
नेपालगन्ज, २ भाद्र – नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभागद्धारा आज साेमबार स्वास्थ्यकर्मी महिलाहरुको निम्ति हरितालिका तिजको दर खाने कार्यक्रम सम्पन्न गरिएकाे छ ।
नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्वमन्त्रि तथा नेकपा एमाले बाँकेका प्रदेश सदस्य आरति पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै पुर्व मन्त्रि पौडेलले तिज कार्यक्रम महिलाहरुको महान चाड भएको र यो चाडमा टाढाटाढा गएका चेलीहरु माइतिको आगनीमा जम्मा भइ नाचँगान गर्ने र दुःख सुख्ख साटासाट गर्ने चाड रहेको स्मरण गर्दै अबका महिला चुलाचौकामा मात्र सीमित नरहेर उत्पादन मूलक काममा पनि जोडिन आग्रह गर्नु भयो ।
नेकपा एमाले स्वास्थ्य विभागका सचिव सु्मन गीरीद्धारा सञ्चालन र सह इन्चार्ज अनिता थापाद्धारा स्वागत गरीएको तिजी कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य तथा नेकपा एमाले प्रदेश सदस्य शान्ति ढाकाल, अनेमसंघ केन्द्रिय सदस्य विम्मीरानी पन्थी, स्वास्थ्य तथा जनसंख्या बाँकेका सल्लाहकार रामबहादुर चन्द, स्वयंसेविका नगर अध्यक्ष मनकुमारी सिलवाल, सदस्य तुल्सा थापा, स्वास्थ्य विभागका सदस्यहरु खड्क रोका, प्रकाश गौतम, तरेन्द्र थापालगायत १ सयभन्दा बढिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत महिलाहरुको सहभागीता रहेको थियो । स्वास्थ्यकर्मी महिलाहरुले आफ्ना दुःखसुख्ख साटासाट गर्ने, आफुले काम गर्दाका अनुभाव आदान प्रदान गर्ने र कम्मर मर्काइ मर्काइ नाचेका थिए । विभिन्न हेल्थ पोष्ट, भेरी हस्पीटल, नर्सिङ होमलगायत स्वास्स्थ क्षेत्रमा काम गर्ने १ सय भन्दा बढि महिलाको सहभाीता रहेको थियो । माइति टाढा हुने र तिजमसााा माइतिमा जान नपाउने महिलाहरुले पनि रमाएर तिज मनाएका थिए ।
रातदिन नभनीकन जनताको सेवामा खटिएका स्वास्थ्यकर्मी महिलाहरुलाई मात्र समेटेर तीज कार्यक्रम गरीएको थियो । स्वास्थ्य विभागले यस अघि पनि स्वास्थ्यकर्मी महिलाहरुलाई समेटेर तीज कार्यक्रमको आयोजना गर्दै आएको छ ।
