Friday, March 14सत्यम खबर
Shadow

नेपालगन्जमा शनिबार ७ औं म्याराथन, १० हजार सहभागिता हुने अपेक्षा

नेपालगन्ज, २ मंसिर – बाँकेबासीले आफ्नो सहभागिता दरो रुपमा गराए अन्तर्राष्ट्रिय लेबलमा ७ औं धारा नेपालगन्ज म्याराथानलाई चिनाउन सक्ने बताईएको छ । मंसिरको पहिलो साता पर्ने शनिबार ४ गते बिहान आयोजना हुन गईरहेको धारा नेपालगन्ज ७ औं म्याराथनमा राष्ट्रिय कृतिमानी व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
बाँकेबासीबाट १० हजार बढीको सहभागिता रहने अपेक्षा रहेको बताउँदै त्यसो हुन सके नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने सकिने आयोजकद्वारा जनाईएको छ ।


२०६३ साल मंसिर ५ गते नेपालमा भएको विस्तृत शान्ती सम्झौता भएको दिनलाई सम्झना र सकारात्मक रुपमा लिंदै नेपालगन्जको क्रिएटिभ ह्यान्डसको आयोजना र क्रिएटिभ नेपालगन्ज मिडिया एण्ड इभेन्टसको ब्यवस्थापनमा विभिन्न निजि क्षेत्रको सहयोगमा यस पटकको नेपालगन्जमा ७ औं राष्ट्रिय नेपालगन्ज म्याराथन सम्पन्न हुने भएको हो ।
शनिबार सम्पन हुने म्याराथनमा विभिन्न १० बिधामा नगद पुरस्कार गर्ने गरी आयोजकले तयारी गरीरहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष टीएस ठकुरीले विहिवार नेपालगन्जको सोल्टी होटेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।


यस पटकको म्याराथनमा विजेतालाई १ लाख र उपविजेता लाई ५० हजार, तृतियलाई २५ हजार, चौथोलाई १५ हजार, पाचौंलार्ई १० हजार, छटौंलाई ८ हजार, सतौ लाई ७ हजार प्रदान गरिने भएको छ ।
महिला तर्फ हाफ म्याराथन बिजेता ले ५१ हजार र उपविजेताले २५ हजार तेस्रोले १५ हजार गरी क्रमश सातौं हुने लाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउने छन् ।


त्यसैगरी स्कुल लेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार तेस्रो हुनेले ५ हजार पाउने छन् भने ३ किमी छात्रा स्कूलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार तेस्रोले ३ हजार पाउने छन् ।
स्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुने छन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।


पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम वली र म्याथन प्रयाजोकहरुको तर्फवाट नेपालगन्ज स्थित केएल दुगदका प्रवन्धक प्रदिप छाजेड, शिखर प्लाईका चम्फा भुसाल लगायतले बोल्नु भएको थियो ।
म्याराथनमा राष्ट्रिय कृतिमानीहरू महानायक राजेश हमाल, पर्वतारोही पूणिमा श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठ, लगायतका व्यक्तिहरुको सहभागिता रहने जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *