Monday, April 27सत्यम खबर
Shadow

३ सय बढीको निःशुल्क स्वास्थ्य जाँच

नेपालगन्ज, १८ अषाढ – शम्सेरगन्ज बाँके शिवशक्ति मावि पिडारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ सय ४९ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जसमा महिला १ सय ५७ जना र पुरुष १ सय ९२ जना रहेका थिए ।


निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद स्वास्थ्य निर्देशनालय बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारीले आयुर्वेद औषधिको महत्वको बारेमा जानकारी गराउँदै आयुर्वेदी औषधि नियमित सेवन गर्न आग्रह गर्नुभयो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरलले शिविरमा जाँच गरी प्राप्त गरेको औषधि डाक्टरको सल्लाह अनुसार नियमित सेवन गर्न आग्रह गर्नुभयो ।

उहाँ कोरोना भाइरसबाट मुक्त हुन पनि आयुर्वेद औषधिले राम्रो काम गरेका कारण यसका महत्व बढेको बताउँदै औषधि नियमित प्रयोग गर्न आग्रह गर्नुभयो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिलकुमार चौधरीले बाँके जिल्लामा रहेका विभिन्न नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयद्वारा निःशुल्क स्वास्थ्य सेवा दिंदै आएको जानकारी गराउँदै आज शिविरमा आउन छुटेका बिरामीहरु ढकेरी वडा कार्यालयमा रहेको नागरिक आरोग्य सेवा केन्द्रमा पुगेर स्वास्थ्य जाँच गराउन सक्ने जानकारी गराउनु भयो । बरिष्ठ बैद्य सिताराम चौधरी आफुलाई भएका समस्या विशेषज्ञ डाक्टरसँग बताएर औषधि उपचार गर्न आग्रह गदै आफुमा भएको रोग लुकाएर राख्न नहुने बताए ।


शिविरको उद्घाटन समारोहमा शिवशक्ति माध्यमिक विद्यालय शम्सेरगन्जका प्रधानाध्यपक पुष्कर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र खड्का, समाजसेवी जे.के.सिंङ, जनशक्ति मा.बि.बालापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतम लगायतले कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला आयुर्वेदिक औषधिको महत्व बढेको भन्दै इमुनिटि पावर बढाउन आयुर्वेदिक औषधिको सेवन गर्न जरुरी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *