Saturday, April 26सत्यम खबर
Shadow

ब्रिटिश स्कुलमा कक्षा १० का विद्यार्थीलाई बिदाई

नेपालगन्ज, २५ चैत – ब्रिटिश इङ्लिस बोर्डिङ स्कुल नेपालगन्जले कक्षा १० का विद्यार्थीहरूलाई एक भव्य समारोहका साथ बिदाई गरेको छ । नेपालगन्ज बाइपासस्थित माउरी होटलमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो अग्रज दाजु दिदीहरूलाई स्नेहपूर्वक बिदाई गरे ।

कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थी जयन्द्र शाहीले विद्यालयले आफूहरूलाई जीवनको वास्तविक बाटो देखाएको बताउँदै भने प्रत्येक शुक्रबारका अतिरिक्त क्रियाकलापहरू अत्यन्त उपयोगी थिए । ती कार्यक्रमहरूले हाम्रो नेतृत्व, आत्मविश्वास र व्यवहारिक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

त्यस्तै दक्षिणा शाहीले विद्यालयले आफूलाई धेरै कुरा सिकाएको बताउँदै भनिन्, यहाँ सिकेका सिकाईहरू मैले जीवनभर लागू गर्नेछु । ब्रिटिश स्कुलले मलाई धेरै कुरा सिकायको वताईन् ।

विद्यालयका प्रधानाध्यापक हेमन्तराज काफ्लेले बिदाईलाई नयाँ सुरुवातको रूपमा लिनुपर्ने जोड दिँदै भने यो बिदाई होइन भविष्यको सुनौलो ढोका खुल्ने क्षण हो । मिहिनेत, अनुशासन र लगनशीलताले मात्र उज्ज्वल भविष्य सम्भव हुन्छ । आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहनुहोस् भबिस्य उज्यालो छ भने ।

विद्यालयका अध्यक्ष निरज शाहले आफ्नो मन्तव्य दिंदै भने यो केवल बिदाई कार्यक्रम होइन जीवनको नयाँ यात्रा सुरू गर्ने समय हो । हाम्रो विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक जीवनमा उपयोगी शिक्षा र अनुशासन प्रदान गरेको छ । तपाईंहरू जहाँ गए पनि ब्रिटिश स्कुल सधैं तपाईंहरूको साथमा रहनेछ । उनले कक्षा ९ का विद्यार्थीहरूलाई पनि मिहिनेत गर्न र पढाइलाई जीवनको सबैभन्दा ठूलो साथी ठान्न सुझाव दिए ।

कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै कार्यक्रमलाई झनै रमाइलो बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *