समस्त हिन्दुहरुको प्रतिनिधित्व गर्ने राष्ट्र नेपाल थियो : सन्तश्री राजुदास
लुम्बिनी, २३ मंसीर – लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडा न.१ मा श्रीरामजानकी हनुमान मन्दिर निर्माणका लागि एक भव्य समारोहका बीच शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । शिलान्यास राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष तथा प्रमुख अतिथि गणेशप्रसाद तिमिल्सिनाले गरेका हुन् ।एक विगहा एक कट्ठा क्षेत्रफलमा रू. ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ६५ प्रतिशत रकम र नगरपालिकाको ३५ प्रतिशत रकम सहभागिताको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।यसमा मूख्य रूपमा रामजानकी हनुमान मन्दिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य गरिनेछ । यस कार्यको ठेक्का यसै मंसिर महिना १५ गते स्वीकार भएर निर्माणका लागि ठेकदार कम्पनीसित सहमति...









