Saturday, March 15सत्यम खबर
Shadow

डुडुवामा क्याम्पस सञ्चालन गरिने

डुडुवा, २ मसिंर – बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ नौरीगौढीस्थित पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरिएको छ ।
आज विहीबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उदघाटन गर्नुभएको हो । त्यस क्रममा उहाँले गाउँपालिकाले उच्च शिक्षाका लागि पालिका भित्रै एउटा क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराउँदै त्यसका लागि आधारभुत आवश्यकता तथा अध्ययन गरि क्याम्पस स्थापना गर्ने बताउनुभयो ।


अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा आकर्षण गर्न विभिन्न कार्यक्रम तथा योजना ल्याइएकोले यस क्षेत्रका विद्यार्थीहरुलाई गाउँ मै क्याम्पस भएमा अध्ययन गर्न सहज हुने भन्दै आफना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकहरुलाई अनुरोध गर्नुभयो ।


डुडुवा गाउँपालिकाद्वारा रु २४ लाख आर्थिक सहयोगमा निर्माण भएको तीन कोठे भवन निमाणपछि बालबालिकाहरुलाई अध्ययन गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचनाको अभावमा पठनपाठनमा रहेको समस्याको अन्त्य भएको भन्दै विद्यालयको सुधार तथा विकासका लागि संधै तत्पर रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *