Wednesday, May 6सत्यम खबर
Shadow

निजामती सेवा दिवसमा जानकीमा वृक्षरोपण

जानकी, २२ भाद्र – निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा बाँकेको जानकी गाउँपालिकाले आज वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

गाउँपालिकाको निर्माणाधिन प्रशासनीक भवनको प्राङगणमा वृक्षरोपण गरिएको हो । गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले एक समारोहका बीच वृक्षारोपण कार्यक्रमको शुरुवात गर्नुभएको थियो ।

गाउँपालिकाको प्रशासनिक भवनलाई हरियाली बनाउन निजामती कर्मचारी सेवा दिवसको अवसर पारेर वृक्षारोपण गरिएको बताउँदै कार्यवाहक अध्यक्ष धितालले विरुवाको संरक्षणमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

दिवसको अवसर पारेर गाउँपालिका प्रशासनीक भवनको प्राङगण र इन्द्रपुर स्वास्थ्य चौकीको प्राङगणमा गुलमोहर, श्रीस, मसला लगायतका जातको करिव सय थान विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, वृक्षरोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मङ्गलबार देशभरिका निजामती कर्मचारीले विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *