नेपालगन्जमा सम्पन्न भयो “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२”
८६ जना विद्यार्थीको सहभागिता, ११ विधामा प्रतिस्पर्धा
नेपालगन्ज, ८ असार – पूर्व खेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा आयोजित “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले गर्नुभयो ।
सम्पन्न प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ (आदर्श स्कुल) प्रथम, दिप्शन पुन मगर (शिखा एकेडेमी) द्वितीय र रियान जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । गल्र्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, समिरा रास्कोटी (बागेश्वरी एकेडेमी) द्वितीय तथा अंशु घिमिरे (बागेश्वर...









