Monday, June 22सत्यम खबर
Shadow

आस्था

भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
विनय त्रिपाठी डुडुवा, २० अषाढ-डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत पर्ने प्रहरी चौकी का प्रहरीहरु अशुरक्षित भएको स्थानियहरुको गुनासो रहेको छ । सुरक्षा गर्ने निकाय नै असुरक्षित भए पछि हामी आमजनता कसरी सुरक्षित हुने ? भन्दै राम कुमार बाहुनले भने, प्रहरी चौकी भवन धेरै पुरानो भएकोले पानी चुहिनु र उक्त भवनमा संकटकाल देखि प्रहरी नआउंजेल भुसा रहेकोले उक्त भवनमा सर्पहरु पनि धेरै भएको कारण दिनहु सर्पहरु देखा परिरहेका छन, जसको कारण भवनमा बस्ने प्रहरीहरु असुरक्षित रहेका छन । हाल डुडुवा–१ मा अपराधिक गतिबिधीमा कमी आउनुका साथै समाजमा प्रहरी प्रतिको सकारात्मक छबी झन बढदै गईरहेको छ । यसै सन्दर्भमा सुरक्षा निकायका कारण हामी सुरक्षित भएको महसुस गरी रहेका छौ, भनि ओमकार बनियाले भन्दै, यदि सुरक्षा निकाय नै असुरक्षित छ भने हामी कसरी सुरक्षित हुने, दिन रात खटी हामी आम जनसमुदायलाई सुरक्षा दिने निकाय कै ...
शिक्षक आन्दोलन बारे ध्यानाकर्षण गराउन अन्तर्क्रिया

शिक्षक आन्दोलन बारे ध्यानाकर्षण गराउन अन्तर्क्रिया

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० अषाढ – नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगर समितिले आफ्ना शैक्षिक मुद्दाबारे स्थानीय राजनैतिक दलहरुका नेतृत्वसँग शनिबार छलफल तथा अन्तरक्रिया गरेकोछ ।शिक्षक महासंघले शिक्षा, विद्यालय शिक्षक–कर्मचारी, बालविकास लगायतका विषयमा सारेको आफ्ना विभिन्न ३४ बुँदे माग तथा औचित्यता बारे जानकार तथा त्यस उपर गम्भीर ध्यानाकर्षण गराउन स्थानीय राजनैतिक दलहरुसँग सो अन्तक्रिया गरेको हो ।सरकारले आफुहरुसँग गरेका महत्वपूर्ण केही सम्झौताहरु अझै कार्यान्वयन नगरेको, शिक्षक तथा उमेर पुगेका विद्यार्थीलाई कोरोना विरुद्धको खोप अविलम्ब लगाइनु पर्ने लगायतका विभिन्न ३४ बुँदे मागहरु राख्दै शिक्षक महासंघले देशभर चरणबद्ध आन्दोलन जारी राखेको छ । तालिका अनुसार आन्दोलनको चौथो चरणमा शुक्रबार मात्रै स्थानीय पालिका स्तरमा तीन घण्टा धर्ना प्रदर्शन गरेको शिक्षक महासंघद्वारा शनिबार आयोजित उक्त छलफल तथा अन्तक्र्रिया...
पार्टीमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने जाेड

पार्टीमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने जाेड

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ अषाढ - राजनीति पार्टीमा ३३ प्रतिशत महिला सहभागीता गराउने कुरा संविधानमा नै उल्लेख गरीसकेको हुँदा हामीले मागी राख्ने होइन पार्टीले अनिवार्य रुपमा पुरा गर्ने कुरा हो । हामीले माग्ने भनेको ५०प्रतिशत हो त्यसको निम्ति हामी महिलाहरुले पनि पार्टीका नीति, विधि, पार्टी पद्धतिका सवालमा चासो राख्ने, अध्ययन गर्ने, जिम्मेवारी लिने र पुरा गर्ने गर्नु पर्छ यसको साथै महिला नेताहरु जबजको बारेमा पनि जानकार हुनुपर्ने भन्दै प्रमुख अथिति तथा अनेमसंघ केन्द्रिय सचिवालय सदस्य दिपा शर्माले अनेमसंघले जनताको बहुदलिय जनबादका बारेमा प्रशिक्षण दिनुपर्ने बताउनु भयो । अनेमसंघ बाँकेद्धारा आयोजित केन्दिय सदस्यहरुको बैठकमा बोल्दै उहाँले अगामी चुनावमा महिला सहभागीता बढाउन आजैदेखि महिलाको क्षमता बढाउनतिर लाग्नु पर्ने बताउनु भयो । अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले महिलाको क्षमता बढाउनको निम्ति पार्टीले ...
सन्देशको त्रैमासिक रक्तदान

सन्देशको त्रैमासिक रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ अषाढ - नेपालगन्जबाट निरन्तर दैनिक रूपमा प्रकाशित हुँदै आईरहेकाे लोकप्रिय सन्देश दैनिकले आज शनिबार दशौं पटक रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्रमा जारी रक्तदान कार्यक्रममा स्वस्फुर्त रक्तदाताहरु सहभागी भई रक्तदान गरेकाे रक्तदान कार्यक्रम संयोजक दिनेश ठाकुरले जानकारी गराउनु भयाे । लोकप्रिय सन्देश दैनिकले ४ वर्षदेखि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । पत्रिकाको बार्षिक उत्सवको अवसरमा त्रैमासिक रक्तदान कार्यक्रम ४ वर्षअघि सुरुवात गरि निरन्तरता दिइएको हो । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वैश्य सेवा समाजका अध्यक्ष नन्दलाल वैश्य, लोकप्रिय सन्देश दैनिकका प्रधान सम्पादक गोविन्द शर्मा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएकाे थियाे । शनिबार सम्पन्न रक...
विगतमा गरिएकाे सम्झाैता कार्यान्वयन नभएकाे भन्दै शिक्षकद्वारा धर्ना

विगतमा गरिएकाे सम्झाैता कार्यान्वयन नभएकाे भन्दै शिक्षकद्वारा धर्ना

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ अषाढ - नेपालगन्ज उपमहानगरपालिकामा शुक्रबार शिक्षकहरुले तीन घन्टा धर्ना दिएका छन् । सरकारले आफ्ना विभिन्न ३४ बुँदे माग तथा विगतमा भएका सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय अनुसार आन्दोलनको चौथो चरण अन्तर्गत सामुदायिक विद्यालयका शिक्षकले त्यसरी आफ्नो पालिका स्तरमा धर्ना दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकामा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म जारी उक्त धर्नामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु, बालविकास शिक्षकहरु तथा पेशागत संघ संगठनको प्रतिनिधिमुलक उपस्थिति रहेको स्थानीय आन्दोलन परिचालन समितिले जनाएको छ । सरकारले शिक्षक तथा उमेर पुगेका विद्यार्थीहरुलाई अविलम्ब कोरोना खोपको लगाइनु पर्ने तथा बालबिकास शिक्षक, विद्यालय कर्मचारीका बारेमा बिगतका सम्झौता पूरा नभएको भन्दै उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताएका...
दुई दिने जेसी कार्यशाला

दुई दिने जेसी कार्यशाला

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १८ अषाढ – बाँके डुडुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूल प्रवाहीकरण सम्वन्धी दुई दिने कार्यशाला शुरु भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बनी प्रदेशको सहयोगमा डुडुवा गाउँपालिकाले आज शुक्रबारदेखि दुई दिने कार्याशाला शुरु गरेको हो । गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण जेसीको अवधारणालाई कार्यन्वयन गर्न स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न लागिएको हो । कार्यशालामा अधिवक्ता विश्वजित तिवारीले सहजीकरण गर्नुभएको छ । यो कार्यशाला पश्चात गाउँपालिकामा जेसी फोकल पर्सन चयन, जेसी निती निर्माण, समिति निर्माण गरि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना निर्माण गरिएको छ । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले गाउँपालिकालाई जेसी नितिको आवश्यकता रहेको भन्दै यो कार्यलाई...
धुम्रपान दिवसमा डकुड्रामा उत्पादन

धुम्रपान दिवसमा डकुड्रामा उत्पादन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ अषाढ – मे ३१ मा मनाईने बिश्व धुम्रपान रहित दिवसको सन्दर्भ पारेर बासले धुम्रपान बिरुद्ध सन्देशमुलक डकुड्रामा उत्पादन गरेको छ ।धुम्रपान बिरुद्ध सन्देश प्रबाह गर्ने उद्देश्यले उत्पादन गरिएको साथि नामक डकुड्रामा आज सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, बाँके र खजुरा गाउँपालिकाको सहयोगमा तयार पारिएको श्रव्य दृश्य २० मिनेटको रहेको छ ।धुम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, त्यसको प्रयोगबाट पुग्ने असर लगायतका बिषयमा केन्द्रित साथी नामक श्रव्य दृश्यमा मन भण्डारी, जस्मिन शाह, शोभा थापा मगर, लोकबहादुर घर्ती, श्रुती चौधरी, दिला शाह, सरिता बि.क., अशोक रावल, तपेन्द्र मलातीले अभिनय गरेका छन् । मन भण्डारीको कथा, लोकबहादुर घर्ति मगरको निर्देशनमा सो श्रव्य दृश्य उत्पादन भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराउनु...
अभिभावक सचेतना कार्यशाला

अभिभावक सचेतना कार्यशाला

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ अषाढ – बालबालिकाहरुको भविष्य निर्माणमा अभिभावकको भुमिकालाई प्रभावकारी बनाउन नेपालगन्जमा अभिभावक सचेतना कार्यशाला गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको कार्यशालामा बालबालिकाको शिक्षा, ज्ञान सिकाउनमा अभिभावकको जिम्मेवारी र भुमिकाका बारेमा जानकारी गराइएको थियो । कार्यशालामा बालबालिकाको शिक्षा, विद्यालय, घरभित्रको बाताबरण, अभिभावकको समय व्यवस्थापन, जिम्मेवारी तथा दायित्व, बालमनोविज्ञान, विभिन्न कुलतमा फस्नबाट बचाउन, सकरात्मक सोचको विकासतर्फ उत्प्रेरित गर्ने लगायतका विषयमा सिविन नेपालगन्ज प्रमुख सिद्धराज पनेरु, शिक्षा विज्ञ कृष्णमुरारी प्रसाद भट्ट र पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कार्यबाहक वडाध्यक्ष नरबहादुर विष्ट, कार्यपालिका सदस्य बसन्ता जोशी,...
३ सय बढीको निःशुल्क स्वास्थ्य जाँच

३ सय बढीको निःशुल्क स्वास्थ्य जाँच

CoVid19, आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ अषाढ – शम्सेरगन्ज बाँके शिवशक्ति मावि पिडारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ सय ४९ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जसमा महिला १ सय ५७ जना र पुरुष १ सय ९२ जना रहेका थिए । निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद स्वास्थ्य निर्देशनालय बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारीले आयुर्वेद औषधिको महत्वको बारेमा जानकारी गराउँदै आयुर्वेदी औषधि नियमित सेवन गर्न आग्रह गर्नुभयो ।बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरलले शिविरमा जाँच गरी प्राप्त...
भेरी अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

भेरी अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
प्रहलाद विश्वकर्मानेपालगन्ज, १८ अषाढ – कोभिड–१९ महामारीको तेश्रो लहरको पूर्वतयारी गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सुरक्षा सामग्री शुक्रवार हस्तान्तरण गरेको छ ।जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाशबहादुर थापालाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको छ । हस्तान्तण गरिएको सामग्रीहरुमा स्वाचलित सेनिटाइजर मेसिन २ थान, पी.पी.इ. ३५५ सेट र सेनिटाइजर ५ लिटरको ११३ जार गरी रु. ६ लाख ९४ हजार ३ सय ७५ बराबरको सामग्री रहेको छ । हस्तान्तरणका क्रममा प्र.जि.अ. गेलालले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने भावनाबाट देश विदेशमा मानवीय सेवा गर्दै आएको स्मरण गर्दै बाँके रेडक्रसको योगदान उल्लेखनीय रहेको ...