Sunday, April 19सत्यम खबर
Shadow

अल्मुतारीलाई स्वागत गर्दै “नेपाल सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गर्नुहोस” : मन्त्री अथक

काठमाण्डौ, १४ कार्तिक – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारीलाई स्वागत गर्नुभएको छ ।

शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुतारीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभएको हो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो ।

विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।” स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाँले आफु पुन नेपाल फर्किएको बताउनु भयो ।

आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताउनुभयो । शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्षका नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *