के चीनले अलीबाबाका संस्थापक ज्याकमालाई कार्यवाही गरेर प्रविधि कम्पनीहरुमाथि नियन्त्रण गर्न खाेज्दै छ ?
नेपालगन्ज, ३१ भाद्र –अलिबाबाका संस्थापक चिनियाँ उद्योगपति ज्याक मा का लागि सबै कुरा ठीकठाक चलिरहेको थियो । उनको कम्पनी अलिबाबाको वित्तीय युनिट ग्रुपो हरमिगा २०२० को नोभेम्बर मा हङकङ तथा सांघाइको शेयर बजारमा सूचीकृत हुने तय भएको थियो ।
ग्रुपो हरमिगाको मूल्य ३४.४ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । त्यसलाई अलिबाबाको इतिहासमा कोशेढुंगा सावित हुने सूचीकरण बताइएको थियो । तर आखिरी समयमा परिस्थिति बदलियो ।
चीनको वित्तीय नियामक निकायले बजारमा प्रतिस्पर्धा सँग सम्बन्धित चिन्ताहरुको हवाला दिँदै उक्त कम्पनीको शेयर बजारमा सूचीकरणको प्रक्रियामा रोक लगाइदियो । त्यतिमात्र होइन उक्त सूचिकरणको उत्सव मनाउन भन्दै तय गरिएको कार्यक्रममा समेत बिजुलीको आपूर्ति रोकिदियो । साथै कार्यक्रममा गीत संगीत बन्द गराइयो भने उपस्थित पाहुनाहरुलाई आफ्नो घर जान भनियो ।
त्यसपछि चीन सरकारले अलिबाबा कम्पनीलाई पुनर...









