Tuesday, April 21सत्यम खबर
Shadow

माइती नेपालद्वारा मानव वेचविखन तथा ओसारपसार अभिमुखिकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु, १५ कार्तिक – मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो माइती नेपाल, सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षता, अतिथिहरूमा कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खां, १२ नं वडाध्यक्ष छेदीप्रसाद यादव, वडा नं ७ का वडाध्यक्ष राजकिशोर यादव, वडा नं ११ वडाध्यक्ष फग्गू मुराउ, वडा नं १ वडाध्यक्ष तुंगनाथ चौधरी रहनुभयो ।

मानव बेचविखन तथा ओसार पसार के हो ? महिला तथा बालबालिकाहरू माथी हुने मुख्य जोखिमहरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू, तथ्यांकको परिभाषा, तथ्यांकका विविध आयामहरू, तथ्यांकको महत्व, लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममाको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र माइती नेपालका कार्यक्रम अधिकृत श्रृष्टि गुरागाई तथा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो ।

कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपालद्वारा सञ्चालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव ले गर्नुभयो । कार्यक्रम कार्तिक १४ गते १-६ वडाको र आज ६- १२ वडाका सहभागीहरूमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, वडाध्यक्षहरु, वडा सचिवहरू, पत्रकार, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी मानव बेचविखन नियन्त्रण वडास्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थिति रहेकाे थियो । कार्यक्रम सञ्चालन ईश्वरीप्रसाद पौडेलले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *