
नेपालगन्ज, २७ चैत – नेपाल स्वयंसेवी रक्तदाता समाज के केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्m्नो नियमित रक्तदान कार्यलाई चैत्र २६ गते मंगलवार स्याङ्जा जिल्ला अस्पताल, पुतलीबजारमा १८२ औं पटकको रक्तदान गर्नु भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव बिशाल अर्यालद्वारा सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा रक्त सञ्चार सेवाका प्रमुख साजन सापकोटाको आतिथ्यता एवं प्राबिधिक सहयोगमा रक्तदान गर्नु भएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाको विशेष संयोजनमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष राईले छैटौं पटक रक्तदान गर्नु भएको थियोे ।