Thursday, June 18सत्यम खबर
Shadow

आस्था

अन्जनी माता रसोईलाई भट्टराईको सहयोग

अन्जनी माता रसोईलाई भट्टराईको सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – सहयोगी मनका धनीहरुलाई पनि सहयोगको लागि विभिन्न बहाना चाहिन्दो रहेछ, कसैले जन्मदिनको नाममा, कसैले आमाबुवाको नाममा, कसैले छोराछोरीको नाममा सहयोग गर्ने गरेका छन् । यस्तो सहयोगी हातहरुलाई म सलाम गर्छु, भनी अन्जनी माता रसोई घरका सञ्चालक जितेन्द्रसिंह ठाकुरले भन्नुभयो– ‘सहयोगी हातहरुले जुन सुकै मौका भएपनि सानो वा ठूलो सहयोग गरि मानवीय सेवामा समर्पित भएको भावना दिएका छन् ।’ त्यसमा यो वा त्योभन्दा पनि उनले मानवीय सेवा गरेकोप्रति म सलाम गर्छु ।’ भनी बताउनुभयो । आज सोमबार काठमाण्डौ बस्ने सृजना भट्टराईले आफ्नो जन्मदिनको अवसरमा कसैलाई सहयोग गरौं भनी कोहलपुरमा रहेको नवजीवन केन्द्रमार्फत अन्जनी माता रसोई घरलाई भेरी अस्पताल परिसरमा रहेका बिरामी, कुरुवाहरुका लागि फलफुल तथा अण्डा सहयोग गरेका छन् । त्यसैगरी उनले पठाएको नगद ४० हजार मध्ये अन्जनी माता रसोई घरका लागि १...
दोस्रो वार्षिक उत्सवमा आर्थिक सहयोग

दोस्रो वार्षिक उत्सवमा आर्थिक सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समिति नेपालेले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ । सोमबार बिहान भेरी अस्पताल परिसरमा योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले महासंघको एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय बराबरको चेक प्रदान गरेको हो । योग समितिका अध्यक्ष गिरिराज भट्टराई लगायत पदाधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य भिष्म लोधलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघको एम्बुलेन्स खरिद सामाजिक कार्य भएकाले सहयोग गरिएको अध्यक्ष भट्टराई बताउनुभयो ।यस्तै सो अवसरमा योग समितिले अस्पताल परिसरमा संचालित अन्जनी माता रसोई घरलाई ३५ पेटी पानी प्रदान गरेकोे छ । समितिका अध्यक्ष भट्टराईले रसोई घरका संचालक जितेन्द्रसिंह ठाकुरलाई पानी हस्तान्तरण गर्नुभएको थियो । सहयोग गरेकोप्रति...
उच्च अदालत बार एशोसिएसनको सहसचिवमा केसी चयन

उच्च अदालत बार एशोसिएसनको सहसचिवमा केसी चयन

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सहसचिवमा अधिवक्ता अमृता के सीलाई मनोनयन गरिएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको आज आईतबार बसेको बैठकले अधिवक्ता केसीलाई सहसचिवमा मनोनयन गरेको हो । कार्यसमितिमा केसी एक मात्र महिला सदस्य हुन् । विधान अनुरुप कार्यसमिति सदस्य केसीको संयोजकत्वमा ५ सदस्सीय महिला शाखा गठन गरी उनलाई सहसचिवमा मनोनयन गरिएको नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बार एशोसियसनको विधानको दफा २५ को उपदफा (२) को (ग) र दफा २७ मा भएको व्यवस्था बमोजिम कार्यसमितिको दोस्रो बैठकबाटै उनलाई सहसचिवको जिम्मेवारी दिएको हो । केसीको संयोजकमा गठन गरीएको महिला शाखामा सदस्यहरु सुनिता शर्मा,कुशुमा सुवेदी,देवीमाया खत्री र शान्ता पोख्रेल रहेका छन् । यसैबिच नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले कोरोना संक्रमत...
अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने

अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ – “जहाँ आश हुन्छ त्यही निकास हुन्छ“ हाल कोभिड–१९ कोरोना भाईरसको महामारीका बीच सहयोगी हातहरूले माथि उल्लेखित भनाई सही सावित भएको छ ।हामी आशावादी सदैव हुनुपर्छ, निकास आवश्य देखिन्छ । अन्जनी माता रसोई घरलाई हाल सहयोगी हातहरूले हातेमालो गरेकै हुँदा दैनिक ३ सय ५० बढी कोरोना संक्रमित र उनका कुरूवाहरूले साँझ–बिहान खान खाईरहेका छन् । केही समय अगाडि बिहानको छाक रू. २० र साँझको छाक रू. ८० मा खुवाउँदै आईरहेको अन्जनी माता रसोई सहयोगी हातहरूले हातेमालो गरेकै कारण हाल साँझ–बिहानको खाना रू. २० मै खुवाउने कार्य जारी राखेको देश मै पहिलो भान्सा घर हुन पुगेको छ । मानवीय सेवामा समर्पित अन्जनी माता रसोई घरलाई अझ सजिलो होस भनी आज आईतबार कृष्णा कृषक सहकारी समुहले १ सय ५० केजी फर्सी र ७० के.जी. आलु सहयोग गरेको समुहका अशोककुमार मौर्यले बताउनु भयो । आज गरिएको सहयोग कार्यक्रमम...
पन्चसिलद्वारा ५ थान अक्सिजन ग्यास सिलेण्डर सहयाेग

पन्चसिलद्वारा ५ थान अक्सिजन ग्यास सिलेण्डर सहयाेग

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे संकटबाट निकासका लागि बाँकेबासी सहयाेगी मनकारी हातहरूले आ-आफ्नाे स्तरबाट सहयाेग गरिरहेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बाट सञ्चालित वडा कार्यालयमा आईसाेलेसन वार्डका लागि लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलले ५ थान अक्सिजन ग्यास सिलेण्डर उपलब्ध गराई सहयाेग गरेकाे पन्चसिलका कृष्णादेवी पाण्डेयले बताउनु भएकाे छ ।नेपालगन्जमा विगत केही दिन अगाडीदेखि नै अक्सिजन ग्यास तथा ग्यास भरिने सिलेण्डरकाे कमी हुँदै आईरहेकाे अवस्थामा भेरी अस्पताल भित्र रहेका काेराेना संक्रमित करीब २ सय ५० बढी बिरामीहरूकाे लागि अक्सिजन लिक्युडकाे व्यवस्था गरिएकाे छ ।तर नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित आईसाेलेसन वार्डहरूमा हाल पनि चाहिए जति अक्सिजन ग्यास उपलब्ध नभएकाे अवस्थामा पन्चसिलद्वारा वडा नं. १२ काे आईसाेलेसन वार्डलाई उपलब्ध गराईएकाे ५ थान अक्सिजन ...
नेपालगन्जमा क्षमाप्रार्थना तथा महायज्ञ

नेपालगन्जमा क्षमाप्रार्थना तथा महायज्ञ

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसबाट विश्व त्राहीत्राही गरिरहेकाे बेला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा क्षमाप्रार्थना तथा महायज्ञ गरिएकाे छ । वडा नम्बर ८ नेपालगन्ज एकलैनी स्थित माता महाकालीको मन्दिरमा शानिबार सांझ ६ बजे कोरोना महामारीको रोकथामका लागि माता महाकाली क्षमाप्रार्थना तथा महायज्ञ गरिएको छ । बाँके जिल्ला तथा देशभर कोरोना महामारी बढेकोले महामारीबाट जिल्ला, देश वा समुदायलाई सुरक्षित राख्न क्षमाप्रार्थना तथा महायज्ञको कार्यक्रमलाई जय श्रीराम लाठी क्लबले आयोजना गरेको थियो । लाठी क्लबका पदाधिकारीहरुको सहयोगमा क्षमा पुजा तथा महायज्ञ समापन भएको थियो । क्षमाप्राथना तथा महायज्ञ कार्यक्रम स्थानीय अगुवा रमेशचन्द्र कुमालको संयोजकत्वमा सम्पन्न भएको थियो । यसैगरी कुमालले सो अवसरमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरेका छ्न् ।...
व्यवस्था नै धरापमा

व्यवस्था नै धरापमा

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
मिति २०७८ जेष्ठ ८ गतेसौभाग्य सुवेदीजनता मृत्यु सँग सामना गरिरहेको यो अवस्था र नेताहरुले जानी जानी निम्त्याएको यो राजनितिक अस्थीरता, देशका लागि यो भन्दा ठुलो विडम्बना के हुन सक्छ ? लोकतन्त्रमा संविधान र कानुन भन्दा माथि कुनै शक्ति हुँदैन र अहिले सम्म कै इतिहास हेर्ने हो भने पनि विश्वमा जति पनि अराजक स्थिती सृजना भएका थिए सबैको हल अन्त्यमा गएर कानुनको शासनबाट नै भएको कुरा यथावत नै छ। होलान राजनितीका पनि आफ्नै मान मर्यादाहरु तर त्यो राजनितीको जग पनि कानुन नै होला नी । तर अहिले हाम्रा देशका नेताहरुले यो कुरा नबुझेको त भन्नै मिल्दैन अर्थात बुझेर पानि लाज पचाईरहेको अवस्था छ ।२०७८ जेठ ८ गते राती, राष्ट्रपतिको कार्यालयबाट आएको विज्ञप्तिले देशलाई चुनाव तर्फ उन्मुख गरेको छ । यो घोषणा संवैधानिक की असंवैधानिक भनेर विष्लेषण गर्नु अगाडि के अहिलेको यो अवस्थाको विकल्प निर्वाचन हो ? तथ्याङ्कहरु हेर्ने ह...
सन्त निरंकारी मण्डलद्वारा रक्तदान

सन्त निरंकारी मण्डलद्वारा रक्तदान

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – मानवीय सेवामा सदैव सर्मित सन्त निरंकारी मण्डलद्वारा मानव एकता दिवसको अवसरमा प्रत्येक वर्ष झै यस वर्षपनि रक्तदान कार्यक्रम सम्पन्न गरिरहेको छ ।फुल्टेक्रा वडा नं. ६ स्थित फुल्टेक्रा गाउँमा रहेको सन्त निरंकारी मण्डलको आश्रममा आज बिहान ८ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरी १० बजेसम्म २८ बढीले रक्तदान गरिसकेको फुल्टेक्रा आश्रमका अध्यक्ष (मुखी) शिवप्रसाद गोडियाले बताउनुभयो । हाल कोभिड–१९ कोरोना भाईरस संक्रमितहरुको लागि रक्तको अधिक आवश्यक रहेको बेला अवधी भाषी समाजका अगुवाहरुलाई रक्तदान गर्नु सराहनीय कार्य भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रसाद सिंहले बताउनुभयो । हालसम्म ८ पटक रक्तदान गरिसकेको आफ्नो अनुभव बारे जानकारी गराउँदै २४ वर्षिय रक्तदाता सुष्मिता श्रेष्ठले आजको महासंकटको बेला रक्तदान गर्न पाउँदाको खुसी नै बेग्लै रहेको बताउनुभयो...
अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग

अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले पत्रकारिता क्षेत्रलाई समेत प्रभाव पारेको छ । कोभिड संक्रमित अवधी भाषी पत्रकारलाई चिकित्सकसहितको निशुल्क सेवा, तथा स्वास्थ्य परामर्श सेवा र कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ नेपालले व्यवस्थापन गरेको छ ।यसैक्रममा कोभिड संक्रमणका बेला नेपालगन्जको त्रिभुवन चोकस्थित क्वालिटी केक एण्ड बेकरीले अवधी पत्रकार संघ नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बेकरीका प्रोप्राइटर सुरेश बर्माले आज शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई नगद रु २१ हजार सहयोग हस्तान्तरण गर्नुभयो ।हस्तान्तरणका क्रममा केन्द्रीय महासचिव गुरुमुरत यादव, केन्द्रय सदस्य भरतकिशोर बैश्य र जिल्ला उपाध्यक्ष नन्दलाल शाहुको उपस्थिति रहेको थियो । प्राप्त भएको रकमलाई ...
कुर्मी वर्माद्वारा अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग

कुर्मी वर्माद्वारा अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – कोरोना भाईरस (कोभिड–१९) को संक्रमितहरुको लागि साँझा बिहान खानाको व्यवस्था गर्दै आईरहेको मित्र मण्डल सुन्दरकाण्डद्वारा सञ्चालित अन्जनी माता रसोई घरलाई मानवीय कार्यमा समर्पित सहयोगी हातहरुको सहयोगको क्रम जारी रहेको छ । “कुर्मी वर्मा सहयोगी हात बाँके” द्वारा अन्जनी माता रसोई घरलाई आज शुक्रबार खाद्यान्न सहयोग गरिएको जानकारी गराउँदै कुर्मी वर्मा समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले आजबाट अन्जनी माता रसोई घरलाई सहयोग गरी शुभारम्भ गरिएको छ । आउने दिनमा सहयोग कार्यलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।कुर्मी वर्मा सहयोगी हात बाँकेद्वारा जीरा मसिनो चामल ५ क्वीन्टल, अरहर दाल ५० किलो, पिठो ५० किलो, आलू १ क्वीन्टल, तोरीको तेल १० लिटर, आयोडिन नून २० पोका, गुड (भेली) ४० के.जी. र खानेपानी ५० पेटी (अक्षरेपी ६० हजार बराबर) भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अन्जनी माता रस...