
कृष्णनगर, २३ भाद्र – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भवनमा कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ फिल्ड आफिस, भैरहवाको सहयोगमा खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी दुइ दिने कार्यक्रम सम्पन्न भएको छ l
कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाहको
अध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ l प्रमुख अतिथि पाण्डेयले खोप सेवा सबैका लागि भएकाेले यसको उपयोग गर्न अपिल गर्नुभयो l
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले खोपले जीवन रक्षा गर्न सहयोग गर्ने भएकाले खोप कार्यक्रम सफल पार्न सबैको जिम्मेवारी रहेको, कोभिड-१९ को संक्रमण अवस्था जटिलतामा बितिरहेको बताउँदै केन्द्र सरकार र प्रदेश सरकार कृष्णनगर नगरपालिकाको विकासमा गम्भीरता पुर्वक लागेर नगरको विकास गर्न अनुरोध गर्नुभयो l
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मेरा पूर्खाहरूले अस्पताल सञ्चालनका लागि साढ़े १० कट्ठा जग्गा दान गरेको स्मरण गराउँदै आफूहरु खोप कार्यक्रमलाई सफल बनाउन हरेक प्रयास गर्ने बताउनुभयो l
उक्त कार्यक्रममा खोपको महत्व, खोपको उपयोगिता, खोप उपयोगितामा समस्या र समाधानका उपायहरू लगायत अन्य बिषयमा सहभागी हरूमा छलफल गरि सुरुती नेपाल, सृजना पाठक, मोहन जोशी, शिव सुवेदी, नवीन सुबेदी तथा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी विष्णु पौडेल , संगिता भट्ट लगायतले कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह गर्नुभयो ।
कार्यक्रममा प्रहलाद पाण्डेय, घनश्याम चतुर्वेदी लगायत शिक्षक, स्वास्थ्यकर्मी, धर्मगुरु, महिला स्वयं सेविका, बच्चाका आमा, वडाध्यक्षहरू, वडासदस्य, नगरपालिकाका कर्मचारी लगायतको उपस्थित रहेको थियो l
