Friday, July 17सत्यम खबर
Shadow

आस्था

जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत – शिखा एकेडेमी कोहलपुरले नेपालगन्ज पौडी क्लब नेपालगन्जको समन्वयमा आयोजना गरेको प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आफैले जितेको छ । कोहलपुर–८ पिपरी (नयाँ बस्ती)स्थित शिखा एकेडेमीकोे पौडी पोखरीमा भएको प्रतियोगिताको २९ इभेन्टमा आयोजक शिखाले ६६ अंक ल्याएर उपाधि जितेको होे । नेपालगन्जको स्प्रिङ डेल स्कुुल ४४ अंक ल्याएर दोस्रो र १७ अंक ल्याएर आदर्श माध्यमिक विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा बाँके जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहे पनि ७ वटा विद्यालयले मात्र स्वर्ण जितेका थिए । प्रतियोगितामा सर्वाधिक ५ वटा स्वर्ण पदकका विजेता सुशान्त बोहोरालाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो । खेलाडी बोहोराले आफूले स्पर्धा गरेका ५ वटै इभेन्टमा स्वर्ण पदक जितेका थिए । नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, नेपालगन्ज पौडी क्लबका अ...
नेपाली नागरिकलाई राजाले के दिएनन् ?

नेपाली नागरिकलाई राजाले के दिएनन् ?

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
ई.चिरञ्जीवी भटराई मितिः २०८१ चैत २४ गते, आईतबार नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका जति पनि बाटो, बिजुली, विद्यालय, विश्वविद्यालय, लोकसेवा आयोग, बिज्ञान प्रबिधि केन्द्र तथा अस्पताल औषधि, उद्योग, निर्माण सामग्री उद्योग, प्रहरी संगठन, सेना संगठन, बायुसेवा निगम, रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रकारिता, कला संस्कृति संगठन, नाचघर, प्रज्ञाप्रतिस्ठान, समाज कल्याण परिषद, महिला आयोग, संयुक्त रास्ट्रसंघमा सदस्य सार्क अन्तरास्ट्रिय सम्बन्ध, समाचार समिति, टेलिफोन, कृषि तालिम केन्द्र, सिंचाइ कुलोलगायत हरेक बिकासका एकएक पूर्वाधारहरु सबै राजसंस्थाले निर्माण गरेका हुन् । इतिहासको हरेक कालखण्डमा बिदेशी हस्तक्षेप, बिदेशी अतिक्रमण, बिदेशी आक्रमण र बिदेशी दु...
युवा अभियन्ता सन्तोषको साथमा सत्यमखबर

युवा अभियन्ता सन्तोषको साथमा सत्यमखबर

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८१ चैत २४ गते, आईतबार नेपालमा २४० वर्षको राजतन्त्र समाप्ती पछि आएको गणतन्त्रमा हाल आम सर्वसाधारण नेपाली जनता निराश हुनुको कारण, व्यप्त रहेको भ्रष्टाचार, हिन्दू राष्ट्रको चाहना लगायत विषयमा युवा अभियन्ता सन्तोष सिलवालसंग गरिएको संक्षिप्त अन्तरवार्ता प्रश्नः तपाईं किन राजतन्त्रलाई समर्थन गर्नुहुन्छ ? उत्तरः म राजतन्त्रलाई समर्थन गर्छु किनभने नेपालमा राजसंस्था मात्रै यस्तो संस्था हो, जसले देशमा स्थिरता, राष्ट्रिय एकता, र सुशासन कायम गर्न सक्छ । लोकतान्त्रिक व्यवस्था आएपछि नेपालमा बारम्बार सरकार परिवर्तन भएको छ, जसका कारण दीर्घकालीन विकासको खाका नै बन्न सकेको छैन । राजसंस्थाको पालामा नीति स्थिर थियो, सरकार निरन्तरता पाउँथ्यो, र विदेशी हस्तक्षेप कम थियो । तर गणतन्त्रको आगमनपछि, राजनीतिक अस्थिरता बढ्दै गयो, भ्रष्टाचार मौलायो, अनि राष्ट्रिय स्वाभिमान कमजोर बनाइयो । प्रश्नः गणत...
टुकी प्रज्ञालयकाे ८ ओैं वार्काेेत्सस सम्पन्न

टुकी प्रज्ञालयकाे ८ ओैं वार्काेेत्सस सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ चैत - नेपालगन्जमा अवस्थित मेरो टुकी प्रज्ञालय स्कुलले आफ्नो ८ औं वार्षिकोत्सव शनिवार विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव समारोहमा बालबालिकाले विभिन्न नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए । १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षिका मनिषा परियारले गरेकी थिइन् । समारोहमा कक्षा १ सम्मका १६ जना बालबालिकाले सितोरियो कराँतेका विविध काँता प्रदर्शन गरेका थिए । प्रज्ञालयमा कराँते प्रशिक्षक सकिल राइनले प्रशिक्षण दिन्छन् । समारोहमा शैक्षिक सत्र २०८१ सालमा विविध विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरिएको थियो । प्रज्ञालयले प्रोफेसर हावर्ड गार्डनरले प्रतिपादन गरेको ८ बहुवौद्धिक क्षमताका आधारमा हरेक बालबालिकालाई मन्चमा बोलाई सम्मानित र पुरस्कृत गर्ने गरेको संचालक प्रिन्सिपल कल्पना शर्माले बताइन् । प्रज्ञालयले हरेक बालबालिकालाई समान व्यवहार गर...
नागरिक विद्रोत २०८१ पोखराबाट थालनी

नागरिक विद्रोत २०८१ पोखराबाट थालनी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, २२ चैत – आठबुँंदे मागसहित नागरिक विद्रोह २०८१ पोखराबाट थालिएको छ । सम्पूर्ण आर्थिक, सामाजिक, राजनैतिक वेथितिको विरुद्ध बृहत आन्दोलन भन्दै आन्दोलन थालिएको हो । नागरिक विद्रोह २०८१ को आह्वानमा विद्रोह थालिएको हो । आन्दोलनले किरात, बौद्ध र हिन्दु सहितको वैद्धिक सनातन हिन्दु अधिराज्य, राष्ट्र र राष्ट्रियताको अभिभावकत्वका निम्ति संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित शक्तिशाली प्रधानमन्त्री, स्थानीय तह दल विहिन हुनुपर्ने, सम्पूर्ण भ्रष्टचारका काण्डहरुको छानविन, गाजा अगरउड, रक्तचंदन, श्रीखण्ड लगायतका जडिबुटी तथा बनस्पतिको वैधानिकता तथा व्यावसायीक उत्पादन, वास्तविक किसानलाई किसान कार्ड तथा कृषिलाई आत्मनिर्भर बनाउन कृषि सेना र सम्पूर्ण वित्तिय समस्याहरुको समाधानको आठवुँंदे माग अगाडि सारेको छ । मंसिर २६ गते पोखराबाट सुरु भएको आन्दोलनको क्रममा अहिले केही समयपछि निर्णायक आन्...
प्याब्सन बाँकेद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

प्याब्सन बाँकेद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ चैत – बाँके जिल्लाका संस्थागत विद्यालयका प्रिन्सिपलहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न बर्दियामा दुई दिने प्रिन्सिपल लिडरशिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा ठाकुरद्वारास्थित बबई रिसोर्टमा सञ्चालित यस तालिमको दोस्रो दिन वातावरण संरक्षणलाई प्रोत्साहन गर्न वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, वरिष्ठ उपाध्यक्ष सरद चन्द्र रावल, लुम्बिनी प्रदेश सल्लाहकार ऋषिकेश जिसी, प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्र आचार्य, प्याब्सन नेपालगन्ज नगर अध्यक्ष मानबहादुर थापा, संरक्षणकर्मी दीप शाही लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले बबई रिसोर्ट परिसरमा सिटलचिनी, कल्की, रिठ्ठा र पीपलका बिरुवा रोप्दै वातावरण जोगाउनु हरेक नागरिकको कर्तव्य भएको उल्लेख गरे । ...
कृष्णसार एफएमद्वारा रक्तदान आयोजना

कृष्णसार एफएमद्वारा रक्तदान आयोजना

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २१ चैत – कृष्णसार एफएम ९४ मेगाहर्जले १६ औं बार्षिकोत्सवको अवसर पारेर विहीवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमममा रेडियोका कार्यकारी प्रमुख तुला अधिकारी, समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष माधवराज अधिकारी, सचिव साबित्री गिरी, कोषाध्यक्ष राकेशकुमार मिश्र, सदस्य योगराज चौधरीले रक्तदान गर्नुभयो । यस्तै रेडियोमा कार्यरत कुशल विश्वकर्मा, नेपाल स्वयंमसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाह, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्वास्थ्य इन्चार्ज भागीराम चौधरी, स्वास्थ्यकर्मी धर्मेन्द्र सिंह, नेपालगन्जका रिनु खत्री र लक्ष्यबहादुर विश्वकर्मा लगायत एक दर्जनले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई रेडियोका कार्य...
लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछः कप्तान एन्जिला

लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछः कप्तान एन्जिला

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ चैत - नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सुरुआत हुुनु खुसीको कुरा भएको बताउनु भयो । आफ्नो जीवनीमा आधारित फिल्म ‘एन्जिला’को प्रमोसन गर्न नेपालगन्ज आएकी एन्जिलाले बुधबार यहाँका महिला खेलाडीहरु भेटनु भएको थियो । एन्जिलाले भन्नु भयो,‘नेपालगन्जमा महिला फुटबल हुनु खुसी कुरा हो । प्रतियोगिताले धेरै महिला खेलाडीलाई खेल्ने अवसर दिनेछ । महिलाको प्रतियोगिता नेपालमा धेरै कम हुने गरेको छ । यस्तो अवस्थामा महिला फुटबल हुनु सुखद कुरा हो । प्रतियोगिता सफलताको कामना गर्दछु ।’ खेलकुदको क्षेत्रमा धेरै जनाले निराशाजनक कुरा गर्ने गरेको बताउँदै कप्तान एन्जिलाले आफनो लक्ष्य अनुसारको काम गर्न सक्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘फुटबल क्षेत्रमा पनि धेरै अभाव होला । तर मैले मेरो रुचीले फुटबल खेल...
रवीन्द्र मिश्र, धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा

रवीन्द्र मिश्र, धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
४१ जनालाई बनाइयो प्रतिवादी, १० दिन म्याद थप गर्न माग काठमाडौं, १७ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्य विरूद्धको कसुरमा म्याद थप गरिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्य विरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद माग गरेको सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले सेतोपाटीलाई जानकारी दिए। बाँकी ३० जनाविरूद्ध छुट्टै मुद्दामा अनुसन्धान गर्ने तयारी छ। चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो। प्रसाईंको प्रदर्शनला...
विकास निर्माण कार्यमा अध्यक्ष दीपक बर्माद्वारा धमाधम शिलान्यास

विकास निर्माण कार्यमा अध्यक्ष दीपक बर्माद्वारा धमाधम शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ चैत – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले यस सातामा मात्रै करोड बढीका विकास निर्माण कार्यका योजनाहरु धमाधम शिलान्यास गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ अन्तर्गत रहेको शिवशक्ति टोलमा आज आईतबार ३० लाखको लागतमा आरसीसी नालासहितको सडक स्तरउन्नतिका लागि शिलान्यास गरेका छन् । सडक स्तरउन्नतिका लागि २ सय १४ मिटर लामो आरसीसी नालासहितको सडक ३० लाख बजेट बिनियोजित गरी बनाउन लागेको अध्यक्ष बर्माले बताउनुभयो । अध्यक्ष बर्माले दिएको जानकारी अनुसार यसै सातामा देउतादिन माध्यमिक विद्यालयको आठकोठे भवनमा करीब ७८ लाख बराबरको निर्माण कार्य थालनी गरिनुका साथै आज ३० लाखको लागतमा आरसीसी नालासहितको सडक स्तरउन्नति गर्न लागिएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष बर्माले प्रत्येक वर्ष झै यस वर्षपनि विकास निर्माण क...