Monday, June 22सत्यम खबर
Shadow

आस्था

एक गौरवमय संस्कृति : अवधी संस्कृति

एक गौरवमय संस्कृति : अवधी संस्कृति

CoVid19, अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
मितिः २०७८ भाद्र २५ गतेभगवान यादवअवधी समाज प्राचिन सनातन समाज होय । वैदिक कालसे अवधी समाज कै आपन ऐतिहासिक सांस्कृतिक महत्व कै बर्णन बेद पुराणन मे मिलत है । हिन्दु समाज कै धार्मिक औ बैदिक भाषा संस्कृत के परिस्कृत देहाती भाषाके रुपमे भारोपेली भाषा परिवार अन्तरगत अवधी भाषा कै विकास भवा माना जात है । जहाँ परोसी देश भारत मे संबिधानतः अवधी का हिन्दी भाषा के एक भाषिका के रुपमे मान्यता है वहीँ नेपाल सरकार अवधी भाषा कैँहा संबैधानिक रुप मे राष्ट्रिय भाषा कै मान्यता दिहे है । नेपाल के लुम्बिीनी प्रदेश कै सब तराई मधेश जिल्ला नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाँग, बाँके तथा बर्दिया मे अवधी भाषा पहिला दुशरा या तिसरा मुख्य भाषा के रुप मे अस्तित्व मे है । वइसय भारत के उत्तर प्रदेश राज्य, मरिसस, लगायत के देश मे करीब ५ करोड के हाराहारी मे अवधी भाषी रहे तथ्याँक है । नेपाल मैंहा भवा २०६८ साल के जनगणना मुताबिक ...
नरैनापुरमा तीज साँस्कृतिक तथा नृत्य प्रतियोगिता सम्पन्न

नरैनापुरमा तीज साँस्कृतिक तथा नृत्य प्रतियोगिता सम्पन्न

CoVid19, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २४ भाद्र - नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ कोहलामा आज विहिबार हरितालिकाको अवसरमा बृहत तीज साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मुक्तिनाथ महिला समूहको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोग सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसूद अहमद शाहको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष बीरेन्द्रपाल सिंह, जय राप्तीसोनारी गाउँपालिका वडा नंं ७ का वडा अध्यक्ष रामलखन थारु, किसान माध्यामिक बिद्यालयका अध्यक्ष बृजेन्द्र यादव, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग,नरैनापुर गाउँपालिका वडा नं.६ का वडा सचिव जिवनलाल यादव लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा प्रतियोगिताको एकल नृत्यतर्फ करिना भण्डारी प्रथम, शिक्षा शिरिष मगर दोस्रो, निशा भट्टराई तृती...
तिज विशेष कार्यक्रममा कलाकारहरुलाई सम्मान

तिज विशेष कार्यक्रममा कलाकारहरुलाई सम्मान

CoVid19, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ भाद्र – नेपाली नारीहरुको महान साँस्कृतिक पर्व हरितालिका “तिज” को अवसरमा भेरी साहित्य समाजका केन्द्रीय समिति र ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको संयुक्त आयोजनामा यहाँ बुधवार सम्पन्न तिज विशेष कार्यक्रममा नाचगान र दर खाने कार्यक्रमका साथ कलाकारहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।सो अवसरमा शिक्षाविद् तथा अग्रज साहित्यकार किरण आचार्यले तिजलाई साँस्कृतिक पर्वका रुपमा मात्र होइन महिलाहरुको हक र अधिकारको लागि आवाज उठाउँदै मनाइँदै आएको चर्चा गर्दै तिजको दिन निराहार व्रत बसेर अविवाहिता महिलाले राम्रो पति पाउन र विवाहिता महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तिज पर्व मनाउने परम्परा छ भन्नुभयो । उहाँले तर, व्रत बस्नु धार्मिक पाटो भए पनि व्रत बस्दा स्वास्थ्यका लागि पनि उपयोगी हुने र क्यान्सर रोग लाग्न नदिने सम्भावना न्यून हुने वैज्ञानिक तथ्य पनि प्...
फुल्टेक्रा तालबारे मेयर डा. राणाद्वारा फैल्याईएको भ्रम तथा कानुन व्यवसायीले प्रस्तुत गरेका बहस

फुल्टेक्रा तालबारे मेयर डा. राणाद्वारा फैल्याईएको भ्रम तथा कानुन व्यवसायीले प्रस्तुत गरेका बहस

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित ११ बिघा जग्गाभन्दा बढी फैलिएको फुल्टेक्रा तालको नामले चर्चित फुल्टेक्रा तलाऊ लामो समयदेखि जिर्णोद्वारको प्रखाईमा रहेपनि सम्बन्धित निकाय नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले कुनै किसिमको संरक्षण सम्वद्र्धनको कार्य नगरेको हुँदा स्थानीयबासीहरु उक्त तालको संरक्षणको लागि पटक–पटक अदालतमा पुगेको र अदालतले उक्त तालको संरक्षण गरी मानवोपयोगी बनाउन आदेश गरेपनि उक्त तालको संरक्षण हुन सकेको छैन ।उक्त पोखरीको संरक्षणको लागि स्थानीयबासी समिरप्रताप सिंह, बृजेशकुमार त्रिपाठी समेतले २०७२ सालमा नेपालगन्ज उपमहानगरपालिका उपर पुनरावेदन अदालत नेपालगन्जमा रिट निवेदन दर्ता गरेको तथा अदालतले पनि उक्त पोखरीको संरक्षण गरी मानवोपयोगी बनाउन आदेश गरेको ६ वर्ष बितिसक्दा पनि नेपालगन्ज उपमहानगरपालिकाले संरक्षण सम्वद्र्धन तर्फ चा...
पूण्यतिथिमा अध्यक्ष यादवप्रति श्रद्धाञ्जली

पूण्यतिथिमा अध्यक्ष यादवप्रति श्रद्धाञ्जली

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
जानकी, २४ भाद्र – बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पूण्यतिथिमा आज विहिबार गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिएको छ ।गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले अभिभावक गुमाउनु परेको बताउनु भयो । गाउ्रँपालिकाका संस्थापक अध्यक्षको रुपमा यादवले स्राहनिय कार्य गर्नुभएको स्मरण गर्दै उपाध्यक्ष धितालले जनप्रिय नेता यादवको योजना र सपनालाई पूरा गर्न आगामी दिनमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा जनमुखी कामहरु गर्दै आएको बताउनुभयो । जनताका पक्षमा काम गर्न कर्मचारीलाई सदैव मार्गनिर्देश गर्ने अभिभावक गुमाउनु पर्दा गाउँपालिका शोकमग्न...
कला क्षेत्रमा नयाँपन देखाउन मन पराउँछु : कलाकार सन्दिप बिसी

कला क्षेत्रमा नयाँपन देखाउन मन पराउँछु : कलाकार सन्दिप बिसी

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ भाद्र – खजुरा गाउँपालिका वडा नं. ४ का सन्दिप बिसीको नृत्य मोह उत्कृष्ट बन्दै गएको छ । सानै उमेरदेखि कलाकारिता क्षेत्रमा रुची राख्ने बिसीले अहिले सपना सकार हुँदैछ । थारु भाषाको गितबाट म्युजिक भिडियोमा जमेका कलाकार बिसी अहिले धमाधम भोजपुरी र नागपुरी म्युजिक भिडियोमा खेल्ने अवसर पाउँदै हुनुहुन्छ । पारिवारिक समस्या रहेका बिसीले कलाकारिता क्षेत्रमा जमेर केही गरेर देखाउने बताउनुहुन्छ । आफ्नो पहिलेदेखिको रुची भएको हुनाले अरु काम छोडेर पनि अवसर पाएको ठाउँमा मेहनतका साथ लगनसिल भएर काम गर्ने बताउनुहुन्छ । अग्रज गुरुहरुको सल्लाह बमोजिम अगाडी बढिरहेका बिसी घरायसी समस्याले केही बर्षको लागि विदेशमा पनि गएको बताउनुहुन्छ । आफु इमान्दार भए जहाँ पनि अवसर पाउने भएको हुनाले सोही अनुसार काम गरिरहेको उहाँले बताउनुहुन्छ । थारु जगतमा केही नयाँपन ल्याउने सोचका साथ अगाडी बढेको छु सबैको साथ सहयोग अति आ...
दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, २३ भाद्र - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भवनमा कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ फिल्ड आफिस, भैरहवाको सहयोगमा खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी दुइ दिने कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाहकोअध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ l प्रमुख अतिथि पाण्डेयले खोप सेवा सबैका लागि भएकाेले यसको उपयोग गर्न अपिल गर्नुभयो l कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले खोपले जीवन रक्षा गर्न सहयोग गर्ने भएकाले खोप कार्यक्रम सफल पार्न सबैको जिम्मेवारी रहेको, कोभिड-१९ को संक्रमण अवस्था जटिलतामा बितिरहेको बताउँदै केन्द्र सरकार र प्रदेश सरकार कृष्णनगर नगरपालिकाको विकासमा गम्भीरता पुर्वक लागेर नगरको विकास गर्न अनुरोध गर्नुभयो l कार्यक्रममा बोल्दै ...
सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, २२ भाद्र - कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा अवस्थित नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडको व्यवस्थापन तथा युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था भएको छ l कृष्णनगर बजारमा रहेको नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडमा कृष्णनगर नगरपालिकाका सेवाग्राही सामाजिक सुरक्षा भत्ता लिन आउँदा समय लाग्ने भएकाले सेवाग्राहीहरू घाममा वस्नु पर्ने तथा गर्मीका कारण तिर्खा लाग्नु स्वाभाविक हुन्छ lउक्त बैंकमा कामका सिलसिलामा इमबार्क इण्टरनेशनल नेपालका सञ्चालक तथा युवा समाजसेवी समेत रहनु भएका मिर्जा राशिद बेग जांदा सेवाग्राहीहरु घाममा बसेको देख्दा तत्काल बैंकका मैनेजर राकेशप्रसाद मल्लीसंग सहकार्य गरेर सेवाग्राहीका लागि टेन्ट, पानी, मिठाईको व्यवस्थापन गराए l युवा समाजसेवी मिर्जा राशिद बेगले भने आफू त्यहाँ जाँदा बृद्ध, महिला लगायत अन्य घाममा बसेको देख्दा मैले सेव...
निजामती सेवा दिवसमा जानकीमा वृक्षरोपण

निजामती सेवा दिवसमा जानकीमा वृक्षरोपण

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, २२ भाद्र - निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा बाँकेको जानकी गाउँपालिकाले आज वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको निर्माणाधिन प्रशासनीक भवनको प्राङगणमा वृक्षरोपण गरिएको हो । गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले एक समारोहका बीच वृक्षारोपण कार्यक्रमको शुरुवात गर्नुभएको थियो । गाउँपालिकाको प्रशासनिक भवनलाई हरियाली बनाउन निजामती कर्मचारी सेवा दिवसको अवसर पारेर वृक्षारोपण गरिएको बताउँदै कार्यवाहक अध्यक्ष धितालले विरुवाको संरक्षणमा ध्यान दिन समेत आग्रह गर्नुभयो । दिवसको अवसर पारेर गाउँपालिका प्रशासनीक भवनको प्राङगण र इन्द्रपुर स्वास्थ्य चौकीको प्राङगणमा गुलमोहर, श्रीस, मसला लगायतका जातको करिव सय थान विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, वृक्षरोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीह...
स्वास्थ्य विभागद्धारा तीज कार्यक्रम सम्पन्न

स्वास्थ्य विभागद्धारा तीज कार्यक्रम सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र - नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभागद्धारा आज साेमबार स्वास्थ्यकर्मी महिलाहरुको निम्ति हरितालिका तिजको दर खाने कार्यक्रम सम्पन्न गरिएकाे छ । नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्वमन्त्रि तथा नेकपा एमाले बाँकेका प्रदेश सदस्य आरति पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै पुर्व मन्त्रि पौडेलले तिज कार्यक्रम महिलाहरुको महान चाड भएको र यो चाडमा टाढाटाढा गएका चेलीहरु माइतिको आगनीमा जम्मा भइ नाचँगान गर्ने र दुःख सुख्ख साटासाट गर्ने चाड रहेको स्मरण गर्दै अबका महिला चुलाचौकामा मात्र सीमित नरहेर उत्पादन मूलक काममा पनि जोडिन आग्रह गर्नु भयो । नेकपा एमाले स्वास्थ्य विभागका सचिव सु्मन गीरीद्धारा सञ्चालन र सह इन्चार्ज अनिता थापाद्धारा स्वागत गरीएको तिजी कार्यक्रममा अनेमसंघ केन्...