Saturday, July 18सत्यम खबर
Shadow

आस्था

साना उद्यममाथि मृत्युदण्डको छायाँ

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ असार २२ गते नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन क्षमताको विस्तार रोकिएको छ स्वरोजगारको अवसर घटेको छ र आर्थिक प्रणाली झन् आयातमुखी हुँदै गएको छ । २०८१ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जाको मात्र १०.९२ प्रतिशत मात्र लघु साना तथा मझौला क्षेत्रमा लगानी गरेका छन् । जबकि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म यो अनुपात १२ प्रतिशत र २०८४ सम्म १५ प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ । हालको कर्जा प्रवाह दर हेर्दा आगामी लक्ष्य प्राप्ति अस...
समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ असार – लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा नारी विकास केन्द्र बाँकेको समन्वयमा आज नेपालगन्जमा गरिएको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता र समावेशीकरण सम्बन्धी तालिम उदघाट्न कार्यक्रम सम्पन्न गरिएको छ । सहभागीहरूले घरबाट सुरु भएको आवाज समुदायसम्म पुगेर मात्र बलियो र प्रभावकारी बन्न सक्ने बताएका छन् । कार्यक्रममा सहभागीहरूका अनुसार, “लैंगिक हिंसा बढ्नु पर्ने एउटा मुख्य कारण आवाज दबिनु हो । त्यसैले आफ्नो अधिकार र भोगिरहेका समस्यालाई खुल्ला रुपमा छलफल गर्न आवश्यक छ ।” कार्यक्रमका प्रमुख अतिथि तथा यो तालिमका लागि पहलकर्ता लुम्बिनी प्रदेश सांसद मिनाकुमारी श्रेष्ठले तालिम उद्घाटन गर्दै भन्नुभयो, “लैंगिक हिंसा निवारणका ...
निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४२५ सय जना लाभान्वित

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४२५ सय जना लाभान्वित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ असार – जानकी गाउँपालिका वार्र्ड नं.(३ बन्जारेगाउँ स्थित श्री माध्यमिक बिद्यालयमा शनिबार गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४ सय २५ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय श्री माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ २ सय ८२ जना मध्ये पुरुष ९९ सय जना महिला १ सय ८३ जना सहित २ सय ८२ जनाले परिक्षण गराएका थिए भने आँखा परिक्षण तर्फ ५५ जना पुरुष र ८८ जना महिला समेत गरी १ सय ४३ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिनु भएको जानक...
असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५: उत्सवको हिलोमा किसानको आँसु

आस्था, प्रदेश ५, बिचार, मौसम, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ असार १५ गते, आईतबार असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य आज यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा हिलो खेल र पर्यटनको चहलपहलमा सीमित बन्दै गएको छ । भाषणमा कृषि प्राथमिकता भएजस्तो देखिए पनि व्यवहारमा भने किसानहरू वर्षेनि उही अभाव पीडा र उपेक्षासँग जुध्न बाध्य छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटले कृषि क्षेत्रका लागि ५२ अर्ब ७९ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ जुन कुल बजेटको २.७ प्रतिशत जति हो । देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर रहँदा कृषि क्षेत्रमा यस्तो न्यूनतम विनियोजन हुनु आफैँमा गम्भीर प्रश्न हो के नेपालका लागि कृषि प्राथमिक क्षेत्र होइन त ? यो तथ्यले राज्यको नीति र व्यवहारबीचको गहिरो ...
“अहिले उपचार रोकिएको छ, कारण—पैसाको अभाव“

“अहिले उपचार रोकिएको छ, कारण—पैसाको अभाव“

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असार - समाजसेवा, इमान्दारता र लगनशीलताको पर्याय बनेका अनिल चौधरी आज जीवनमरणको दोसाँधमा हुनुहुन्छ । ढोढरी ७ बर्दिया घर भएका अनिल, आफ्नो कर्मभूमिको रूपमा लामो समयदेखि विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शान्तिबजार शाखामा निष्ठापूर्वक सेवा गर्दै आएका अनिल चौधरी अहिले गम्भीर स्वास्थ्य संकटमा हुनुहुन्छ । २९ वर्षीय अनिलको दुबै मृगौला फेल भइसकेको छ र उहाँ हाल उपचाररत हुनुहुन्छ । तर, दुर्भाग्यवश, आर्थिक अभावका कारण उहाँको उपचार रोकिएको छ ।   अनिलको पारिवारिक अवस्था सामान्य छ । दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्ने अवस्थामा रहेका अनिलका परिवार अहिले संकटको गहिराइमा डुबिरहेका छन् । अनिलको उपचारका लागि पीडित परिवारले देश तथा विदेशमा रहनुहुने मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि विनम्र अपिल गरेका छन् । तपाईंको सानो सहयोगले पनि अनिलको जीव...
३८औं लागु औषध दुरुपयोग अन्तर्राष्ट्रिय दिवसमा ४८ जनाले गरे रक्तदान

३८औं लागु औषध दुरुपयोग अन्तर्राष्ट्रिय दिवसमा ४८ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ असार – नेपालगन्जमा ३८औं लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको २६ जून २०२५ को अवसरमा अषाढ ११ गते बुधवार आयोजित रक्तदान कार्यक्रममा महिला÷पुरुष गरी ४८ जनाले रक्तदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा रिकभरिंग नेपाल, लुम्बिनी प्रदेशको समन्वय र सहकार्यमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा प्रबीन बिसी, बसन्तशाह, खगेन्द्र खत्री, बिमल पौडेल, धु्रवराज वर्मा, दिपेन्द्र खडका, रुमा योगी, साबित्री खडका, सीमा खडका, प्रकाश गुरुङ्ग, सुरेश थारु, आशीष बुढामगर, सुष्मा थारु, सगुन रिजाल, कलिम खान, अंकित मानन्धर, सहवाज शाह, राम थारु, कुशल जैसी, त्रिलोक केसी, बादशाह कलवार, बिपिन पाठक, साया केसी, राजेश खडका, रोहित केसी, स्मारिका गिरी लगायत ४८ जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा के...
पत्रकार शम्भुलाल श्रेष्ठमाथि विशेष अदालतको आदेशमा पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

पत्रकार शम्भुलाल श्रेष्ठमाथि विशेष अदालतको आदेशमा पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाडौं, ११ असार – वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठलाई विशेष अदालतले समाचार सामग्रीका आधारमा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार दृष्टि न्यूज अनलाइनमा प्रकाशित ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित हुन आदेश दिइनु प्रेस स्वतन्त्रतामाथिको प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ “विचौलिया, भ्रष्टाचार र न्यायपालिकाभित्रको अपारदर्शिता उजागर गर्नु पत्रकारको धर्म हो । तथ्यमा आधारित समाचार लेखेकै कारण पत्रकारलाई कारबाहीको प्रक्रियामा तान्नु अभिव्यक्ति स्वतन...
स्थापना दिवसमा औषधी व्यवसायी संघद्वारा ७० जनाले गरे रक्तदान

स्थापना दिवसमा औषधी व्यवसायी संघद्वारा ७० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असार – नेपाल औषधी ब्यवसायी संघको ५२ औं स्थापना दिवसको अवसरमा, नेपाल औषधी ब्यवसायी संंघ बाँके शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ७० जनाले मंगलवार रक्तदान गरेका छन् । नेपाल औषधी ब्यवसायी सँंघको ५२ औं स्थापना दिवसको अवसरमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममानेपाल औषधी ब्यवसायी संंघ बाँकेका सदस्य सन्तोष बाबु सुवेदी, वरिष्ठ बन अधिकृत श्याममणि प्रसाद मण्डल ७५ औं पटक, डा. मेगा मण्डल १५ औं पटक, भरत चौधरी, माधव जोशी, रमन थारु, रामकिसन चौधरी, उमेश थारु, अकबरअली मनिहार, भिमकर थारु, नेपालगन्ज–२० रमेशरपुरका मंहगुप्रसाद यादव १९ पटक, गोबिन्द रोका, योगश बुढा, लव राना मगर, सीता नेपालीलगायत ७० जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सम्झना नाथ, जिवराज शाही ठकुरी लग...
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० असार – गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि ८ असार १२ देखि १४ गतेसम्म पोखरामा हुने ‘गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता’ मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली आज पोखरातर्फ प्रस्थान गरेको छ । १३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढी बर्दियामा आयोजित बिदाई कार्यक्रममार्फत औपचारिक रूपमा बिदाई गरियो । कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेरणादायी मन्तव्य दिएका थिए। लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष जयन्तकुमार शर्माले टोलीको मेहनत, समर्पण र अनुशासनको प्रशंसा गर्दै महिला खेलाडीहरूले प्रदेशको गौरव बढाउने काम गर्दै आएको बताउनुभयो । उहाँले गण्डकी कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीको झन्डा फर्फराउनेमा आफू विश्वस्त रहेको जीकिर गर्दै यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई नेतृत्व र प्रेरणाको अवसर पनि भएको उल्लेख गर्नुभयो...
बाँकेको जिभिएन स्कूल बेस्ट शिक्षा अवार्डबाट सम्मानित

बाँकेको जिभिएन स्कूल बेस्ट शिक्षा अवार्डबाट सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ असार - नेपालगन्जस्थित जिभिएन स्कुल राष्ट्रिय  शिक्षा उत्कृष्ट पुरस्कार-२०२५ बाट सम्मान गरिएको छ । शनिबार राजधानी काठमाडौं आयोजना गरिएको बृहत् कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हाे । फोकस नेपाल नामक संस्थाले शिक्षा क्षेत्रमा याे सम्मान प्रदान गर्दै आएको छ । उक्त सम्मान कलेजका सिइओ ईश्वर पौडेल,गणेश भण्डारी र संयोजक खुमलाल शर्माले संयुक्त रुपमा सम्मान ग्रहण गरेका  थिए । बर्षों देखी नेपालगन्जमा स्कूल देखी कलेज +2 सम्माको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिंदै आएको जिभीएन  स्कूल एवं कॉलेज बाँके कै उत्कृष्ट  मध्येको एक रहेको छ । बिद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका एवं कर्मचारीकाे मिहिनेतले बेस्ट सेकेंडरी स्कूल अवार्ड को सम्मान पाउन सम्भब भएको बताए । सम्मानले कलेजलाई अझ परिस्कृत गर्न हाैसला प्राप्त भएको सञ्चालकद्वय को भनाइ रहेको छ ।...