सञ्चारकर्मी, चन्द्रेश्वरराज त्रिपाठी, टंक रेग्मी, अनिश शाह, प्रेम एसके, दैलेखी समाजका अध्यक्ष पूर्णदेव गिरी, इन्जिनियर बेलायत शाह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गौरव स्मृतिका सदस्य अनन्त कँडेलले गरेका थिए भने समापन अध्यक्ष मधु शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *