नेवाः मिसा दबूद्वारा नील सागरलाई सरसफाई सामान हस्तान्तरण
नेपालगन्ज, २८ फागुन – महाशिवरात्री पर्वको अवसरमा नेवाः मिसा दबू जिल्ला कार्यसमिति बाँकेले स्थानीय नील सागर वृद्धाश्रमलाई सरसफाईका सामाग्री तथा खाद्य वस्तुहरु हस्तान्तरण गरेको छ । आश्रममा आयोजित एक कार्यक्रमका वीच नेवाः मिसा दबू जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष शोभा श्रेष्ठले उक्त सामाग्रीहरु नील सागरका अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा साबुन, फिनाइल, हर्पिक, कुचो, बाल्टी, मग, सानिटाइजर, मास्क लगायत आश्रम र शौचालयको सरसफाई तथा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री लगायत खाद्य सामाग्रीहरु रहेका छन् ।कार्यक्रममा नेवाः देय दबू जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले मानव सेवा नै सर्वोत्कृष्ठ सेवा हो भन्दै आजकल जन्मदिन र अन्य व्यक्तिगत उत्सवका लागि होटेलमा गर्ने फजुल खर्च आश्रममा आएर आश्रमलाई सह...









