Friday, April 25सत्यम खबर
Shadow

प्राथमिक शिक्षा वर्गको ७ दिने प्रशिक्षण कार्यक्रम समापन

नेपालगन्ज, २९ चैत – हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेद्वारा आयोजना गरिएको ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रम आज समापन गरिएको छ ।

७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रममा बाँके र बर्दिया गरी जम्मा ६३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई देशमा रहेको ऐतिहासिक धरोहर, धर्म सांस्कृतिका साथै मौलिक जीवनमा अनुशासित भई आफूलाई कसरी समाज र देश विकासमा लगाउन सकिन्छ भन्ने ज्ञान दिईएको आयोजकद्वारा जनाईएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, विशिष्ट अतिथि पूर्व मन्त्री सर्वदेव ओझा, प्रदेश संघ प्राभारी अधिवक्ता रामकुमार दिक्षीतलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघ प्रचारक बिपुल दाहाल, ध्रुबराज शर्मा, जिल्ला संघ चालक अध्यक्ष फुलचन्द्र तिवारीको सहभागितामा कार्यक्रम समापन गरिएको थियो ।

सहभागी प्रशिक्षार्थीहरुलाई ७ दिनमा सिखाईएको अभ्यास गराईनुका साथै सूर्य नमस्कार, व्यापाम लगायतको कला प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *