
नेपालगन्ज, २८ कार्तिक – बाँके नेपालगन्जमा नेपाल र भारतका गरी एक दर्जन स्रष्टाहरुलाई एक कार्यक्रमका बीच नेपालगन्जको सिद्धार्थ कटेज एण्ड रेष्टोरेन्टमा २७ गते शनिवार सम्मानका साथै विशिष्ट साहित्यकार डा.कृष्ण जङ्ग राणाको आत्मकथा “जिन्दगी नै कहानी हो” को गृह बिमोचन गरिएको छ ।
सर्वदा साहित्य सङ्गम बाँकेको आयोजनामा, शिक्षाबिद् तथा लेखक÷साहित्यकार किरण आचार्यको अध्यक्षतामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीले दीप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सर्वदा साहित्य सङ्गम बाँकेका अध्यक्ष खगेन्द्र गिरि कोपिला र सचिव श्रीधर भण्डारीद्वारा सञ्चालित विशिष्ट साहित्यकार डा.कृष्ण जङ्ग राणाको आत्मकथा “जिन्दगी नै कहानी हो” को गृह विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा डा.कृष्ण जङ्ग राणाको आत्मकथा २२ औं कृतिको रुपमा “जिन्दगी नै कहानी हो” प्रमुख अतिथि सनतकुमार रेग्मी, विशिष्ट अतिथि नरेन्द्रजंग पिटर, अवधी साँस्कृति विकास परिषदका अध्यक्ष सच्चिदानन्द चौवे, बुद्धिजिवी तथा शिक्षाविद् जनार्दन आचार्य, वरिष्ठ उर्दू साहित्यकार तथा गुल्जारे अदबका अध्यक्ष हाजी अव्दुल लतीफ शौक, सभाध्यक्ष किरण आचार्य डा.कृष्ण जङ्ग राणाका परिवारजन्य मधु जङ्ग राणा लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

यसरी सो कार्यक्रममा विभिन्न जिल्लाका नेपाली, देउडा, अवधी, थारु, हिन्दी, उर्दूभाषीका एक दर्जन स्रष्टाहरुलाई नेपाल र भारतबाट गरी १० जना स्रष्टाहरुलाई डा.कृष्ण जङ्ग राणा सम्मान र २ जना स्रष्टालाई सर्वदा साहित्य सङगम–२०७८ सम्मान गरिएको थियो ।
जसमा भारतको उत्तर प्रदेश लखनऊका साहित्यकार नन्दकिशोर वर्मा, राजेशकुमार सिंह र बहराईच जिल्ला नानपाराका निवासी तथा अन्जुमन शाहकरे उर्दू उत्तर प्रदेशका अध्यक्ष शारिक रव्बानी, नारी स्रष्टा लक्ष्मी बस्याल, सुमित्रा न्यौपाने, साहित्यकार, देउडा गायक÷लेखक तथा अधिवक्ता भीमबहादुर शाही, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार, युवा स्रष्टा पुष्कर रिजाल पुष्प, थारु भाषी सोमप्रसाद डेमनडौरा, उर्दू भाषी तथा गुल्जारे अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, दाङका भीमबहादुर थापा, पूर्णचन्द्र लम्साल (सिर्जन लम्साल) लगायतलाई ढाका टोपी लगाएर सम्मान–पत्र र नारी स्रष्टाहरुलाई सल ओढाएर सम्मान–पत्र प्रदान गरिएका थियो ।
सो कार्यक्रममा बालकृण रेग्मीले मन्त्रोचरण गर्नु भएको थियो । सच्चिदानन्द चौवेले सरस्वती बन्दना प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि नरेन्द्र जंग पिटरले शुभकामना, सर्वदा साहित्य सङगमकी उपाध्यक्ष खरेल, देवकी निरौला, नमिता बराल, कवि सोमनाथ लुइटेल, उर्दू सात्यिकार शारिक रव्बानी, भारतका कवि डा.राजेशकुमार सिंह, कवि नन्दकिशोर वर्मा, बालिका चौधरीले थारु भाषाको गीत, जमील अहमद हाशमी उर्दू गजल, कल्पना पौडेल, भीमबहादुर शाही देउडा गीत, लक्षमण भुषाल लगायतले आ–आफ्ना रचना वाचन प्रस्तुत गर्नुभएको थियो ।

पुष्कर रिजाल पुष्पले ९० बषर््ीय विशिष्ट साहित्यकार डा.कृष्ण जङ्ग राणाको आत्मकथा “जिन्दगी नै कहानी हो” विमोचित कृतिको समिक्षा गर्नुभएको थियो । सो कार्यक्रममा भारतका कवि नन्दकिशोर बर्माले सर्वदा सङ्गमका अध्यक्ष खगेन्द्र गिरि कोपिलालाई उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा सर्वदा साहित्य सङ्गम बाँकेका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले सम्मानित व्यक्तित्वको बारेमा जानकारी गराउनु भएको सचिव श्रीधर भण्डारीले सम्मान–पत्र पढेर सुनाउनु भएको थियो ।
नेपालगन्जको सिद्धार्थ कटेजमा सञ्चालित कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य कोहलपुरका महानन्द ढकाल, गणेश जिसी, सैयद असफाक रसूल हाशमी, भगवान दास यादव, नीलम शर्मा (काजल), अल्पना बैश्य, जहिरुलहक जीनू, लगायतको उपस्थित रहेको थियो ।
